December 8, 2021, Wednesday

एमाले महाधिवेशनमा देउवाको सम्बोधन सम्बोधन, यस्तो छ तालिका

काठमाडौं । एमालेको १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । कांग्रेसका सभापति देउवाले शुक्रबार महाधिवेशनलाई सम्बोधन गर्ने एमालेले जनाएको छ ।

देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा पुग्ने प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए । नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा हेलिकोप्टरबाट पुगेर देउवाले सम्बोधन गर्ने र दिउँसो १ः१५ बजे काठमाडौं फर्किने कार्यक्रम तय भएको एमालेले जनाएको छ ।

महाधिवेशनमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिकका महन्थ ठाकुरले पनि कार्यक्रमा शुभकामना दिने बताइएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्ता दिएपनि आउने वा नआउने कुनै टुङ्गो नलागेको एमालेले जनाएको छ । महाधिवेशनलाई सम्बोधन गर्न विदेशी पाहुँना समेत आउँदै गरेको एमालेले जनाएको छ ।

मङ्सिर १० गते देखि १२ गते चितवनमा हुने महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने बताइएको छ ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
  • २०७८ मंसिर ९, १०: ५३: ५८

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले ४ हजार ३...

दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
  • २०७८ मंसिर ९, १०: ५३: ५८

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान खुल्ला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि...

आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
  • २०७८ मंसिर ९, १०: ५३: ५८

काठमाडौं । अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको सम्झनामा आज विवाह पञ्चमी महोत्सव...