नेपाली सेनाको दोस्रो दर्जामा रहेका रथी बलाधिकृत बलदेव राज महतको सेवा निवृत पछि सो स्थानमा रथी पूर्णचन्द्र थापालाई पदोन्नती गरेको छ । कार्तिक ३० गते बसेको मन्त्री परिषद्को बैठकबाट युद्धकार्य महानिर्देशक उपरथी हेमन्तराज कुँवरलाई रथीमा बढुवा गरिएको हो । जसअनुसार रथी कुवँरले बलाध्यक्षको कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्ने अवसर पाएका छन् । साथै बलाध्यक्षको कार्यालयको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका रथी पूर्णचन्द्र थापालाई बलाधिकृतको कार्यालयमा प्रमुखको जिम्मेवारी प्रदान गरीएका् छ । कार्तिक ३० गते जग्गी अड्डामा आयोजित एक समारोहमा प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले दज्र्यानी चिन्ह प्रदान गरेका थिए ।
नयाँ विकल्पकाठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिवार चितवन पुगेका सभामुख...
नयाँ विकल्पकाठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सय भन्दा बढी...
नयाँ विकल्पकाठमाडाैं- प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टीका संसदिय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएका...