काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा एपीएफको लगातार दोस्रो जित भएको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशलाइ ६ विकेटले पराजित गर्दै एपीएफ विजयी भएको हो ।
कोशीले दिएको १३६ रनको लक्ष्य पछ्याएको एपीएफले ४७ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । एफीएफको जितका लागि कप्तान रोहित कुमार पौड्यालले अलराउन्डर प्रदर्शन गरे । कप्तान पौड्यालले ८० रनको अर्धशतकीय पारी खेले । ५३ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे ।
पहिले ब्याटिङ गरेको कोशीले ४४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३५ रन बनायो । जितसँगै एपीएफले दुई खेलबाट ४ अंक जोडेको छ । आजै भएको अर्को खेलमा मधेश प्रदेशलाई १ सय २६ रनले हराउँदै त्रिभुवन आर्मी क्लबले सानदार विजयी सुरुवात गरेको छ ।
आजै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।
लुम्बिनी प्रदेशलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । सुदूरपश्चिमको यो पहिलो खेल हो ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...