May 10, 2021, Monday

पर्यवेक्षकद्वारा चन्द्रागिरिको भ्रमण

सम्पन्न निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका निर्वाचन आयुक्तहरु एवम् विशेषज्ञहरुले शुक्रबार चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण समेत गरेका छन् । भ्रमण टोलीमा अफगानिस्तान, बंगालादेश, भुटान, भारत, पाकिस्तान, माल्दिभ्स र इन्डोनेसियाका आयुक्तहरु एवम् विशेषज्ञहरुको सहभागितारहेको चन्द्रागिरिद्वारा प्रेस विज्ञप्तिमा जनाईएको छ भ्रमणमा आएको समूहलाई चन्द्रागिरि हिल्स लिमिटेडका महा–प्रबन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजना स्थलगत भ्रमण गराएका थिए ।

भ्रमणमा आएको टीमले परियोजनाको प्रशंसा गर्दै चन्द्रागिरिको चुचुरोबाट देखिने हिमाल, पहाडर मन्दिर लगाएतका दृश्यलेरमाइलो अनूभुती गराएको उल्लेख गरे । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्कर सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै आएको छ ।

सम्बन्धित समाचार

सेनाको हेलिकोप्टरले कोरोना संक्रमित नबोक्दा निजीले अकुत असुल्दै, सरकार किन मौन ?
सेनाको हेलिकोप्टरले कोरोना संक्रमित नबोक्दा निजीले अकुत असुल्दै, सरकार किन मौन ?
  • २०७४ मंसिर २५, ०८: ५४: ५६

नयाँ बिकल्प,काठमाडौं । कोरोना संक्रमितको संख्या ग्रामिण क्षेत्रमा समेत बढ्दै जाँदा लकडाउनले यातायातको साधन नपाएका बिरामीबाट निजी क्षेत्रका हेलिकप्टर कम्पनीले...

जुम्लामा साना जलविद्युत प्लान्ट पुननिर्माणको उद्घाटन, भारतीय सरकारको २ करोड ६३ लाख सहयोग
जुम्लामा साना जलविद्युत प्लान्ट पुननिर्माणको उद्घाटन, भारतीय सरकारको २ करोड ६३ लाख सहयोग
  • २०७४ मंसिर २५, ०८: ५४: ५६

नयाँ बिकल्प,काठमाडौं – कर्णाली प्रदेशको जुम्ला जिल्लास्थित चन्दननाथ नगरपालिकामा साना जलविद्युत प्लान्टको पुनस्र्थापना कार्य सम्पन्न भएको छ । भारत सरकारको...

अध्यागमन विभागले दुःख दिन थालेपछि नेपाल छाड्ने तयारीमा बैदेशिक लगानीकर्ता
अध्यागमन विभागले दुःख दिन थालेपछि नेपाल छाड्ने तयारीमा बैदेशिक लगानीकर्ता
  • २०७४ मंसिर २५, ०८: ५४: ५६

काठमाडौं । मुलुकले बढ्दो बैदेशीक व्यापार घाटा र बेरोजगारी समस्या भोग्दै आएकाले त्यसको न्यूनीकरण गर्न सरकारले वैदेशिक लगानी भित्र्याउन प्राथमिकता...

भर्खरै

TOP