December 8, 2021, Wednesday

माओबादी केन्द्रले बनायो तीन आयोग, दुई समिति र एक मञ्च


काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय तहमा तीनवटा आयोग, दुई वटा समिति र एक ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गरेको छ। पार्टीले केन्द्रीय सल्लाहकार समिति र विशेष समिति, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गठन गरेको हो।


पार्टी स्थायी कमिटीको मंगलबार बसेको बैठकले निर्वाचन आयोगको अध्यक्ष विष्णु पुकार श्रेष्ठ, लेखा आयोगको अध्यक्षमा पेशलकुमार खतिवडा र अनुशासन आयोगको अध्यक्षमा टंक राईलाई चयन गरेको छ।


माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार पार्टीले एक सय ४९ सदस्यीय सल्लाहकार समिति र एक सय ७५ सदस्यीय विशेष समिति पनि गठन गरेको छ। ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्ष भने कात्तिक ४ गते बस्ने बैठकले तोक्ने जनाइएको छ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
  • २०७८ कार्तिक २, १७: ५७: ०९

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले ४ हजार ३...

दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
  • २०७८ कार्तिक २, १७: ५७: ०९

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान खुल्ला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि...

आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
  • २०७८ कार्तिक २, १७: ५७: ०९

काठमाडौं । अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको सम्झनामा आज विवाह पञ्चमी महोत्सव...