December 8, 2021, Wednesday

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई आम निर्वाचनमा प्रस्तुत गर्न नहुने कांग्रेस सहमहामन्त्री महतको भनाइ

नयाँ विकल्प,

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई आम निर्वाचनमा प्रस्तुत गर्न नहुने बताएका छन् ।

काठमाडौं जिल्ला सभापति पदमा उपेन्द्र कार्की समूहको उम्मेदवारी घोषणासभामा आज साँझ आयोजित कार्यक्रममा उनले पार्टीको आन्तरिक जीवनमा हुने प्रतिस्पर्धा सामान्य भएको भन्दै यसलाई आम निर्वाचनमा प्रस्तुत गर्न नहुने बताएका छन् ।

सहमहामन्त्री डा। महतले आन्तरिक प्रतिस्पर्धामा असहिष्णुता हुन नहुने भन्दै एकअर्कालाई होच्याउने काम नगर्न सुझावसमेत दिए ।

पार्टीको १४औँ महाधिवेशनबाट पार्टी रूपान्तरण र बलियो बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।

कांग्रेस काठमाडौंका सभापतिका उम्मेदवार कार्कीले कांग्रेसमा नयाँ ऊर्जा र सफलता थप्नका लागि आफूले सभापति पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
  • २०७८ मंसिर ९, २२: ५८: २६

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले ४ हजार ३...

दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
  • २०७८ मंसिर ९, २२: ५८: २६

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान खुल्ला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि...

आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
  • २०७८ मंसिर ९, २२: ५८: २६

काठमाडौं । अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको सम्झनामा आज विवाह पञ्चमी महोत्सव...