December 8, 2021, Wednesday

एमाले नेता कार्यकर्ताले चितवन भरिभराउ, १०औं महाधिवेशन आजदेखि शुरु

काठमाडौं । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रमको तालिका छ । चितनवमा अहिले एमाले नेता कार्यकर्ताहरुले भरिभराउ भएको छ ।

महाधिवेशनमा सहभागी हुने अधिकांश प्रतिनिधिहरु हिजो राती नै चितवन पुगिसकेका छन् भने उद्घाटन कार्यक्रम स्थल बेहुली झैं सिंगारिएको छ । पाँच लाख नेता कार्यकर्ताको उपस्थिति हुने प्रचार विभाग प्रमुख योगेश भट्टराइले बताएपनि संख्या भने उल्यख्य छ । पूर्व नवलपुरको गैँडाकोट र चितवनका विभन्न ठाउँ सहित ७ स्थानबाट जुलुसहरु निकाल्ने तयारी एमालेले गरेको छ ।

महाधिवेशनमा आउनेहरुको स्वागतका लागि विभिन्न ५० ठाउँमा स्वागत गेट, व्यानर, पार्टीका झण्डाले चितवनलाई झकिझकाउ बनाइएको छ । महाधिवेशनमा शुभकामना दिन भारत, बंगलादेश, श्रीलंका कम्बोडिया लगायतका देशबाट विदेशी पाहुनाको सहभागीता रहने एमालेले जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टी भने भौतिक उपस्थिति हनुने उनीहरुले भिडियो सन्देश पठाएको योगेश भट्टराईले जानकारी दिए ।

महाधिवेशनका लागि दुई हजार १ सय ७५ प्रतिनिधि सहभागी हुनेछन् भने भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र मनोनित १०६ जना गरी दुई हजार १ सय ७५ प्रतिनिधि सहभागी हुने उनको भनाइ छ । महाधिवेशनमा १०३ जना पर्यवेक्षक रहने भट्टराईले बताए । १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहने छन् । कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित रहेका छन् ।

महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी भएको प्रचार विभाग प्रमुख भट्टराईले बताए । प्रतिनिधिका लागि मंसिर १० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको एमालेले जनाएको छ ।बेलुका प्रतिनिधिलाई परिचयपत्र बाँडिने छ भने मंसिर ११ गते बिहान ८ः३० बजेबाट बन्दसत्र सुरु हुने तालिका सार्वजनिक गरिएको छ ।

बन्द सत्र सौराहाको होटल सेभेन स्टारमा हुने र त्यहाँ रहँदा प्रतिनिधिहरुलाई बेलुका आफू बसेको होटलमा र बिहान सोही होटल सेभेन स्टारमै खानाको व्यववस्था गरिएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए । महाधिवेशनले २२५ सदस्यीय नेकपा एमालेको नयाँ कमिटी गठन गर्ने उनको भनाइ छ ।

पहिले भनेजस्तो प्रशासनले नो भेकल मुभमेन्ट भने सर्वसाधारणलाई सवारी साधन प्रयोगमा रोक नलगाउने बताउको छ । । मालवाहक सवारीलाई भने रोक लगाइएको छ । महाधिवेशनको बन्दसत्र समाचार संकलन गर्ने पत्रकारहरुलाई सौराहकै रोयल सफारीमा मिडिया सेन्टरको स्थापना गरिएको भट्टराईले जानकारी दिए ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
  • २०७८ मंसिर १०, ०८: २८: २५

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले ४ हजार ३...

दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
  • २०७८ मंसिर १०, ०८: २८: २५

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान खुल्ला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि...

आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
  • २०७८ मंसिर १०, ०८: २८: २५

काठमाडौं । अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको सम्झनामा आज विवाह पञ्चमी महोत्सव...