May 10, 2021, Monday

पूर्व प्रधानमन्त्री विष्टको निधन

काठमाडौं । पुरानो राजनितिज्ञ एवम् पञ्चायत कालका दरबारमा विश्वास पात्रका रुपमा परिचित व्यक्ति पूर्व प्रधानमन्त्री एवम् शाही सरकारमा उपाध्यक्ष किर्तिनिधी विष्टको ९१ वर्षको उमेरमा शनिवार आफ्नै निवासमा निधन भएको छ । पुख्र्यौली घर गोरखा रहेको विष्ट १९८३ मा वटुमा जन्मेका हुन् । हाल उनी ज्ञानेश्वरमा बसोेबास गर्दै आएका थिए ।

सादगी र राष्ट्रभक्तीका रुपमा राजनीति पहिचान बनाएका विष्ट पञ्चायत कालमा ३ पटक राजाका विश्वास पात्रका रुपमा प्रधानमन्त्री भई सकेका व्यक्ति हुन् । २०५८ पछि तत्कालिन राजा ज्ञानेन्द्र शाहले उनलाई र तुलसी गिरी २÷२ जना उपाध्यक्ष बनाएर मुलुकको बागडोर सम्हालेका थिए । छिमेकी भारतसँग निकै कडा अभिव्यक्ति दिँदै आएका राजनीतिक व्यक्ति विष्ट नेपाली राजनीतिमा निकै चर्चा कमाएका हुन ।

राष्ट्रिय कांगे्रसमा आबद्ध हुँदै महासचिव जस्तो पदमा रही काम गरेका विष्ट २०१७ सालमा राजा महेन्द्रबाट बहुदलिय व्यवस्थाको हरणपछि पञ्चायतमा छिरेका थिए । राजा महेन्द्र राष्ट्रवादी भए नेपाली राजनीतिमा विश्लेषण गरिरहेको बेला विष्टलाई पनि राष्ट्रवादी नेताको रुपमा लिइएको थियो । लामो समयसम्म राजा महेन्द्रका अनुयायी भएका कारण बहुदलीय व्यवस्थाको विरोधीको रुपमा रहेको थियो ।

२०४६ सालपछि राजनीतिबाट निक्कै टाढा पुगेका विष्ट पुन २०५८ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट पुराना पञ्चायत कालका कट्टर पञ्चायत प्रविधीका व्यक्तिहरुलाई आफ्ना मन्त्रीपरिषद्मा सहभागी गराएका थिए । त्यसैगरी, राजा ज्ञानेन्द्र शाहले देशै छाडेर विदेशमा बस्दै आएका तुलसी गिरी र पञ्चायतका हिमायती मानिने किर्तिनिधी विष्टलाई उपाध्यक्षमा मनोनित गरेका थिए । विष्ट सञ्चार क्षेत्रबाट पनि निकै टाढा बस्दै आएको र अन्तिम समयसम्म पनि राजनीतिक रुपमा चर्चामा आउन नमानेका कारण उनको राष्ट्रिय व्यक्तित्वको निधनमा पनि राजकिय सम्मान लिन नमानेको परिवारका सदस्यले बताएका छन् । राजनैतिक वृतका नेताको निधनप्रति हाम्रो पनि श्रद्धा सुमन ।

सम्बन्धित समाचार

नेपाल-खनाल समुह बैठकः   ओलीलाई  विश्वासकाे मत नदिने निर्णय
नेपाल-खनाल समुह बैठकः ओलीलाई विश्वासकाे मत नदिने निर्णय
  • २०७४ कार्तिक २७, ०९: ३४: ४६

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने बैठकमा नेकपा एमालेकाे माधव कुमार नेपाल- झलनाथ खनाल समुहले बहिस्कार...

एसईई र कक्षा १२ को परीक्षा स्थगित
एसईई र कक्षा १२ को परीक्षा स्थगित
  • २०७४ कार्तिक २७, ०९: ३४: ४६

नयाँ विकल्प, काठमाडाैं-यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल...

नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
  • २०७४ कार्तिक २७, ०९: ३४: ४६

नयाँ विकल्प, काठमाडाैैं- नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको...

भर्खरै

TOP