सुर्खेत । सुर्खेत पश्चिमको पञ्चपुरीमा २१ वर्षीय युवाको हत्यामा उनकै बाबुको संलग्नता देखिएको छ । मंगलबार राति १ बजे घर नजिकै युवक मृत भेटिएको सूचना पाएपछि प्रहरी पुगेको थियो ।
प्रहरीले घरमुनिको बाख्रा खोर नजिकै सुकेको घाँसले छोपेको अवस्थामा शव फेला परेको थियो । युवाको धारिलो हतियार प्रयोग गरी हत्या भएको पाइएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाको टोली तालिम प्राप्त कुकुरसहित पुगेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा युवकको हत्यामा उनकै बाबुको संलग्नता देखिएको एक अनुसन्धान अधिकृतले बताए । ‘हत्या योजनाबद्ध देखिन्छ’ उनले भने । प्रहरीका अनुसार उनको घरमा मृतककी बहिनी घाइते अवस्थामा परेकी थिइन् । उनले पनि दाइको हत्या आफ्नै बुवाले गरेको बयान प्रहरी समक्ष दिएकी थिइन् ।
उनीहरुका आमाको दुई परिवार छ । आमाले दोस्रो बिहे गरेपछि बुवाले कान्छी श्रीमती ल्याएका थिए । बाबु भारतमा बस्दै आएका थिए, दाजुबहिनी मात्र बस्थे । गत असोजमा भारतबाट घर आएका बाबुले किशोरी छोरीमाथि बलात्कार गरेका थिए । किशोरीले यसबारे कान्छी आमालाई भनिन् । उनले बाहिर नभन्न सम्झाइन् । तर किशोरीले दाइलाई भनिन् । किशोरीका दाइ र जिल्लाकै एउटा गैरसरकारी संस्थाको सहयोगमा कात्तिकमा जाहेरी दर्ता भयो ।
त्यसबेला नै बाबुले धम्की दिएका थिए । मुद्दा परेपछि उनी श्रीमतीसहित भागेर भारत गए । भारत भागेका उनी केही दिनअघि नेपाल फर्किएको सूचना प्रहरीले पाएको थियो । तर उनले घरमा आएर छोराको हत्या गरेर भागेको प्रहरीको आशंका छ । ‘उनी जनवरीको १२ र १३ तारिखमा भारतबाट नेपालमा आएको खुलेको छ । उनले नै छोराको हत्या गरेर फरार भएको देखिन्छ,’ घटनास्थलमा खटिएका प्रहरी अधिकारीले भने ।
मृतक युवकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पताल पठाएको छ । मृतककी बहिनीले जाहेरी दिएपछि मृतकको शव पोष्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी लक्ष्मण शाहीले जानकारी दिए ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...