May 18, 2021, Tuesday

सबै नेपालीको अपनत्व प्राप्त गर्ने शासन प्रणाली दिगोरुपमा विकास होस्

हरिविनोद अधिकारी

१. दोस्रो चरणको मतदानको दिन नजिकिँदैछ । यही हप्ताभित्र मतदान सम्पन्न हुनेछ र अर्को हप्ता पाठकहरुसँगको भेटमा कतिपय स्थानको मत परिणामसमेत आइसकेको हुनेछ ।
२. निर्वाचन आयोग र हामी नेपालीका लागि यो वर्ष निर्वाचन वर्षको रुपमा नै रह्यो । वर्षको सुरुमा स्थानीय तहको निर्वाचन भयो । त्यो पनि तीन तीन चरणमा । त्यो सफलताका साथ सम्पन्न भएपछि प्रदेश सभा र प्रतिनिधि सभाका लागि दुई चरणमा निर्वाचन गर्नेगरी तालिका सार्वजनिक भएको थियो जसअनुसार पहिलो चरणका ३७ प्रत्यक्ष स्थानमा निर्वाचन सम्पन्न भएर मतपत्र बाकसमा सुरक्षित राखिएको छ । बाँकी १२८ प्रत्यक्ष स्थानका लागि निर्वाचन भएपछिमात्र मतगणना सुरु हुने गरी निर्वाचन आयोगका तालिका रहेको छ ।
३.निर्वाचन प्रजातन्त्रको प्राणवायु हो । निर्वाचनले मात्र प्रजातन्त्रको आधारभूमिलाई मलजल पु¥याउँछ । जनताले आफूलाई शासन गर्नका लागि शासक चुन्ने महान कार्यलाई निर्वाचनको नाम दिइएको हो । सुरुमा मतदान गोप्य भए पनि तत्कालैजस्तो त्यसलाई खुला गर्नैपर्छ । त्यही परिणाम नै शासन गर्ने प्रमाणपत्र हो निर्वाचित प्रतिनिधिका लागि ।
४. केन्द्रमा दुई सदन हुने छ र प्रदेशमा एक सदनात्मक नै रहने संवैधानिक प्रावधान छ । यो संविधान बनेपछिको पहिलो चक्रको निर्वाचन हो । पाँच वर्ष यो प्रणालीले काम गरेपछि मात्र संविधानको प्रावधानमा गरिनु पर्ने सुधारका वारेमा छलफल , टीका टिप्पणी सुरु हुनेछ । वास्तवमा संविधानमा देखिन सक्ने कमजोरीलाई लुकाउनु पनि हुँदैन । संविधान बन्दा बडो हतारमा घोषणा गरिएको दोष लागेको थियो । २०६७ सालको जेठ १४भित्रैमा नै घोषणा हुनुपर्ने संविधान २०७२सालको असोज ३ गते घोषणा हुँदा पनि छिटो भएको भनेर, आवश्यक छलफल नभएको भनेर विवाद हुँदै आएको थियो र त्यसको विवादभित्र छिरेर दक्षिण सीमामा नाकाबन्दी समेत गरिएको थियो । अहिलेको अवस्था धेरै सुध्रिएको छ र नाकाबन्दी गर्नेहरु पनि निर्वाचनमा सरिक भएका छन् ।
५. कसनै दलले जित्ने वा हार्ने भन्दा पनि, निर्वाचनमा अमुक दलले जित्ने वा हार्ने भन्दा पनि वा निर्वाचनमा कसले जित्ने वा कसले हार्ने भन्दा पनि प्रजातन्त्रले जित्ने वातावरण जरुरी छ । फेरि फेरि पनि निर्वाचन हुने अवस्था सृजना हुनु जरुरी छ । हारजीत भन्दा पनि प्रजातन्त्रको सँस्थागत विकासका लागि निर्वाचन अनवरत हुनु आवश्यक छ ।
६. र अन्त्यमा, यो निर्वाचन शान्तिपूर्वक होस्, सबै नेपालीले आगामी शासन प्रणालीमा अपनत्व देखून् र समावेशी प्रतिनिधित्वले श्रेय पाओस् । नेपालको कुनै पनि जात, धर्म, वर्ग र लिंगले आफूलाई अपहेलित महसुस गर्नु नपरोस् । प्रजातन्त्रले जितोस् । नेपालले जितोस् । प्रजातान्त्रिक प्रणालीले हार्नु नपरोस् । सबै नेपालीहरुको जीवन सुखमय होस् ।

सम्बन्धित समाचार

व्यापारीलाई पोष्न खोपमा भ्रष्टाचार गर्दा कोरोना संक्रमितले ज्यान गुमाउनु पर्यो, ओलीले राजिनामा दिनु पर्छ
व्यापारीलाई पोष्न खोपमा भ्रष्टाचार गर्दा कोरोना संक्रमितले ज्यान गुमाउनु पर्यो, ओलीले राजिनामा दिनु पर्छ
  • २०७४ मंसिर १८, ०९: १८: १७

प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा प्रस्तुत गर्नु भएको विश्वासको मत लिने प्रस्तावको विषयमा आफ्नो मत राख्दै प्रमुख प्रतिपक्षी दलका नेता...

कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
  • २०७४ मंसिर १८, ०९: १८: १७

१.कोभिड—१९को दोस्रो छालले नेपाललाई पनि छोप्यो भने हुन्छ । विश्वका देशहरुमा कोरोनाका भाइरसहरुले विभिन्न रुप लिएर विस्तारित हुन थालेका समाचारहरुले...

पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
  • २०७४ मंसिर १८, ०९: १८: १७

१. नेपालमा प्रजातन्त्रको स्थापना, पुनस्र्थापना र फेरि पुनस्र्थापनाका घटनाहरुको कडीमै २०६३साल वैशाख ११ गते आएको थियो, जुन दिन जनताको आन्दोलनको...

भर्खरै

TOP