May 18, 2021, Tuesday

पार्टीको टिकट राम्रालाई भन्दा पनि हाम्रालाई

आगामी मसिर १० र २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि राजनैतिक दलहरुले आफ्नो उम्मेदवारहरुको मनोनयन र समानुपातिक तर्फको उम्मेदवारहरुको सूची निर्वाचन आयोगमा गत साता दर्ता गरेका छन् । पहिलो संविधानसभा राजनैतिक दलहरुको अकर्मण्यताका कारण विघटन भएको थियो । विघटन पश्चात् तत्कालिन प्रधानन्यायाधिश खिलाराज रेग्मीको अध्यक्षतामा मन्त्रीमण्डल गठन भई दोस्रो संविधान सभाको निर्वाचन भएको थियो । सभाको गठन पश्चात नेपाली कांग्रेस तत्कालीन पार्टी सभापति सुशिल कोइरालाको नेतृत्वमा बनेको सरकारले २०७२ असोज ३ गते संविधान जारी गर्न सफल भयो । सोही संविधानको कार्यान्वयन गर्ने क्रममा स्थानीय निर्वाचन पनि सम्पन्न भई दलहरु अब प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि जुटेका छन् ।
सोही अनुसार दलहरुले आफ्ना उम्मेदवारहरु पनि चुकिसकेको अवस्थामा टिकट पाउने अनुहारप्रति जनताले निकै टिका–टिप्पणी गर्न थालेका छन् । संविधान कार्यान्वयनको क्रममा हुन लागेका निर्वाचनहरुमा नै दलहरु कार्यान्वयनमा भने चुकेका छन् । निर्वाचनलाई दलहरुले आफ्ना आसेपासे, नातागोता, इष्टमित्र, व्यापारीदेखि डनसम्मलाई टिकट विवरण गर्ने सम्मेलनको रुपमा प्रस्तुत गरेका छन् । संविधानको सफल कार्यान्वयन भन्दा पनि नेताहरुले आफ्नो उत्तराधिकारीलाई कसरी स्थापित गराउन सकिन्छ भन्नेतर्फ जोड दिइएको पाइएको छ । लोकतान्त्रिक गठबन्धनको नेतृत्व नेपाली कांग्रेसले गरेको छ भने वागठबन्धनको नेतृत्व नेकपा एमालेले गरेको छ । तर, दुवै गठबन्धनभित्र व्यापक असन्तुष्टि देखिएको छ भने नेतृत्वप्रति असन्तुष्टि देखाउँदै बागी उम्मेदवारहरुको बाढी नै आएको छ । यो बागीको बाढीलाई दुवै गठबन्धनले व्यवस्थापन गर्न नसक्दा आगामी चुनावमा कुनै पनि दलको बहुमत आउने सम्भावना कम देखिएको छ । यस पटकको टिकट वितरणले पार्टीहरु भित्र भएको नातावाद र कृपावादलाई छताछुल्ल पारेको छ । बिहान बेलुका आफ्नो ढोकोमा पुगी जोड्ने र आफ्नो खल्ती बलियो बनाइदिन सक्नेहरुलाई मात्र टिकट वितरण भएको भन्दै पार्टीप्रति इमान्दार भएर लागेका कार्यकर्ताहरुले गुनासो गर्न थालेका छन् । साथै, ‘राम्रा’लाई भन्दा पनि नेताहरुको जबरजस्ती र दादागिरीमा ‘हाम्रा’ लाई टिकटक वितरण गरिएकोमा स्थानीय स्तारका कार्यकर्ता पार्टी नेतृत्वप्रति निकै आक्रोशित भएका छन् ।
अहिले टोलटोलमा चिया पसलमा राजनैतिक दलहरु प्रति देखिएको आक्रोश निकै कडा रुपमा बाहिर आउन थालेको छ । २०४६ सालको आन्दोलनदेखि २०६२÷०६३ को आन्दोलनमा प्रमुख भूमिका खेलेको ३ दल भित्रको एकाधिकार र कार्यकर्ता माथि हेर्ने दृष्टिकोणले गर्दा राजनैतिक दलहरुप्रति नै वितृष्णा पैदा भएको छ । सबै भन पछि जन्मेको नेकपा माओवादी देखि एमाले, कांग्रेससँग साधारण जनतादेखि, स्थानीय स्तरका नेता तथा कार्यकर्ता अर्कोसँग भएका छन् । मूल रुपमा अहिले ठूला दलहरुलाई जनताको एउटै प्रश्न छ बहुदलीय व्यवस्थामा खुला प्रतिस्पर्धालाई बन्देज गर्ने काम कसरी भयो । जुनसुकै लोकतान्त्रिक मूल्यमान्यता भएको मुलुकमा पनि राजनैतिक दलले ठूला प्रतिस्पर्धामा निर्वाचनमा जाने गर्छन र बहुमत आउने दलले सरकार चलाउँछ र दोस्रो, तेस्रो हुने पार्टी प्रमुख पक्ष भएर बस्छ तर,दलका नेतको सिन्डिकेट प्रथाले गर्दा लोकतन्त्र भित्रको एकाधिकारले मुलुकलाई झनझन मास्सिँदै जाने पक्का छ । अब त हुँदा हुँदा टिकट वितरणमा पनि ठूला दलको ठूला नेताहरुको एकाधिकार भएर लोकतन्त्रको उपहास गरेको छ ।

सम्बन्धित समाचार

नयाँ विकल्प अब डिजिटल संस्करणमा पनि
नयाँ विकल्प अब डिजिटल संस्करणमा पनि
  • २०७४ कार्तिक २३, ०९: २८: ५५

काठमाडौं । नेपाली पत्रकारिताको क्षेत्रमा विगत तीन दशकदेखि अनवरत रुपमा प्रकाशित नेपालको राष्ट्रिय साप्ताहिक नयाँ विकल्प अब डिजिटल संस्करण सहित...

असारे विकासले ओझेलमा परेको विपद् व्यवस्थापन
असारे विकासले ओझेलमा परेको विपद् व्यवस्थापन
  • २०७४ कार्तिक २३, ०९: २८: ५५

वर्षायाम सुरु भएसँगै देशका विभिन्न स्थानहरुमा बाढी पहिरो र डुबान पनि सुरु भइसकेको छ । गत साता बिहिबारबाट भएको अबिरल वर्षाका...

नेपालमा लकडाउनको १०० दिन र विश्व बैंकको प्रतिवेदन
नेपालमा लकडाउनको १०० दिन र विश्व बैंकको प्रतिवेदन
  • २०७४ कार्तिक २३, ०९: २८: ५५

विश्व बैंकले गत साता प्रकाशित गरेको प्रतिवेदनको अनुसार नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको...

भर्खरै

TOP