काठमाडौं । संसद अधिवेशन माघ तेस्रो साता बोलाउने तयारी भइरहेको छ । मंगलबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरवारस्थित उनकै कार्यकक्षमा पुगेका थिए ।
दिउँसो झण्डै एक घण्टा भएको भेटमा संसद अधिवेशनको मिति, विधेयकहरुको अवस्था र संसदीय क्यालेन्डरको विषयमा छलफल भएको संघीय संसद सचिवालयले जनाएको छ ।
माघ १८ गते अधिवेशन बोलाउने सरकारको तयारी रहेको सभामुखलाई जानकारी गराए । साथै, केही विधेयकहरु संसदमा दर्ता हुने प्रक्रियामा रहेको पनि मन्त्री गुरुङले बताएका थिए ।
सभामुख घिमिरेले संसदीय क्यालेण्डर बनाएर संसद चलाउने आफूहरुको तयारी रहेको र त्यसमा सहयोग हुने गरी सरकारको भूमिकाको अपेक्षा गरेको बताएका संसद सचिवालयका एक अधिकारीले बताए ।
सभामुख घिमिरेले सातामा ३ दिन प्रतिनिधि सभाको बैठक चलाउने र बाँकी ३ दिन संसदीय समितिको बैठकका लागि समय छुट्याउने गरी तालिका प्रस्ताव गरेका छन् ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...