December 8, 2021, Wednesday

४२ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन आजदेखि

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ । एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा यसअघि नै जिल्ला अधिवेशन सुरु भइसकेको छ ।

प्रदेश दुईका आठ जिल्लाबाहेक बाँकीमा आजदेखि नै जिल्ला अधिवेशन सुरु हुने निर्वाचन समितिले जनाएको छ । काठमाडौंमा सोमबार जिल्ला अधिवेशन हुँदैछ भने ललितपुरमा आज सुरु हुँदैछ । मकवानपुरमा प्रदेश अधिवेशनपछि मात्रै जिल्ला अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

बिहीबारसम्म करिब ३० जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको काँग्रेसले जनाएको छ । रसुवा, खोटाङ, दार्चुला, धनकुटामा अधिवेशन हुन बाँकी छ भने सोलुखुम्बुमा पहिलो चरणमा सभापतिका उम्मेदवार कसैले पनि बहुमत ल्याउन नसकेपछि मंसिर १४ गते फेरि निर्वाचन हुँदैछ । कांग्रेस प्रदेश अधिवेशन मंसिर १६–१७ गते हुँदैछ भने केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
  • २०७८ मंसिर १०, ०९: ०५: ५५

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले ४ हजार ३...

दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
  • २०७८ मंसिर १०, ०९: ०५: ५५

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान खुल्ला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि...

आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
  • २०७८ मंसिर १०, ०९: ०५: ५५

काठमाडौं । अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको सम्झनामा आज विवाह पञ्चमी महोत्सव...