December 8, 2021, Wednesday
कर्णालीका आठ जिल्लामा कांग्रेस अधिवेशन सम्पन्न

सुर्खेत र दैलेखमा शुक्रबार जिल्ला अधिवेशन हुँदै

सुर्खेत । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत कर्णाली प्रदेशका सुर्खेत र दैलेखमा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ । काँग्रेसले यी दुई जिल्लाबाहेकका अन्य ८ जिल्लामा बुधबारसम्म जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ ।

कर्णाली सबै जिल्लाहरुमा पार्टीको आसन्न १४ औ महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुको पनि टुङ्गो लागेको नेपाली काँग्रेस सुर्खेतले जनाएको छ । काँग्रेसले कतै सर्वसम्मत र कतै निर्वाचनका माध्यमबाट जिल्ला कार्य समिति चयन गरेको हो ।

जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लामा रसभापति पदमा हुम्लामा मोहनविक्रम सिंह, मुुगुमा ऐनबहादुर शाही, डोल्पामा दीपेन्द्रबहादुर शाही, जुम्लामा कर्णबहादुर शाही, कालीकोटमा अम्बरबहादुर शाही, जाजरकोटमा वेदराज सिंह, रुकुम पश्चिममा पे्रमप्रकाश ओली र सल्यानमा केशबहादुर विष्ट चयन भएका हुन् ।

शुक्रबार सुर्खेत र दैलेखमा सात पदाधिकारीसहित जिल्ला कार्य समितिका सदस्य चयन हुने कांगे्रस सुर्खेतका सहायक निर्वाचन अधिकृत अधिवक्ता दुर्गाप्रसाद सापकोटाले बताएका छन् ।

उनका अनुसार सभापति एक, उपसभापति, सचिव, सहसचिव दुई÷दुई जना, भूगोल, खुला र समावेशी क्षेत्रबाट कार्य समिति सदस्य निर्वाचित भएर आउनुपर्नेछ ।

यहि मंसिर १६ र १७ गते कर्णालीमा प्रदेश अधिवेशन सम्पन्न गर्न काँग्रेसले मुख्यमन्त्री जीनवबहादुर शाहीलाई संयोजक तोकिसकेको छ ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
  • २०७८ मंसिर ९, १४: २१: ३९

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले ४ हजार ३...

दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
  • २०७८ मंसिर ९, १४: २१: ३९

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान खुल्ला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि...

आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
  • २०७८ मंसिर ९, १४: २१: ३९

काठमाडौं । अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको सम्झनामा आज विवाह पञ्चमी महोत्सव...