December 8, 2021, Wednesday

महिलालाई आर्थिक, सामाजिक र राजनीतिकरुपमा सक्षम बनाउन सरकार प्रतिवद्धः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार लैङ्गिक उत्तरदायी शासन पद्दतिको विकास गर्दै महिलालाई आर्थिक, सामाजिक र राजनीतिकरुपमा सक्षम बनाउन प्रतिवद्ध रहेको बताएका छन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले महिलाविरुद्ध हुने सबै खालका हिंसा अन्त्यका लागि राष्ट्रिय जागरण अभियानको आवश्यकता रहेको बताए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रममा महिला हिंसा अन्त्यका लागि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कोशेढुङ्गा सावित हुने समेत विश्वास व्यक्त गरे ।

विभिन्न प्रकारका हिंसाबाट पीडित महिलाको न्यायमा सहज पहुँचलाई सुनिश्चित गर्ने राष्ट्रिय महिला आयोगको संवैधानिक व्यवस्था गरिएको प्रधानमन्त्री देउवाको भनाइ छ ।

समाजमा अझै पनि लैङ्गिक विभेद् र हिंसालाई बढवा दिने सामाजिक संरचनागत सोच, मूल्यमान्यता कायमै रहेको र यसको अन्त्यका लागि सबै नागरिहरुले आ–आफ्नो दायित्व पुरा गर्नुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले सामाजिक पछौटेपन, अन्धविश्वास, कुरिति र त्यसबाट महिलाले भोग्नुपरेको समस्या अन्त्यका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै गैरसरकारी सङ्घ÷संस्था, निजी क्षेत्र, सञ्चारकर्मी र अभियन्तालाई सचेतनामूलक तथा अभियानमुखी कार्यक्रम सञ्चालन गर्न आह्वान गरे ।

सम्बन्धित समाचार

दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
  • २०७८ मंसिर ९, १५: २७: १७

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान खुल्ला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि...

आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
  • २०७८ मंसिर ९, १५: २७: १७

काठमाडौं । अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको सम्झनामा आज विवाह पञ्चमी महोत्सव...

कांग्रेसमा छुट्टाछुट्टै बैठक, चुनावका लागि प्यानल बनाउने तयारी
कांग्रेसमा छुट्टाछुट्टै बैठक, चुनावका लागि प्यानल बनाउने तयारी
  • २०७८ मंसिर ९, १५: २७: १७

काठमाडौं । नेपाली कांग्रेसमा सोमबार र मंगलबार साझा उम्मेदवार छनौटका लागि छलफल भएपनि सहमति अझै जुट्न सकेको छैन । मंगलबारको...