December 8, 2021, Wednesday
साफ च्याम्पियनसिप उपविजेता नेपाली फुटबल टिम

सरकारले प्रोत्साहन स्वरुप खेलाडीलाई जनही पाँच लाख रुपैया दिने

काठमाडौं । नेपाली फुटबल टीमका खेलाडीहरुलाई प्रोत्साहान स्वरुप जनही पाँच लाख दिने निर्णय गरेको छ । माल्दिभ्समा आयोजना गरिएको साफ च्याम्पियनसिप फुटबलमा नेपाली फुटबल टीम उपविजेता बनेको थियो ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाली फुटबल टीमका खेलाडीलाई जनही पाँच लाख रुपैया प्रोत्साहन स्वरुप दिने र प्रशिक्षकहरुलाई जनही ३ लाख दिने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्र काकीले बताए ।

सरकारले कार्तिक २ गते मुस्लीम समूदायलाई सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । मोहम्मद जयन्तीका अवसरमा मुस्लीम समूदायलाई विदा दिने निर्णय गरेको हो । त्यस्तै अवुधाबी डायलगको छैटौ मन्त्रिपरिषद् परामर्श बैठकमा सहभागी हुन श्रममन्त्रीलाई स्वीकृत दिने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै बैठकले बिभिन्न मन्त्रालयहरुमा अस्थायी दरवन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय पनि गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले लोकसेवा आयोग र बढुवा समितिको सिफारिस अनुसार राजपत्राङ्कित प्रथम श्रेणीका बिभिन्न पदहरुमा नियुक्ती गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
  • २०७८ कार्तिक १, १८: ०३: ०८

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले ४ हजार ३...

दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
  • २०७८ कार्तिक १, १८: ०३: ०८

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान खुल्ला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि...

आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
  • २०७८ कार्तिक १, १८: ०३: ०८

काठमाडौं । अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको सम्झनामा आज विवाह पञ्चमी महोत्सव...