काठमाडौं । आठ कम्पनीले बिक्री नभएको हकप्रद शेयर लिलाम गर्ने भएका छन् । एक्सल डेभलपमेन्ट बैंक, बैंक अफ काठमाडू, काबेली विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, किसान माइक्रोफाइनान्स, नेपाल ग्रामिण विकास बैंक, सानिमामाई हाइड्रोपावरर नेपाल इन्स्योरेन्स कम्पनीले नबिकेको हकप्रद लिलाम गर्ने भएका हुन् ।
आठ कम्पनीले ६९ करोड ४१ लाख ६४ हजार २०० रुपैयाँ बराबरका ६९ लाख ४१ हजार ६ सय ४२ कित्ता शेयर बोलकबोलमार्फत बिक्रि गर्न लागेका छन् ।
एक सय रुपैयाँ अंकित मूल्यमा लिलाम शुरु हुने शेयरहरु बोलकबोलमा बिक्री हुने भएको छ । आठमध्ये तीन कम्पनीले लिलामीको सुचना निकालेका छन् भने पाँच कम्पनीको बोलाकबोल आबेदन खुला छ ।काबेली विकास बैंकले मंसिर १९ देखि २९ सम्म, बैंक अफ काठमाण्डूले मंसिर २२ देखि २९ सम्म, एक्सल डेभलपमेन्ट बैंकले मंसिर २४ गतेदेखि पुस ९ गतेसम्म शेयर लिलामीमा बेच्दैछन् । किसान माइक्रो फाइनान्सर सानिमामाइको मंसिर १९ गतेसम्म बोलाकबोलमा आबेदन दिन सकिन्छ । नेपाल ग्रामिण विकास बैंकको मंसिर २६ गतेसम्मर नेपाल इन्स्योरेन्सको पुस ३ गतेसम्म बोलकबोलमा आबेदन गर्न सकिने बताइएको छ ।
नयाँ विकल्पकाठमाडौं । मिहिनेत गर्नेले हरेक समस्यामा अवसर देख्छ, अल्छीले प्रत्येक अवसरमा समस्या मात्रै देख्छ । हिलोमा कमलको फूल फुल्नु...
नयाँ बिकल्प,काठमाडौं । राजधानीबाट प्रशारण भइरहेको मूलधारको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था एपीवान टेलिभिजनले एक संस्थासँग कार्यक्रम प्रशारण गर्ने भनी १०...
नयाँ विकल्पकाठमाडाैं-सेयर बजारको परिसूचक नेप्से मंगलबार २१ अंकले घटेको छ। सो अंकको गिरावटपछि परिसूचक २५८६ अंकमा कायम भएको छ। यस...