May 19, 2021, Wednesday

निर्वाचनपछि कांग्रेसभित्र आरोप–प्रत्यारोपको श्रृंखला ! हेभिवेटका नेताहरु पराजयको अन्तरकथा

काठमाडौं । नेपालको संविधान अनुसार माघ ७ गतेभित्र प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन गरिसक्नुपर्ने बाध्यकारी प्रावधान अनुसार नेपाली कांग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराएको छ । सरकारको नेतृत्व गर्दागर्दै आफ्नो पार्टीको पराजयको कारण देउवा पार्टीभित्र भने निकै आलोचित हुन पुगेका छन् ।

अहिले सामाजिक सञ्जालमार्पmत विषेश महाअधिवशेन गरेर नेतृत्व यूवा पुस्तामा हस्तान्तरण गर्न भन्दै कार्यकर्ताले दबाब शुरु गरेका छन् । वर्तमान परिस्थितिमा देउवाको बचाउ गर्न आफ्नै गुटमै लागेका नेताहरुले पनि कम्मर कसेर जवाफ दिन सकिरहेका छैनन् । यद्यपी पानीमाथि ओभानो बन्न खोजेझै गरेर सबै देउवाले सिध्याएको हुन भन्ने कम छैनन् । तर पञ्चायतकालमा पार्टीनै प्रतिबन्धित अवस्थामा पनि कांग्रेसको जरो उखेलेर मिल्काउन उद्दत हुनेहरुलाई यस पटकको निर्वाचनले राम्रोसँग मलजल थपि दिएको छ । दरबारपछि कांग्रेसलाई शक्तिमा पुगेको देख्न नचाहने आन्तरिक र बाह्य शक्तिले यस पटक बाम एकता गराई दिएर कांग्रेसलाई तल पार्ने षडयन्त्र सफल भएको छ । तरपनि कांग्रेस आफ्नै कमिकमजोरी र व्यवस्थापनका कमजोरीका कारण प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नराम्ररी पछाडी परेको छ । पार्टी भित्रका नेताहरुको दुरगामी साेंच कम भएको, गुटगत स्वार्थमा लिप्त भएको कारण नेपाली कांग्रेसको पराजय भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
नेपाली कांग्रेसमा जुझारु इमान्दार र बौद्धिक वर्गहरुको स्थान डनवाद, धनवाद र चाकडीवादले ओगट्दै गएको, इमान्दार कार्यकर्ता संगठन भन्दा बाहिर परेको, बौद्धिक वर्गको सल्लाह पार्टीले लिन छाडेको, केन्द्रीय स्तरका नेताहरु आसेपासेहरुको घुईचोमा रमाउन थालेको, बिहान बेलुकी चाकडीमा आउने बाहेक अन्य व्यक्तिको खोजी हुन छाडेको, आफ्ना नातावाद बाहेक इमान्दार व्यक्तिलाई नियुक्ति, सरुवा, बढुवा लगाएतको कार्यहरु हुन नसेकेकोले सबैतिर आक्रोश बढ्दै गएको बेलामा निर्वाचन हुनु पनि कांग्रेसका लागि घाटा भएको कांग्रेसकै नेताहरु बताउँछन् ।
कांग्रेसका भातृ संगठन भित्र भागवण्डा, शुभेच्छुक संस्थामा भागवण्डा, स्वस्थ प्रतिस्पर्धानै हुन नदिने नेताहरुले भागवण्डामा भातृ संस्था चलाउन थालेकोले कुनै भातृ संस्थाले काम गर्न नसकेको हुँदा कांग्रेसको यो हालत भएको हो । विगतमा कांग्रेसको भातृ संस्थाहरु बलियो हुँदा कांग्रेस बलियो भएको थियो । कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघमा भागवण्डा, महिला संघमा भागवण्डा, तरुण दलमा भागवण्डा गर्दा नाम मात्रको अधिवेशन गरेको वर्ष दिन पुगी सक्दा पनि कार्यसमिति पुरा हुन नसकेको, त्यसैगरी अन्य भातृ संस्था सुभेच्छुक संस्थाहरुमा पार्टीका नेताहरुले घरघरमा टिकट बाड्ने पसल खोलेर बसेका कारण कांग्रेस चलायमान हुन नसकी लङगडो हुन पुगेकोलेनै कांग्रेस निर्वाचनमा हार खानु परेको राजनीतिक विश्लेषण गरिएको छ । पार्टी संरचनादेखि सबै भातृसंस्था, शुभेच्छुक संस्थाहरुको संरचनामा आमुल परिवर्तन नगरी कांग्रेस बलियो नहुने तर्क युवाहरुले राख्न थालेका छन् ।
नेताहरुले आफैँ आलिसान महलमा बसेर गुटउपगुटको राजनीति नछाड्ने हो भने कांग्रेस अझै कमजोर हुँदै जानेछ । नेपाली कांग्रेसको १३ औं महाअधिवेशनपछि गुट उपगुटलाई चरम उत्र्सग पु¥याउने नेताहरु अहिले निर्वाचनबाट पराजित भएका छन् । गुटका नेताहरु बुढानिलकण्ठ, बानेश्वर, महाराजगञ्ज, बाँसवारी, कुपण्डोल र बिशालनगर, सामाखुशी, मण्डीखाटार हुँदै चाग्सीबारीसम्म आईपुग्दा कार्यकर्ताको कतिजोर जुत्ता फाटेका होलान् ?
१३ औं महाअधिवेशनबाट सभापतिमा पराजित भएर पनि रामचन्द्र पौडेललाई पार्टीको भागवण्डा चाहिरह्यो । पौडेल प्रजातन्त्र र पछि लोकतन्त्रको स्थापना पछि सधै सत्तामा बसिरहे । सभामुख, उपप्रधानमन्त्री फेरी मन्त्री जस्ता पदको सबैभन्दा बढी समय सत्तामा बिताए । पौडेललाई सबैभन्दा बढी नातावादको आरोप लाग्दै आएको हुँदा आफ्ना सुपुत्र चिन्त पौडेलको लण्डनमा पिआर भईसकेका व्यक्तिलाई सरकारी नियुक्ति दिलाएको भएता पनि उताको पिआर २ वर्ष पुगेपछि म्याद समाप्त हुनेहुँदा राजीनामा दिएर उतै लण्डन फर्किएको आरोप पार्टीभित्रै लाग्दै आएको थियो । त्यसैगरी ज्वाई परमेश्वर पोख्रेल खानेपानी संस्थानको अध्यक्ष हुँदाहुँदै पोखरा महानगर पालिकाको मेयरको पदको प्रत्यासी हुँदा विवादमा परेका थिए । त्यसैगरी सम्धी युवराज भुषाललाई सचिवबाट रिटायर्ड भएको भोलीपल्टै स्टाफ कलेजको बोर्ड सदस्य बनाएको र अहिले स्टाफ कलेजको बोर्डबाट फेरी पुनःर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख जस्तो उच्च पदमा नियुक्ति दिलाएको पार्टीभित्र व्यापक आलोचना खेप्नुपरेको कारण पौडेललाई यो चुनावमा प्रतिपक्षीलाई मसला बन्न पुग्यो ।

उता कांग्रेस नेता गोविन्दराज जोशीले पौडेलकै विरुद्ध सोही क्षेत्रमा उम्मेदवारी दिएका कारण जोशीको उम्म्दवारी खारेज गराउन आफैले निर्वाचन आयोगमा उजुरी दिएका कारण विवाद चर्कन पुग्यो । त्यसपछि जोशी आफै तनहुँ बसेर पौडेलका विरुद्ध लागि परे र चुनाव हराए । पौडेल सुशिल कोइरालाको निधनपछि संस्थापन पक्षको नेता हुँदा पनि सबैलाई मिलाएर लान नसकेको, आफैसँग भएका हस्तीहरु पनि असन्तुष्ट हुँदै गएको कारण रामचन्द्र पौडेलको जिन्दगीमा एक पटक प्रधानमन्त्री हुने सपना चकनाचुर पुगेको छ । संस्थापन पक्षमा लागेका अधिकांश नेता तथा कार्यकर्ता आक्रोशित हुँदै गएको र राजनीति फराकिलो पार्न नसकेको आरोप संस्थापन पक्षका नेतालेनै लगाउन थालेका छन् । निर्वाचन हार्दा पनि एमालेका साधारण नेताका रुपमा परिचित कृष्णकुमार श्रेष्ठसँग ६८०२ मतको फराकिलो अन्तरले हार्दा अहिले सम्मकै राजनीति दाउमा परेको छ । अर्का नेता कृष्णप्रसाद सिटौला तेस्रो गुटका नेता बनेका र सानोतिनो भागवण्डा लिएर १३औं महाअधिवेशनमा संस्थापन पक्षका पार्टी सभापतिलाई हराउन उम्मेदवारी दिएका कारण पौडेल पक्ष र सिटौला पक्षको बोलचाल समेत बन्द भएको थियो । त्यसैले सिटौलालाई पार्टीभित्रै पाखा लगाउन खोजिएको हुँदा विवाद चुलिँदै गएको थियो ।

सिटौलाले सानो गुटको नेतृत्व गर्दै आएको र त्यही गुटका नेताले पनि यो निर्वाचनको समयमा सिटौलालाईको साथ नदिएको हुँदा पार्टी भित्रै कमजोर हुँदै गएका सिटौला झापामा निर्वाचनमा समेत पराजित भए । कांग्रेसका अर्को नेता बिमलेन्द्र निधि मधेशी र पहाडीको दुरी बढाउन उद्धत भएका र देउवा गुटबाट अतिवाद हावी बनाउने रणनीतिमा लागेका पार्टीको एउटा पक्षले असहयोग गरेका कारण निर्वाचनमा पराजय भोग्न पुगे । पुरानो संस्थापन पक्षका पार्टीका नेता तथा कार्यकर्तालाई देखि नसहने र देउवाका हरेक निर्णयमा हस्तक्षेपकारी भूमिका खेल्दै आएको हुँदा सभापति देउवा आजित भएका थिए । पुष्पकमल दाहाल सरकारमा कांग्रेसको तर्फबाट नेतृत्व गरेर देउवालेनै पठाएको र उल्टै देउवाले भनेको समेत नमानी प्रहरी प्रमुख नियुक्तिमा विवाद चर्काउने काम स्वयम् विमलेन्द्र निधिले गरेका थिए । तत्कालिन प्रधान न्यायाधिश सुशिला कार्कीलाई समेत महाअभियोग लगाउने अलोकप्रिय काम निधिकै कारण भएको पार्टीका नेताहरुको बुझाई रहेकोले उनलाई यो निर्वाचनमा हराउन रणनीति बनेको विश्लेषण राजनीतिक क्षेत्रमा गरिएको छ । मधेशका ठेक्का लिएर पार्टीलाई अप्ठ्यारो पार्ने काम निधिले गर्दै आएको आरोप लाग्दै आएको छ । उता पार्टीभित्रै मधेशी दलसँग लोकतान्त्रिक गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने राय राख्दै आएका अन्य नेताका कुरा समेत निधिले लत्याएको आरोप छ ।
गोपालमान श्रेष्ठ स्याङ्जाबाट पराजित भएका छन् । उनी हाल उपप्रधान तथा शिक्षामन्त्री रहेका छन् । देउवा गुटको पक्ष पोषक श्रेष्ठ पुरानो संस्थापनका नेता कार्यकर्तालाई पाखा लगाउन उद्दत भएको आरोप लागेका र त्यही कार्यकर्ताले अहिले साथ नदिएका कारण पराजय हुन पुगेको अनुमान गरेको छ । नुवाकोटे नेता नुवाकोटको आन्तरिक झगडाले देशव्यापी चर्चा नपाएको होईन । तर पनि निर्वाचन नजिक आएपछि आफ्ना भाई भतिजालाई मात्र नेता देख्ने र अन्यलाई पाखा लगाउँदै आएका कारण कांग्रेसका शक्तिशाली नेतामा परिचित बनाएका नेताद्वय अर्जुन नरसिंह के.सी र डा. रामशरण महत यो निर्वाचनमा पराजय भोग्न बाध्य भएका छन् ।

यी दुवै नेता प्रतिपक्षीसँग १०औं हजारको मतान्तरबाट पराजय भएका छन् । कोइराला परिवारलाई परिवारवादको दुहाई दिने के.सी पछिल्लो समय संस्थापन पक्षलाई धोका दिएर देउवा गुटबाट महामन्त्री पदमा उम्मेदवारी दिएका थिए । बी.पी पुत्र डा.संशाक कोइरालासँग ससुरा ज्वाईनै महामन्त्री पदमा निर्वाचनमा लडे पश्चात पुष्पकमल दाहाल सरकारको नेतृतत्वमा कांग्रेसको तर्फबाट ज्वाई ससुरानै करीब ११ महिना मन्त्री भएका थिए । नुवाकोट जस्तापाता काण्डलाई उचालेर डा. महत र रमेश महतलाई बदनाम गर्न के.सी परिवार सबै लागेको आरोप महतले त्यतिबेला पनि लगाएका थिए । सधै भरी नुवाकोट राजनीतिमा झगडा गर्दै आएका के.सी र महत यो पटक भाई र भतिजालाई टिकट दिलाउन मिलेका थिए । त्यस कारणले पनि जनताले त्यो कुरा पत्याउन सकेनन् र दुवैलाई हराई दिए ।

अर्को नेता पूर्णबहादुर खड्का जसले कुपण्डोल बस्दै आएका खुमबहादुर खड्का गुटको नेतृत्व गर्दै आएको हुँदा देउवा र पौडेलका कार्यकर्ताले त्यति मन नपराएकोले पनि खड्कालाई पराजय गराउन बल पु¥यायो ।

कोईराला परिवारका तिन नेता मध्ये हस्तीका रुपमा परिचित डा. शेखर कोईराला पनि यो निर्वाचनमा पराजित भएका छन् । उनले प्रतिपक्षीलाई होच्याएर बोलेको आरोप लागेको छ । राष्ट्रिय आपत विपतमा देशैभर दौड्हामा हिँडेर कार्यकर्तालाई उत्साही बनाउने एक मात्र डा. शेखर कोईरालाको मसेत पराजय भएको छ । जेहोस यो निर्वाचनमा वा गठबन्धनको गति विश्वासिलो गठबन्धन र कांग्रेसको आन्तरिक व्यवस्थापनका कमीकमजोरीलनै कांग्रेस यतिसम्म तल पुगेको हो ।

सम्बन्धित समाचार

देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
  • २०७४ पुष ४, ०९: ०९: ११

नयाँ बिकल्प,काठमाडौं । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं देशमा कोरोना संक्रमणको महामारीबाट दैनिक दुई सयको हाराहारीमा नेपाली...

उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
  • २०७४ पुष ४, ०९: ०९: ११

नयाँ बिकल्प,काठमाडौं । सत्तारुढ केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्वासको मत दिने र नदिने विषयमा चर्किएको विपक्षी जनता समाजबादी पार्टी...

जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
  • २०७४ पुष ४, ०९: ०९: ११

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्तावको विपक्ष र तठस्थमा...

भर्खरै

TOP