May 19, 2021, Wednesday

कांग्रेसको निर्वाचन तयारी तिव्र

काठमाडौं । आगामी महिना हुने प्रतिनीधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै जादा नेपाली कांग्रेसले तयारीलाई तिव्र बनाएको छ । घोषणापत्र पहिले नै सार्वजानिक गरेको कांग्रेसले उम्मेदवारको मनोनयन सकिएसंगै विभिन्न तयारी समितिहरु बनाएर चुनावी अभियान सुरु गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले चुनावी अभियान समेत सुरु गरिसकेको छ । पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो चरणमा निर्वाचन हुने जिल्ला ताप्लेजुङबाट चुनावी अभियान सुरु गरेका हुन । शनिवार नै अभियानको पहिलो दिन सभापति देउवाले तीनवटा जिल्लाका सभालाई सम्बोधन गरेका छन् । निर्वाचन परिचालन समिति अन्तरगत प्रचार प्रसार उपसमिति गठन भएको छ भने केन्द्रीय कार्यालयमा मिडिया सेन्टर स्थापना भइसकेको छ ।

सातवटै प्रदेशमा मिडिया सेन्टरको स्थापना गर्ने तयारी गरिएको केन्द्रीय निर्वाचन परिचालन समितिका सहसंयोजक सुरेन्द्रराज पोण्डेले जानकारी दिए । ती मिडिया सेन्टर मार्फत नेपाली कांग्रेसका चुनाव प्रचार प्रसार देखि प्रचार प्रसारका सामाग्रीहरुको समेत वितरण त्यही स्थानबाट हुनेछ । त्यस्तै पार्टीका सदस्य, भातृ एवम् शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यहरुलाई आ–आफ्ना निर्वाचन क्षेत्रभित्रका गाँउ एवम् नगरमा पुगेर कांग्रेस उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्न समेत निर्देशन समेत दिइएको छ ।

केन्द्रीय निर्वाचन परिचालन समितिले चाँडै नै सभापति देउवा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा सशाँक कोइराला लगायत प्रभावशाली नेताहरुका बिभिन्न जिल्लामा कार्यक्रम तय गर्ने तयारी गरिरहेको छ भने पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुने जिल्लाहरुमा केन्द्रीय निर्वाचन परिचालन समितिका प्रतिनिधिहरु पठाउने निर्णय समेत भएको कुरा केन्द्रीय प्रचारप्रसार समितिका एक सदस्यले बताए ।

सम्बन्धित समाचार

देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
  • २०७४ कार्तिक २७, ०९: २०: ३५

नयाँ बिकल्प,काठमाडौं । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं देशमा कोरोना संक्रमणको महामारीबाट दैनिक दुई सयको हाराहारीमा नेपाली...

उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
  • २०७४ कार्तिक २७, ०९: २०: ३५

नयाँ बिकल्प,काठमाडौं । सत्तारुढ केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्वासको मत दिने र नदिने विषयमा चर्किएको विपक्षी जनता समाजबादी पार्टी...

जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
  • २०७४ कार्तिक २७, ०९: २०: ३५

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्तावको विपक्ष र तठस्थमा...

भर्खरै

TOP