December 8, 2021, Wednesday

भिड हुने ठाउँमा कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न स्वास्थ्य मन्त्री खतिवडाको निर्देशन



नयाँ विकल्प
,

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले भिड हुने ठाउँमा कोरोनाविरुद्धको खोप दिन निर्देशन दिएका छन् ।


स्वास्थ्यमन्त्री खतिवडाले बिहीवार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग खोप सहजीकरणबारे छलफल गर्दा खोप सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
उनले प्रमुख जिल्ला अधिकारीहरुलाई कोरोनाविरुद्धको खोप गाउँ तहसम्म पुर्‍याउन नयाँ किसिमले सोच्न आग्रह गर्दै जिल्लामा भएका स्वास्थ्य केन्द्रबाट वारअनुसार नभइ नियमित खोप सञ्चालन गर्न निर्देशन दिए ।

विभिन्न पार्टीले आयोजना गरिरहेका महाधिवेशन स्थलमा धेरै मानिस जम्मा हुने भएकाले त्यो ठाउँमा गएर पनि खोप डेस्क सञ्चालन गरी नागरिक समक्ष खोप पुर्‍याउन आग्रह गरे।

मन्त्री खतिवडाले गाउँगाउँका नागरिकलाई खोप लगाउन आउँदो चुनावमा तोकिएका निर्वाचन स्थलमा खोप केन्द्र सञ्चालन गर्नुपर्ने बताए ।


सभा–सम्मेलन, अलिकति भिडभाड हुने ठाउँ, बस स्टप, मेलापात, सप्‍ताह, पुराण लाग्ने ठाउँमा गएर डेस्क राख्न समेत उनले सुझाव दिए ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
  • २०७८ मंसिर ९, २१: १९: ०४

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले ४ हजार ३...

दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
  • २०७८ मंसिर ९, २१: १९: ०४

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान खुल्ला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि...

आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
  • २०७८ मंसिर ९, २१: १९: ०४

काठमाडौं । अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको सम्झनामा आज विवाह पञ्चमी महोत्सव...