May 18, 2021, Tuesday

ग्लोबल आइएमई बैंकको प्रमुखमा जनक शर्मा पौड्याल

ग्लोबल आइएमई बैंकको संचालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैंकठले यस अघि का.मु प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका पौड्याललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

लण्डनबाट एमविए गरेका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकिङ्ग क्षेत्रमा ३० बर्ष भन्दा बढिको अनुभव छ । उनले सन् १९८७ मा इन्ट्रि लेभल मार्फत नविल बैंकबाट आफ्नो करियर सुरु गरेका थिए । नबिल बैंकमा ११ बर्ष काम गरेपछि तात्कालिन एनआइसी बैंक गएका थिए । त्यहाँ पाँच बर्ष काम गरेपछि फेरि लक्ष्मी बैक स्थापनाका लागि प्रकृया थाल्न गएका थिए ।

तात्कालिन ग्लोबल बैंकको सहायक महाप्रबन्धबाट नायव प्रमुख कार्यकारी अधिकृत तथा का.मु प्रमुख कार्यकारी अधिकृत हुदै उनी ग्लोबल आइएमई बैंक लि. को प्रमुख कार्यकारी अधिकृतको रुपमा चयन भएका हुन् ।

सम्बन्धित समाचार

सेयर बजारमा अर्काे नयाँ रेकर्ड : हाइड्रोपावरमा बढी आकर्षण
सेयर बजारमा अर्काे नयाँ रेकर्ड : हाइड्रोपावरमा बढी आकर्षण
  • २०७४ मंसिर १८, ०९: २५: २०

नयाँ विकल्प काठमाडौं : सेयर बजारमा सोमबार पनि उत्साह जारी छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकममा पनि राम्रो छ...

तराई-मधेश द्रुत मार्गः  सुरूङ बनाउने ठेक्का चिनियाँ कम्पनीलाई
तराई-मधेश द्रुत मार्गः सुरूङ बनाउने ठेक्का चिनियाँ कम्पनीलाई
  • २०७४ मंसिर १८, ०९: २५: २०

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं-तराई-मधेश द्रुत मार्ग(फास्ट ट्रयाक)को सुरुङ निमार्णका लागि नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ। द्रुत मार्गमा...

सिंगापुर बेभरेजका शर्मालाई युरोपको विश्वविद्यालयबाट बिद्याबारिधी उपाधि
सिंगापुर बेभरेजका शर्मालाई युरोपको विश्वविद्यालयबाट बिद्याबारिधी उपाधि
  • २०७४ मंसिर १८, ०९: २५: २०

नयाँ बिकल्प,काठमाडौं । फ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेसनल युनिभर्सिटीले सिंगापुर बेभरेजेज नेपाल प्रालिका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर आशिष शर्मालाई इन्टरनेसनल बिजनेस...

भर्खरै

TOP