फूलैफूलले ढाक्यो जावलाखेल – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

फूलैफूलले ढाक्यो जावलाखेल

फूलैफूलले ढकमक्क जावलाखेलको खेल मैदान

काठमाडौं । चिडियाखाना नजिकै रहेको जावलाखेलको खेल मैदान अहिले फूलैफूलले ढकमक्क भएको छ । पुष्पका पारखीहरुलाई कुन फूल लगौं भनेर भ्याइनभ्याइ छ यतिबेला । तिहार नजिकिंदै गर्दा यहाँ शुक्रबारदेखि पुष्प प्रदर्शनी गरिएको हो ।

करिब ४ सय बढी प्रजातिका फूलहरूले सजिएको खेलमैदानमा पुष्प व्यवसायीहरुले आफ्नो व्यवसायीक पन झल्काएका छन् । यो मेलामा ४८ वटा फूलहरूको स्टल राखिएको र ४ सय बढी प्रजातिका फूलहरू रहेको पुष्प व्यवसायी संघका अध्यक्ष मीनबहादुर तामाङ बताए ।

फूल मेलामा विभिन्न देशमा पाइने फूलहरु राखिएकाले फूल प्रेमीहरूको भीड देख्न सकिन्छ । फूल रोज्दै गरेका र सँघ साथीलाई फोन गर्दै आमन्त्रण गर्नेहरुको पनि कमि छैन यहाँ । फूलका सौखिनहरु यतिवेला जावलाखेल मैदानमै भेटिने गरेका छन् ।

स्टलमा विभिन्न रंगका र विभिन्न प्रजातिका गोदावरी फूल किन्न पाइने भएकाले ग्राहकले पनि खुशी व्यक्त गरिरहेका छन् भने प्रदर्शनी उत्साहजनक रहेको व्यवसायी बताउँछन् । हरेक वर्ष हुने प्रदर्शनीमा नयाँ नयाँ अनुभव साटासाट गर्न मिलेको व्यवसायी बताउँछन् ।

प्रदर्शनीले पुष्प व्यवसायीलाई मात्रै नभएर फूलप्रेमी का लागि सुनौलो अवसर भएको उनीहरुको भनाइ छ । दुई सय देखि १२ सय सम्म मूल्य रहेका फूलहरु पाइने यस मेलाबाट पाँच लाख बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले लिएको छ ।

तस्वीरमा हेर्नुहोस…

सम्बन्धित समाचार

वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
  • २०७८ कार्तिक १३, १६: १६

काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...

बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा
  • २०७८ कार्तिक १३, १६: १६

काठमाडौँ| नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले आज आयोजना गरेको ग्रीन...

संविधान संशोधन हल्का विषय हो र ? बालेन्द्र सरकारले सोचेजस्तै सरल काम हो र ?
संविधान संशोधन हल्का विषय हो र ? बालेन्द्र सरकारले सोचेजस्तै सरल काम हो र ?
  • २०७८ कार्तिक १३, १६: १६

  १.संविधान संशोधन सरल काम हो र ? २०८२सालको जेनजीआन्दोलनको माग सुशासन थियो, त्यसका लागि भ्रष्टाचार निर्मूलको सर्त थियो ।...