May 18, 2021, Tuesday

डिभोर्सपछि भिडियोतिर रिमा

काठमाडौं । नेपाली चलचित्रका नायिकाहरुको दाम्पत्य सम्बन्ध बिग्रनु आजकाल फेशन जस्तै भएको छ । अर्की एक नायिका रिमा विश्वकर्माको पनि पतिसँग यसै साता सम्बन्ध बिच्छेद भएको छ । उनले तीन वर्ष अघि बेलायत निवासी डेनियलसँग धुमधाम तरिकाले विवाह गरेकी थिईन् । तर त्यो विवाह तीन वर्षमै टुटेको छ ।
आफ्ना पतिसँग दाम्पत्य सम्बन्ध विच्छेद गरेपछि आफुलाई तनाव मुक्त गर्न उनी म्युजिक भिडियो अभिनय तर्फ लागेकी छिन् । अभिनेत्री रिमा विश्वकर्मासँग पछिल्लो समय चलचित्र छैन । उनले विवाह पछि फिल्म पनि पाएकी थिईनन् ।
नेपाल आईडलकी उद्घोषिका रिमा सो प्रतियोगिता जारी रहँदा भिडियोको सुटिङमा देखिएकी थिईनन् । उनले यतीबेला आफुलाई म्युजिक भिडियोमा व्यस्त बनाउँदै छिन् ।
यसै क्रममा रिमाले ओम रोदनको नयाँ गीत तिम्रै काखमा…को भिडियोमा अभिनय गरेकी छिन् । यो भिडियोमा रिमाले ओमसँगै मोडलिङ गरेकी छिन् । भिडियोमा रिमा प्रेमिकाको भूमिकामा छिन् । भिडियोको छायाँकार उत्सब दाहाल, सम्पादक निशान घिमिरे र निर्देशक अर्जुन अधिकारी हुन् । यो गीतको भिडियोमा ओमलाई रिमाले साथ दिए पनि स्वरमा अञ्जु पन्तले साथ दिएकी छिन् ।

सम्बन्धित समाचार

‘माया बैगुनी’ नामक भिडियो सार्वजनिक
‘माया बैगुनी’ नामक भिडियो सार्वजनिक
  • २०७४ पुष ४, ०९: २८: २३

काठमाडौं । न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेले ‘मायाँ बैगुनी’ नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।उक्त गीतमा बसन्त सापकोटाको शब्द,...

‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक
‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक
  • २०७४ पुष ४, ०९: २८: २३

काठमाडौँ । गीतकार सुमन योञ्जनको शब्द, गायिका दिपा लामा र गायक सुमन केसीको युगल स्वरमा रहेको ‘फिदा’ बोलको म्युजिक भिडियो...

डिजिटल बजारमा ‘मैना’
डिजिटल बजारमा ‘मैना’
  • २०७४ पुष ४, ०९: २८: २३

काठमाडौं–प्रतिभाशाली युवा कलाकार बिज्ञान र मोडेल गरिमा शर्माको दमदार अभिनय रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘ुमैना’ डिजिटल बजारमा सार्वजनिक भएको...

भर्खरै

TOP