जाजरकोटमा भारतद्धारा दुई सय प्रि-फ्याब घरहरुको निर्माण कार्य सम्पन्न – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

जाजरकोटमा भारतद्धारा दुई सय प्रि-फ्याब घरहरुको निर्माण कार्य सम्पन्न

काठमडौं । गत पुष १९ गते परराष्ट्रमन्त्री एन.पी. साउदको निमन्त्रणामा विदेशमन्त्री डा. एस. जयशंकरले नेपालको औपचारिक भ्रमण गरेका थिए ।

भारत-नेपाल संयुक्त आयोगको सातौं बैठकमा सहभागि हुन् आएका डा. जयशंकरले जाजरकोट भुकम्प प्रभाबितका लागि २०० घरहरु निर्माण गर्ने बताएका थिए । सोहि बमोजिम उक्त २ सय घरहरुको निर्माण कार्य सम्पन्न भइ नेपाल सरकारका परराष्टमन्त्री साउँदलाई हरुतान्तरण समेत गरिएको छ ।

दुवै मन्त्रीको उपस्थितिमा जाजरकोटका भूकम्प प्रभाबितका लागि भारत सरकारले उपलब्ध गराएको पाँचौं चरणको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएकाे थियो ।

उक्त राहत सामग्रीमा भूकम्पबाट प्रभावित मानिसहरुका लागि २०० वटा प्रिफ्याब घरहरु, १२०० वटा ब्ल्याङ्केट, १५० वटा त्रिपाल र २००० वटा स्लीपिङ् ब्याग रहेका थिए । २०० वटा प्रिफ्याब घरहरु मध्ये २० वटा घरहरु गत पुषमा नै हस्तान्तरण गरिएको थियो भने बाँकी घरहरु आज हरुतान्तरण गरिएको हाे ।

साथै, जाजरकोटमा गएको भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न भारत सरकारले करिब १००० करोड आर्थिक सहयोग उपलब्ध गराउने भारतीय विदेशमन्त्रीले घोषणा गरेका थिए । जसको ठूलो हिस्सा अनुदान सहायता अन्तर्गत रहेको छ ।

संयुक्त आयोगको बैठक पश्चात, भारतीय विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिमा दुई पक्षबीच केहि विषयमा सहमति र समझदारी पत्रमा समेत हस्ताक्षर भएको थियो ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०८० माघ २, १७: ४३

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०८० माघ २, १७: ४३

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८० माघ २, १७: ४३

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...