May 18, 2021, Tuesday

ग्लोबल आइएमईको सखुवासभामा शाखारहित बैकिङ

काठमाडौं । ग्लोबल आइएमई बैंकले सखुवासभाको याखा चोकमा ५५औं शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले शाखारहित बैंकिङका व्यवसायिक प्रतिनिधि अनिरुद्र सिंह लिङ्खालाई प्रमाणपत्र हस्तान्तरण गरेका छन् । सिइओ पौड्यालले स्थानीय ९० वर्षिय ललुमाया सुवेदीको नाममा व्यक्तिगत रुपमा २ हजार ५ सय रुपैयाँ जम्मा गरेर सेवा शुभारम्भ गरे । कृषि र रेमिटेन्स मूख्य आयस्रोत रहेको याखा चोक वरपरका वासिन्दाले बैंकिङ सेवा उपभोग गर्न टाढा जानुपर्ने बाध्यता रहँदै आएको थियो । तर यो सेवासँगै बासिन्दाले अब बंकको कारोबार गर्नको लागि टाढा धाउन नपर्ने भएको छ ।

सम्बन्धित समाचार

सेयर बजारमा अर्काे नयाँ रेकर्ड : हाइड्रोपावरमा बढी आकर्षण
सेयर बजारमा अर्काे नयाँ रेकर्ड : हाइड्रोपावरमा बढी आकर्षण
  • २०७४ पुष १०, ०८: २७: ४६

नयाँ विकल्प काठमाडौं : सेयर बजारमा सोमबार पनि उत्साह जारी छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकममा पनि राम्रो छ...

तराई-मधेश द्रुत मार्गः  सुरूङ बनाउने ठेक्का चिनियाँ कम्पनीलाई
तराई-मधेश द्रुत मार्गः सुरूङ बनाउने ठेक्का चिनियाँ कम्पनीलाई
  • २०७४ पुष १०, ०८: २७: ४६

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं-तराई-मधेश द्रुत मार्ग(फास्ट ट्रयाक)को सुरुङ निमार्णका लागि नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ। द्रुत मार्गमा...

सिंगापुर बेभरेजका शर्मालाई युरोपको विश्वविद्यालयबाट बिद्याबारिधी उपाधि
सिंगापुर बेभरेजका शर्मालाई युरोपको विश्वविद्यालयबाट बिद्याबारिधी उपाधि
  • २०७४ पुष १०, ०८: २७: ४६

नयाँ बिकल्प,काठमाडौं । फ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेसनल युनिभर्सिटीले सिंगापुर बेभरेजेज नेपाल प्रालिका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर आशिष शर्मालाई इन्टरनेसनल बिजनेस...

भर्खरै

TOP