January 21, 2022, Friday

कडा टक्करकाबीच कांग्रेस जिल्ला अधिवेशन,सर्लाहीमा झडप

काठमाडौं । कांग्रेसका ५२ जिल्ला अधिवेशनको नजितामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षबीच कडा प्रतिस्पर्धा भएको छ । दसैंअघि एक निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर ६ गते र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर १० गते अधिवेशन गरेको काँग्रेसले प्रदेश २ का ८ जिल्ला, रसुवा, धनकुटालगायत २५ जिल्लामा जिल्ला अधिवेशन गर्न सकेको छैन ।

प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन भइसकेपछि जिल्ला अधिवेशन नहुँदा पनि महाधिवेशनलाई असर नहुने निर्वाचन समितिले जनाएको छ । काठमाडौंमा सबजु बानियाँले चुनाव जितेका छन् भने बानिया यसअघि पनि काठमाडौं जिल्ला कार्यसमितिका सभापति थिए।

सबै पदाधिकारीमा बानियाँकै प्यानल निर्वाचित भएको छ । काभ्रेमा पनि देउवा–सिटौला पक्ष मिलेको थियो। झापामा भने प्रवक्ता विश्वप्रकाश शर्मा र सिटौला पक्षबीच चुनाव हुँदा सिटौला पक्षका नेता देउमान थेवेले सभापतिमा जितेका छन्। प्रदेश १ का इलाम, पाँचथर, ताप्लेजुङ र ओखलढुंगामा देउवा समूह र भोजपुर, संखुवासभा, खोटाङ र तेह्रथुममा पौडेल–कोइराला समूहका नेता सभापति निर्वाचित भएका छन् ।

पौडेलको क्षेत्र गण्डकी प्रदेशमा स्याङ्जा, लमजुङ, मनाङ, म्याग्दी र पर्वतमा देउवा समूहका सभापति निर्वाचित भएका छन्। गोरखा र मुस्ताङमा पौडेल समूहले जितेको छ। कास्कीमा पनि देउवा समूहले जितेको छ। तनहुँमा पौडेल समूहका वैकुण्ठ न्यौपाने र जितप्रकाश आलेबीच प्रतिस्पर्धा भएको थियो। बागलुङमा प्रदेश अधिवेशनपछि मात्र जिल्ला अधिवेशन गर्ने तय भएको छ।

लुम्बिनीमा भने पौडेल समूह अगाडि आएको छ। नवलपरासी पश्चिम, पाल्पा, अर्घाखाँची, प्यूठान र रोल्पामा पौडेल समूह र रूपन्देही तथा रुकुमपूर्वमा देउवा समूहबाट जिल्ला सभापति चुनिइसकेका छन्। ५२ जिल्लाको नतिजा आउँदासम्म सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच कडा प्रतिस्पर्धा देखिएको हो। सिटौला पक्षबाट भने झापामा एक सभापति मात्रै जितेका छन्।

देउवा र पौडेल पक्षले २६/२५ जिल्लामा सभापति जितेका छन् । जाजरकोट सभापति कतै पक्षतिर पनि खुल्न चाहेका छैनन्। सर्वसम्मत भएका कतिपय जिल्लामा भने देउवा र पौडेल पक्षले आ–आफ्ना पक्षधरले जितेको दाबीसमेत गर्दै आएका छन्। प्रदेश अधिवेशनमा मंसिर १५ गते मनोनयन दर्ताको कार्यक्रम थियो। तर, यसलाई मंसिर १७ गते सारिएको छ ।

मंसिर १६ गते प्रदेश अधिवेशन उद्घाटन हुने र त्यसको भोलिपल्ट मात्र मनोनयन दर्ताको कार्यक्रम रहेको निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठले बताए । कांग्रेस महाधिवेशन २४ मंसिरदेखि हुनेछ। २४ गते नै मतदाता नामावली प्रकाशित हुनेछ भने उम्मेदवारी दर्ता २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ।

दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेर २६ गते साँझ ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुनेछ। २७ गते बिहान ८ बजे मतदान हुनेछ। कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ।

यता सर्लाहीको बलरा नगरपालिकास्थित गडहियामा कांग्रेसको वडा अधिवेशनका क्रममा मतदान अधिकृतलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको छ । घटनामा ३ सुरक्षाकर्मी, १ मतदान अधिकृत र १ कांग्रेस कार्यकर्ता घाइते भएको निर्वाचन समितिले जानकारी दिएको छ।

सम्बन्धित समाचार

कोरोना महमारी कारण कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित
कोरोना महमारी कारण कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित
  • २०७८ मंसिर १४, ०८: ५७: ११

नयाँ विल्कल्प, काठमाडौं – कोरोना महमारीको कारण देखाउँदै नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित भएको छ । माघ १५ गते...

तीनै तहको निर्वाचन एकै पटक गर्ने विषयमा शीर्ष नेताहरुबीच छलफल
तीनै तहको निर्वाचन एकै पटक गर्ने विषयमा शीर्ष नेताहरुबीच छलफल
  • २०७८ मंसिर १४, ०८: ५७: ११

नयाँ विकल्प, काठमाडौं – शुक्रबार बसेको गठबन्धन दलको बैठकले तीनै तहको निर्वाचन एकै पटक गर्ने विषय छलफल गरेको छ ।...

गठबन्धनका उम्मेदवारलाई मतदान गर्न माओवादी केन्द्रको निर्देशन
गठबन्धनका उम्मेदवारलाई मतदान गर्न माओवादी केन्द्रको निर्देशन
  • २०७८ मंसिर १४, ०८: ५७: ११

नयाँ विकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीले राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवारको पक्षमा मतदान गर्न प्रदेशसभा...