May 18, 2021, Tuesday

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम वर्चश्व, कांग्रेसलाई इतिहासमै ठूलो धक्का

काठमाडौं । पार्टी स्थापना भएदेखि नेपालको राजनीतिको निर्णायक भूमिका खेल्दै आएको नेपाली कांग्रेस यसपटक भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा नराम्ररी हार खान पुगेको छ । वीपी कोइरालादेखि सुशील कोइरालाको नेतृत्वसम्म आइपुग्दा अहिलेजस्तो पराजयको पीडा कांग्रेसले कहिल्यै भोग्नु परेको थिएन ।


वीपी कोइरालाले प्रतिपादन गरेको कांग्रेस पार्टीभित्र सन्त कृष्णप्रसाद भट्टराई, पहिलो जनआन्दोलनका कमाण्डर गणेशमान सिंह, दोस्रो जनआन्दोलनका कमाण्डर गिरिजाप्रसाद कोइराला हुँदै सुशील कोइरालाको नेतृत्वमा नेपालको राजनीतिमा ऐतिहासिक परिवर्तन भएको र जनमत समेत बलियो रहेको कांग्रेस यतिखेर आप्mनै कमीकमजोरीका कारण नराम्ररी पराजय भोग्न बाध्य भयो ।
पहिलो चरण अन्तर्गत हिमाली जिल्लाको भौगोलिक अवस्थाका कारण मंसिर १० गते जम्मा ३२ जिल्लाको ३७ स्थान र मंसिर २१ गते भएको १२८ स्थान गरेर जम्मा १६५ निर्वाचन क्षेत्र अन्तर्गत १६५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएर आउने छन् । यसरी प्रतिनिधिसभा सदस्य प्रत्यक्षबाट १६५ जना निर्वाचित हुनेछन् भने समानुपातिकबाट ११० जना सदस्य प्रतिनिधिसभामा निर्वाचित भएर २७५ जना रहेको प्रतिनिधिसभा सदस्य रहने व्यवस्था संविधानले गरेको छ । त्यसैगरी प्रदेशसभातर्पm प्रत्येक निर्वाचन क्षेत्रबाट २ प्रदेशबाट ३३० जना निर्वाचित हुनेछन् भने समानुपातिकतर्पm २२० जना निर्वाचित भएर आउने छन् । त्यसैगरी राष्ट्रियसभामा ७ प्रदेशबाट ८ जनाको दरले ५६ जना गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखले निर्वाचित गरेर पठाउने व्यवस्था भए अनुसार १ महिलासहित ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति गरेपछि ५९ जनाको राष्ट्रियसभा निर्माण हुनेछ ।
यसपटकको निर्वाचनमा कूल १ करोड ५४ लाख २७ हजार ९ सय ३८ मतदाता भएता पनि करिब १ करोड १८ लाख २ हजार ४ सय ३९ जना मतदाताले मात्र भाग लिएको निर्वाचन आयोगले जनाएको छ । जसअनुसार दुवै निर्वाचनमा ६६ प्रतिशत मतदाताले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएको देखिन्छ । ३२ जिल्लाको ३७ स्थानको लागि ४ हजार ४ सय ६५ मतदान केन्द्र स्थापन गरी निर्वाचन आयोगले निर्वाचन सम्पन्न गराएको थियो । पहिलो र दोस्रो गरी ३३० जना प्रदेशसभा सदस्य निर्वाचित हुँदा ७ प्रदेशको संख्या भने फरक फरक रहेको छ । जसअनुसार प्रदेश नं. १ को २८ निर्वाचन क्षेत्रबाट ५६ जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । प्रदेश नं. २ को ३२ निर्वाचन क्षेत्रबाट ६४ जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । त्यस्तै प्रदेश नं. ३ को ३३ निर्वाचन क्षेत्रबाट ६६ जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । जसअनुसार ३ नं. प्रदेश अरु प्रदेश भन्दा ठूलो संख्यामा सदस्य निर्वाचित भएर आउनेमा पर्दछ । प्रदेश नं. ४ मा १८ निर्वाचन क्षेत्र रहेकोले ३६ जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । प्रदेशसभा ५ को २६ निर्वाचन क्षेत्रबाट ५२ जना प्रदेशसभा सदस्य निर्वाचित भएर आउने छन् । प्रदेश नं. ६ को १२ निर्वाचन क्षेत्रबाट २४ जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । प्रदेश नं. ६ अरु भन्दा सानो प्रदेश सदस्य संख्याको रुपमा रहेको छ । प्रदेश नं. ७ मा १६ निर्वाचन क्षेत्र रहेको हुँदा ३२ जना प्रदेशसभा सदस्य निर्वाचित भएर आउने व्यवस्था संविधानले गरेको छ ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार १६५ जना प्रत्यक्षतर्पmको निर्वाचनका लागि १९४५ जना चुनावी मैदानमा उत्रिएका थिए । त्यसैगरी समानुपातिक निर्वाचन तर्पmको लागि २२७३ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । ७ वटै प्रदेशसभाको प्रत्यक्षतर्पmका उम्मेदवारहरुमा ३२३९ जना प्रतिस्पर्धी रहेका थिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपालका कम्युनिष्टहरु एकाएक मिलेपछि नेपालको राजनीतिमा दुई किसिमको धुब्रिकरण देखिएको थियो । निर्वाचनको परिणामले देखाएको संविधान निर्माण प्रकृयामा ठूला दल एउटै कित्तामा रहेका थिए । तर संविधान घोषणा पछि ठूला मुद्दालाई छाडेर सत्ताको बागडोर समात्दै आएका छन् । जसअनुसार तत्कालिन अवस्थामा नेपाली कांग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा बनेको सरकारले केही सानातिना असहमतिलाई स्थगनमा राखेर मधेशवादी समेतलाई संविधान कार्यान्वनयको पक्षमा उभ्याउन सफल भएको थियो । सुशील कोइरालापछि केपी ओली प्रधानमन्त्री हुँदा ६÷६ महिना मुलुक नाकाबन्दीको चपेटामा परेको थियो । त्यसपछि कांग्रेसको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवासँग पालैपालो सरकार चलाउने सहमति स्थानीय निकायको निर्वाचनसम्म आइपुग्दा निकै कसिलो हुँदै गएको कारण प्रचण्ड पुत्री रेणु दाहाल चितवनको मेयर समेत बन्न सफल भएकी थिइन् ।

तत्कालिन अवस्थामा कांग्रेसको र माओवादी केन्द्रको निकै गहकिलो सम्बन्ध सुधार भइरहेको विपक्षी एमालेलाई निकै पेचिलो बन्दै गएको थियो । त्यही विश्लेषण गरेर कांग्रेस–माओवादी गठबन्धन भत्काउने केपी ओलीले अन्तर्राष्ट्रिय शक्ति समेतलाई गुहारेको चर्चा चलिरहेको थियो । त्यसैको परिणाम स्वरुप बामगठबन्धनले सार्थकता पाएको र सरकारमा हुँदाहुँदै माओवादीले बामगठबन्धन भनेर एमालेसँग घाँटी जोड्न पुग्यो । नाटकीय ढंगबाट भएको राजनैतिक गठबन्धनले नेपालको लोकतान्त्रिक शक्तिलाई मात्र नभएर वाह्य शक्तिलाई समेत आश्चर्य बनाएको छ । बामगठबन्धन यति मजबुत भएको आंकलन नेपाली कांग्रेसलगायत अन्य लोकतान्त्रिक शक्तिले अनुमान गर्न सकेन र त्यो बामगठबन्धनको भित्री रहस्य कांग्रेसले बुभ्mन नसक्नु विडम्बना हुन पुग्यो । नेपाली कांग्रेसको आन्तरिक व्यवस्थापन बलियो हुँदा निर्वाचन नहारेको इतिहास रहँदारहँदै यसपटक कांग्रेसका नेताहरुमा व्यक्तिगत रिसइवी, गुटउपगुट लगायत टिकट वितरणमा भएको ज्यादतीपूर्ण व्यवहारले कांग्रेसमा स्थानीय नेता तथा कार्यकर्ता असन्तुष्ट भएका कारण पनि नेपाली कांग्रेसको अवस्था खस्किएको अनुमान गरिँदैछ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मुखमा समेत माथिल्लो तहको गुट–उपगुट गाउँस्तरसम्म पुगेको, कांग्रेसभित्रकै प्रतिस्पर्धीबीच मनमुटाव बढेको, जो उम्मेदवार भएर आयो त्यसले सँगैको प्रतिस्पर्धीको हुर्मत लिन खोजेको, क्षेत्रभित्र ओजिलो नेताले निर्वाचन हाँक्ने वातावरण नबनाएको, निर्वाचन परिचालन व्यवस्थापनमा कमीकमजोरी भएको कारण कांग्रेस यतिखेर नराम्ररी पछारिन पुगेको हो । टिकट वितरणमा धनवादी, डनवादी हावी भएको आरोप नेता कार्यकर्ताबाटै व्यापक आएको, परिवारवादलाई टिकट वितरण गरेको लगायतका विभिन्न कारणहरु कांग्रेको अगाडि प्रश्नको रुपमा खडा हुँदाहुँदै पनि पार्टी सभापतिले कुनै नेता तथा कार्यकर्ताहरुलाई समेट्ने खालको सम्बोधन समेत नआएकोले कार्यकर्ताहरु व्यापक असन्तुष्ट भएको कारण कांग्रेसलाई झट्का लागेको हो ।
यद्यपि बामगठबन्धनभित्र नेपालका सबै कम्युनिष्ट तथा पुराना मण्डलेहरु हावी भएता पनि कांग्रेसले आन्तरिक व्यवस्थापन राम्रो गर्न नसकेको कारण हार खानु परेको राजनैतिक विश्लेषकहरु बताउँछन् । कांग्रेसमा केन्द्रीय तहका नेताहरु हचुवाको भरमा बोल्ने प्रवृत्ति, संसदीय बोर्डमा भागवण्डा र डनवाद र धनवादलाई टिकट नदिएको भए यो भन्दा पक्कै सुधार हुने कांग्रेस शुभचिन्तकहरु बताउँछन् । निर्वाचनको नतिजा जतिजति नजिक आइरहेको छ त्यति त्यति कार्यकर्ताहरु आक्रोशित हुँदै गएका छन् । १३औं महाधिवेशनपछि पार्टीमा विसंगति र गुटउपगुटवाद हावी भएकोले महाधिवेशन प्रतिनिधि बोलाएर नेतृत्व परिवर्तन गर्नुपर्ने समेतको कुरा सामाजिक संजालमा आउन थालेको छ । भर्खरै निर्वाचित भएका युवा नेता गगन थापाले सामाजिक संजालमार्पmत कांग्रेसका शीर्ष नेताले पार्टी बिगारेको आरोप समेत लगाएका छन् । विशेषगरी अहिले कार्यकर्ताहरु नेतृत्वपंक्तिसँग निकै आक्रोशित भएका कारण कांग्रेसभित्र आन्तरिक कलह चुलिने देखिन्छ । तथापि संसदीय बोर्डमा बसेर आपूm खुसी टिकट वितरण गर्ने, आपूmले आपैmलाई लिने र नातावाद, कृपावादलाई टिकट वितरण गरेको परिणामले कांग्रेसले नसोचेको परिणाम भोग्नु परेको हो । पार्टीभित्रको संरचनामा यदि आमूल परिवर्तन नगर्ने हो भने कांग्रेसलाई अभैm क्षति हुने विश्लेषकहरु बताउँछन् । यसले गर्दा कांग्रेस नेतृत्वले ठूलो चुनौति सामना गर्नुपर्ने देखिन्छ ।

सम्बन्धित समाचार

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे गृहमन्त्री बादल
माधव नेपाललाई भेट्न कोटेश्वर पुगे गृहमन्त्री बादल
  • २०७४ मंसिर २५, ०९: ३०: ४७

नयाँ विकल्प, काठमाडाैं- दुई दिनपछि हुन लागेको राष्ट्रिय सभा सदस्यको उपचुनावमा उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका वरिष्ठ...

बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
  • २०७४ मंसिर २५, ०९: ३०: ४७

नयाँ विकल्पबुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जनामध्ये तीनजना रुपन्देहीका र एकजना अर्घाखांचीका...

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७४ मंसिर २५, ०९: ३०: ४७

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

भर्खरै

TOP