May 14, 2021, Friday

पार्टी एकता गर्दा पनि तीनै पदमा ओलीनै होः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले र माओवादी केन्द्रवीच सरकार गठन र पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले सरकार गठनको सन्दर्भमा एउटा प्रक्रियाबाट अघि बढ्ने भन्दै आफ्नो हैसियत अनुसार दाबी गर्ने मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नको लागि पनि बहुमतको सरकार हुनुपर्ने बताए ।
अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली नै हो यसमा कतै पनि द्विविधा नभएको बताउँदै अब बन्ने सरकारको नेतृत्व र पार्टीको पनि नेतृत्व ओलीले नै गर्ने उनले बताए । उनले निर्वाचनको परिणाम, राष्ट्रिय राजनीतिमा ओलीको खेलेको भूमिका र मुलुकको आवश्यकतालाई हेर्दा पनि ओली नै प्रधानमन्त्री हुनेमा विवाद नहुने विचार व्यक्त गरे । यद्यपि पार्टीको महासचिव भएकोले आपूmले औपचारिक रुपमा फलानो प्रधानमन्त्री बन्ने भन्दा उचित नहुने बताए । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि चुनाव हुनुअघि अबको प्रधानमन्त्री केपी शर्मा ओली नै हुने बताएको कुरा सम्झिदा ओलीको भूमिका र प्रस्तुती र निर्वाचनको परिणामले गर्दा अबको प्रधानमन्त्री ओली नै हुनेमा दुई मत नभएको पोखरेलले बताए ।
पोखरेलले सरकार गठनको प्रक्रिया र पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने जानकारी दिंदै गठबन्धनको पक्षमा लगभग दुई तिहाई मत आएको र एमालेले हामीले सरकार गठन र पार्टी एकतालाई सँगसँगै अघि बढाउने गरि छलफल सुरु गरेको बताए र आधिकारिक निष्कर्ष छलफलपछि आउने बताए । उनले दुई पार्टीवीचको एकताले छिट्टै पूर्णता पाउने स्पष्ट पारे । उनले भने, ‘एकताको प्रक्रिया कुरा जहाँसम्म छ, असोज १७ गते एकता घोषणापत्र जारी भयो, त्यहाँ हामीले विधिवत रुपमा सबै कुरा उल्लेख गरेका छौं । एकता संयोजन समिति पनि बनाएका छौं । कबुल गरिएको आधारमा संयुक्त चुनावी घोषणापत्र पनि जारी भयो । हामी दुवै पार्टीका सपना र सकंल्पहरु पनि छन् । एकताको दिशामा अघि बढ्नको लागि यो महत्वपूर्ण कुरा हो । संयोजन समितिले काम गरिरहेको छ ।’ एकताको लागि संयुक्त डा«फ्ट तयार भैरहेकोले केही दिनभित्रै फाइनल गर्ने उनको भनाई थियो । उनले नीतिगत आधारमा उभिएर संगठनात्मक पूर्नसंरचना गर्नुपर्छ भनेर खुल्ला हृदयका साथ छलफल भइराखेको बताए । ओपन माईण्डबाट छलफल गर्नुपर्ने बताउँदै नीतिगत आधारहरु प्रष्टसँग प्रस्तुत गरेको बताए । पोखरेलले जनताको चाहना नै पार्टी एकता भएकोले अब यसले छिट्टै मुर्त रुप लिने बताए । नेकपा एमालेभित्र न नेकपा माओवादी केन्द्रविच कतै पनि सिट बाँडफाँडमा विवाद भएन, नभई बडो मेहनतपूर्वक त्यसलाई व्यवस्थापन गरेको बताए । उनले भने, बाँडफाँड गर्दा, विरोध, असन्तुष्टि र बगावती भएन, जनताको चाहना दुई पार्टीवीचको एकता नै हो ।’
राष्ट्रिय सभा सम्बन्धी विद्येयकको बारेमा अहिले देखिएको विवादबारे टिप्पणी गर्दै पोखरेलले भने, ‘राष्ट्रिय सभाको निर्वाचनको सम्बन्धी अध्ययादेश राष्टपति जीकोमा छ, दलहरुको वीचमा सहमतिलाई खण्डित गर्ने हिसावले देउवा सरकारले एकल संक्रमणकालिन रुपमा अघि बढाउने भन्नुभयो, तर प्रधानमन्त्री देउवालाई राष्ट्रपतिले तपाई दलहरुको वीचमा सहमति गरेर ल्याउनुहोस् भन्नुभएको बताउँदै यही अध्यादेशलाई स्विकृत गरेर समस्या हुने बताए । हेभी रिजल्ट प्राप्त गरेका दलहरुले असन्तुष्टि पोखेका अवस्थामा प्रधानमन्त्रीले घासघुस हालेर नहुने र सहमति नै नभएको प्रसंग हालेर हुँदैन, यसमा बहुमतीय संक्रमणकालिन रुपमा जानुपर्ने उनले बताए । उनले सहमतिनभई सरकारले ल्याएको राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश मान्य नहुने चेतावनी पनि दिए । पोखरेलले राष्ट्रपति कार्यालयमा विचाराधिन राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेशमा छिटो राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह समेत गरे । सरकारले आफूहरुसँग गरेको सहमति विपरित राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश राष्ट्रपति समक्ष पेश गरेकोमा महासचि वपोखरेलले आपत्ति जनाए । उनले दलीय सहमतिको आधारमा मात्रै राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश अघि बढाउन बुद्धिमत्तापूर्ण हुनेतर्फ पनिप्रधानमन्त्री देउवालाई सचेत गराए ।
महासचिव पोखरेलले सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले स्वीकृति दिए पनि त्यो संसदबाट फेल गराइने चेतावनी दिए । उनले यस विषयमा राजनीतिक सहमतिका आधारमा जानुपर्नेमा जोड दिए । उनले राष्ट्रपतिले अध्यायदेश जारी गर्दा दुरदशा के हुन्छ ? भन्दै प्रश्न समेत गरे । बहुमत प्राप्त दलहरुको असन्तुष्टि छ, राष्ट्रपति भण्डारीले कुनै आग्रह विना मुलुकलाई निकास दिने ढंगले सल्टाउनुपर्ने बताए । पोखरेलले एमाले र माओवादी केन्द्र दुई पार्टीवीच आन्तरिक कार्यविभाजनको कुरा इन्र्टनल बिजनेशको कुरा भएको उल्लेख गर्दै आन्तरिक छलफलबाट टुँगिने कुरा भएको बताए ।
उनले एकतापछिको संगठनात्मक संरचना सानो हुनुपर्नेमा आफूहरुको जोड रहेको सुनाए । उनले भद्दा कमिटी नहुने र चुस्त दुरुस्त संगठन बन्ने जानकारी दिए ।
उनले आफू सरकारमा जाने किनजाने भन्ने कुरा पार्टीको निर्णयमा भर पर्ने कुरा भएको स्पष्ट पारे । अहिले नै निर्णय गर्नु उचित नहुने उनको धारणा थियो । कार्यक्रममा बोल्दै पोखरेलले संविधान संशोधन पक्षधर शक्तिसँग कुरा गरेर मात्रै यसबारेमा निर्णय लिने स्पष्ट पारे । उनले भने, ‘उहाँहरुले उठाएका संशोधनका विषयहरुलाई हामी गम्भिर रुपमा छलफल गर्छौ, के के विषय आउँछन्, कुनकुन विषयमा गर्न सकिन्छ कुनकुन विषयमा गर्न सकिँदैन हेर्छौं ।’ त्यस्तै उनले तत्काल प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिनुपर्ने समेत माग गरे । उनले अन्र्तराष्ट्रिय प्रचलनअनुसार आफ्नो दल निर्वाचनमा भाग लिएर अरु दलको पक्षमा जनमत आईसकेपछि राजिनामा दिनुपर्ने हुन्छ । तर शेरबहादुरजी अहिले सत्ता छोड्ने भन्दा पनि कसरी लम्ब्याउन सकिन्छ भन्नेतिर लाग्नु भएको बताए ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७४ पुष ४, ०९: ५७: ३६

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७४ पुष ४, ०९: ५७: ३६

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७४ पुष ४, ०९: ५७: ३६

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP