May 10, 2021, Monday

बहुमतीय सरकारमा प्रतिपक्षीको भूमिका

लोकतान्त्रिक साशन व्यवस्थामा आवधिक निर्वाचन हुने र जनताको जनादेश अनुसार बहुमत भएको दलले सरकार चलाउने गर्दछन् । अहिले नेपालमा पनि नेपालको संविधान २०७२ अनुसार प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको छ । त्यसकारण प्रदेश सभामा पनि प्रादेशिक सरकार गठन हुने र प्रतिनिधि सभामा पनि केन्द्रीय सरकार गठन हुने प्रकृया अगाडि बढ्ने छ । प्रदेश अनुसार निर्वाचन भएको हुँदा प्रादेशिक सभामा सरकार बनाउने काम पनि बहुमत दलले गर्नेछ । यदि बहुमत नपुगेको खण्डमा ठूला दलले साना दलको सहारा लिएर सरकार बनाईसकेपछि प्रादेशिक सभामा पनि केन्द्रीय सरकारको जस्तै प्रतिपक्षीहरु पनि रहनेछन् । बहुमत प्राप्त पार्टीले सरकार बनाए पश्चात प्रतिपक्षीको भूमिका रचनात्मक तथा सशक्त हुनुपर्दछ ।

सत्ता पक्षले पनि निर्वाचनको बेलाको सबै कुरा बिर्सेर प्रतिपक्षी दलको सम्मान गर्न सके मात्र शिशु प्रादेशिक सभाको निर्माण राम्रोसँग हुने छ । बहुमतको हुर्मत देखाएर एकलौटी हुकुमी शैलीमा बहुमतको सरकार लागेमा असन्तुष्ट बढ्न सक्छ । असन्तुष्टि बढेमा जनतालाई दिएको आश्वासन पुरा गर्न समस्या पर्ने हुँदा सबै मिलेर प्रादेशिक सभा र सरकार चलाउन सके मात्र शिशु प्रदेशको विकास हुनसक्छ । स्थानीय निर्वाचनको बेलामा राजनैतिक दल र तिनका उम्मेदवारहरुले दिएको आश्वासन कागजको खोस्टा जस्तै प्रदेश सभा निर्वाचनमा दिएको प्रतिबद्धता पनि त्यसै सेलाएर जान नदिन प्रतिपक्षीसँग सहकार्य र सहमतिको बाटो अबलम्बन गर्न जरुरी छ । प्रतिपक्षीले पनि विकास निर्माण कार्यलाई अवरोध गर्ने कार्य गर्नुहुँदैन । प्रतिनिधि सभा निर्वाचन र प्रदेश सभा निर्वाचनमा पाएको जनादेशलाई अक्षरस पालना गर्नसके मात्र बहुमत पाउनेको कदर हुने र प्रतिपक्षमा बस्नेको पनि सम्मान हुनेछ ।
अहिले भएको निर्वाचनमा वाम गठबन्धनले बहुमत पाएको छ । जनताको जनादेश अनुसार वाम गठबन्धन अर्थात सबैभन्दा ठूलो पार्टी एमालेले सरकार बनाउने पक्का पक्की छ । अब एमालेले हिजोको सबै कुरा बिर्सेर राजनिितको रेखा कोरेर नेपालको राजनैतिक परिवर्तनमा लोकतान्त्रिक शक्तिले खेलेको भूमिका र त्यागको विश्लेषण गरी सहमतीय राजनैतिक अवस्था सिर्जना गरी अगाडि बढेमा प्रतिपक्षीमा रहेको दलको समेत सम्मान हुने र ५ वर्षसम्म निरन्तर सहज रुपमा सरकार चलाउने परिस्थिति निर्माण हुन सक्छ । एमालेले हिजोको जस्तै ५७ दिन संसद अवरुद्ध गरेर सरकारलाई अवरोध गरे जस्तै अन्य पार्टीले पनि त्यो बाटो अबलम्बन गर्न नदिन उसैले पहल गर्न जरुरी छ । त्यसैमा जनताको जनादेशको पुरा पालना हुनेछ ।
लोकतन्त्रमा जनता सर्वोपरी हुनेहुँदा जनताले दिएको जनमतको कदर प्रतिपक्ष र सरकार दुवैले पालना गर्न जरुरी छ । प्रतिपक्षीले पनि सहि र गलत छुट्टयाएर रचनात्मक सहयोग गर्ने परिपाटीको विकास गर्नु जरुरी छ । सधै द्धन्द्ध राजनीतिक खिँचातानीका कारण मुलुक दिनप्रतिदिन आर्थिक उन्नती हुन नसकेर विदेशीको सहारामा सँधै ऋणि बन्नु परेको छ । आर्थिक उन्नतीका लागि सबै राजनैतिक दलहरुले कोरेको खाकालाई दृष्टिगत गरी राष्ट्रिय मुद्दामा सहमती जुटाउने काम सरकार चलाउनेको हो । त्यसैले बहुमत प्राप्त दलले प्रतिपक्षीलाई पेलेर जाने र प्रतिपक्षीले पनि सधै अवरोध गर्ने कार्यको अन्त्य हुनु जरुरी छ ।

सम्बन्धित समाचार

नयाँ विकल्प अब डिजिटल संस्करणमा पनि
नयाँ विकल्प अब डिजिटल संस्करणमा पनि
  • २०७४ पुष ४, ०९: ४७: ११

काठमाडौं । नेपाली पत्रकारिताको क्षेत्रमा विगत तीन दशकदेखि अनवरत रुपमा प्रकाशित नेपालको राष्ट्रिय साप्ताहिक नयाँ विकल्प अब डिजिटल संस्करण सहित...

असारे विकासले ओझेलमा परेको विपद् व्यवस्थापन
असारे विकासले ओझेलमा परेको विपद् व्यवस्थापन
  • २०७४ पुष ४, ०९: ४७: ११

वर्षायाम सुरु भएसँगै देशका विभिन्न स्थानहरुमा बाढी पहिरो र डुबान पनि सुरु भइसकेको छ । गत साता बिहिबारबाट भएको अबिरल वर्षाका...

नेपालमा लकडाउनको १०० दिन र विश्व बैंकको प्रतिवेदन
नेपालमा लकडाउनको १०० दिन र विश्व बैंकको प्रतिवेदन
  • २०७४ पुष ४, ०९: ४७: ११

विश्व बैंकले गत साता प्रकाशित गरेको प्रतिवेदनको अनुसार नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको...

भर्खरै

TOP