June 20, 2021, Sunday

अदालत र संविधानलाई गाली गरेको भन्दै प्रधानन्यायाधीश असंतुष्ट

काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले राजनीति दलहरु चुनाव जित्नका लाथि कहि कतै संविधान र सर्वोच्च अदालतलाई समे गाली गलौज गर्न लागेको भन्दै असंतुष्टी जनाएका छन् । उनले अदालत र संविधानलाई गाली गरेर कसैले चुनाव जित्ने चेष्टा गर्न नहुने बताएका छन् ।

उच्च अदालत बार इकाई तुलसीपुर दाङले अयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश पराजुलीले कतिपय दलले चुनावी सभा सम्बोधन गर्ने क्रममा अदालत र संविधानलाई गाली नगर्न चेतावनी दिए । व्यक्ति विशेषका कमजोरी रहे पनि अदालतले कहिल्यै कमजोरी नगर्ने भन्दै पराजुलीले अदालत विधि, पद्धति र प्रक्रियाबाट चल्ने बताए ।

‘कुनै पनि व्यक्ति वा राजनीतिक पार्टीले मेरो पक्षमा फैसला आउनुपर्दथ्यो वा आउनुपर्छ भन्नु दृष्टता मात्रै हो,’ सम्बोधनमा उनले भने  । मंसिर १ देखि सर्वोच्च अदालतमा कार्यरत सबै न्यायाधीश र कर्मचारीले अतिरिक्त समयसम्म काम गर्ने गरी व्यवस्थापन गरेको भन्दै उनले पुराना मुद्दा छिटो किनारा लगाउन सघाउ पुग्ने बताए । मालपोत कार्यालयको ढोकामा बसेकाहरु समेत वरिष्ठ अधिवक्ता भएको बताउँदै पराजुलीले अब आफ्नो हैसियत सुधार्न आग्रह गरे ।
कानुन व्यवसायी परिवर्तनका वाहक, सामाजिक अभियन्ता र न्यायमूर्ति भएकाले आफूलाई थप अध्ययनशील बनाउन सक्नुपर्ने उनको भनाइ थियो । उनले मानवअधिकारलाई संकुचन हुने तरिकाले काम नगर्न निर्देशन दिएका छन् । ‘हिजो न्याय सम्पादनमा केही संकुचन थिए । थुनेर मात्रै बयान लिने परिपाटीले मानिसको मनोबल कमजोर हुने गर्दथ्यो । त्यसमा राहत दिने गरी व्यवस्था मिलाउँदैछौं,’ उनले भने ।

 

सम्बन्धित समाचार

शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
  • २०७४ कार्तिक २७, ०९: ३०: ४४

नयाँ बिकल्प, काठमाडौं । धितोपत्र बोर्डले गत मंगलबार ५१ वटा संस्थाले शेयर बजारमा आन्तरिक चलखेल गरी शेयर मुल्य बढाएको र...

देउवाकाे सभापति दोहोर्याउने चाहनाः बागमति र गण्डकी प्रदेशका नेतासँग छुट्टा छुट्टै परामर्शमा
देउवाकाे सभापति दोहोर्याउने चाहनाः बागमति र गण्डकी प्रदेशका नेतासँग छुट्टा छुट्टै परामर्शमा
  • २०७४ कार्तिक २७, ०९: ३०: ४४

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्वमा पुनः दोहोरिने चाहना प्रकट गरेका छन्।पार्टी केन्द्रीय कार्यसमितिको शुक्रबारको...

कोरोना संक्रमणबाट पूर्वराज्यमन्त्री बिष्टकाे निधन
कोरोना संक्रमणबाट पूर्वराज्यमन्त्री बिष्टकाे निधन
  • २०७४ कार्तिक २७, ०९: ३०: ४४

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोनाभाइसको संक्रमणबाट निधन भएको छ। सुर्खेतमा कोरोना संक्रमण भएका...

भर्खरै

TOP