December 8, 2021, Wednesday

काठमाडौं ९ नम्वर क्षेत्रिय सभापतिमा महर्जन विजयीः यी हुन महाधिवेशन प्रतिनिधि


काठमाडौं । राजधानी काठमाडौं जिल्लाको ९ नम्वर क्षेत्रिय अधिबेसनबाट क्षेत्रिय सभापतिमा जयकृष्ण महर्जन १९७ मत ल्याएर विजयी भएका छन्।

महर्जनका निकटतम प्रतिष्पर्धी रामहरी रिजालले एक सय ३४ मत ल्याएका थिए । क्षेत्रिय सचिवमा बन्दना थापा र सन्तोष गिरी विजयी भए भने सहसचिवमा कृष्णकुमार केसी र प्रेम गुरुङ विजयी भए।

बुधबार बिहान सम्पन्न मतगणनाअनुसार खुल्लातर्फ निर्वाचित महाधिवेशन प्रतिनिधिहरुमा धर्मराज गौतम, श्यामकृष्ण खड्का, गौरीप्रसाद दवाडी, दामोदर गौतम, लब ढुंगाना केसी, सुमन श्रेष्ठ, उज्ज्व बज्राचार्य, शैलेश कर्मचार्य, सुनिलकुमार श्रेष्ठ र इन्द्रमान तुलाधर गरी १० जना निर्वाचित भएका छन्।

यस्तै महिला खुल्लातर्फ कल्याणी खड्का २५३ मत, प्रा.डा. अमिता प्रधान २२३, रिता दवाडी २२१ र नानु बास्तोला १८७ मत ल्याएर विजयी भएका छन् । खस आर्य महिला तर्फ दिलमाया अधिकारी र सुधा रिजाल, खस आर्य खुल्लातर्फ बासु कार्की, रामेश्वर भट्टराई र शिवजी भट्टराई विजयी भएका छन्।

आदिवासी जनजाति महिला तर्फ गोमादेवी गुरुङ र रश्मीला मल्ल, आदिवासी जनजाति खुल्लातर्फ सागरदास रंजित, बसन्तलाल महर्जन र आनन्द महर्जन, मधेशी, थारु, मुश्लीम, अल्पसंख्यक, अपाङगता पिछडिएको क्षेत्रबाट राम पबित्र ठाकुर विजयी भए भने दलितबाट सुरेस परियार निर्विरोध केन्द्रीय महाधिवेशनमा निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
  • २०७८ मंसिर ८, १८: १४: १९

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले ४ हजार ३...

दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
  • २०७८ मंसिर ८, १८: १४: १९

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान खुल्ला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि...

आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
  • २०७८ मंसिर ८, १८: १४: १९

काठमाडौं । अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको सम्झनामा आज विवाह पञ्चमी महोत्सव...