January 21, 2022, Friday

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ८० हजार जनामा कोरोना संक्रमण

काठमाडौं । भारतमा दैनिक कोरोना संक्रमितको संख्या एक लाख ८० हजार नजिक पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयकले जनाएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मात्रै १४६ जना संक्रमितको मृत्यु भएको उल्लेख गरिएको छ ।

भारतीय समाचार माध्यमले हाल भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख २३ हजार ६१९ पुगेको र दैनिक संक्रमण दर (पोजिटिभिटी रेट) १३.२९ प्रतिशत रहेको बताइरहेका छन् ।

ओमिक्रोन भेरियन्टको अवस्था
छेमेकी मुलुक भारतमा कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित पनि दिनदिनै बढिरहेका छन् । हालसम्म भारतका विभिन्न राज्यमा गरी ४ हजार ३३ जना भन्दा बढिमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भइसकेको सञ्चार माध्यामहरुले जनाइरहेका छन् ।

त्यस्तै ओमिक्रोन भेरियन्टबाट संक्रमणमुक्त हुनेको संख्या १ हजार ५सय ५२ रहेको बताइन्छ । अहिलेसम्म भारतका २८ राज्यहरुमा ओमिक्रोन फैलिसकेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ओमिक्रोन फैलिएका २८ राज्यमध्य महाराष्ट्र सबैभन्दा धेरै संक्रमित भएको राज्य हो । यहाँ सोमबारसम्म ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १ हजार २१६ पुगि सकेको केन्द्रीय मन्त्रालयले जनाएको छ । त्यस्तै महाराष्ट्र राज्यमा थप ४ सय ५४ जना ओमिक्रोन भेरियन्टबाट निको भएका छन् ।

त्यस्तै दोस्रो स्थानमा रहेको राजस्थानमा ओमिक्रोनका संक्रमितको संख्या ५२९ पुगेको भने दिल्लीमा ५१३ र कर्नाटक राज्यमा ४४१ जना केन्द्रीय मन्त्रालयको तथ्याकं रहेको छ ।

सम्बन्धित समाचार

जापानमा ५–११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने
जापानमा ५–११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने
  • २०७८ पुष २६, ११: २४: ५८

नयाँ विकल्प, जापान – जापानमा कोरोनाभाइरस विरुद्धको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको...

कोरोना महमारी कारण कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित
कोरोना महमारी कारण कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित
  • २०७८ पुष २६, ११: २४: ५८

नयाँ विल्कल्प, काठमाडौं – कोरोना महमारीको कारण देखाउँदै नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित भएको छ । माघ १५ गते...

तीनै तहको निर्वाचन एकै पटक गर्ने विषयमा शीर्ष नेताहरुबीच छलफल
तीनै तहको निर्वाचन एकै पटक गर्ने विषयमा शीर्ष नेताहरुबीच छलफल
  • २०७८ पुष २६, ११: २४: ५८

नयाँ विकल्प, काठमाडौं – शुक्रबार बसेको गठबन्धन दलको बैठकले तीनै तहको निर्वाचन एकै पटक गर्ने विषय छलफल गरेको छ ।...