June 20, 2021, Sunday

एक अर्ब जुटाउने पहिलो कम्पनी बन्यो हिमालय जनरल इन्स्योरेन्स

काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनीको लागि एक अर्ब रुपैयाँ पूँजी पु¥याउनु पर्ने निर्दशन दिए सँगै हिमालयन जनरल इन्स्योरेन्सले एक अर्ब रुपैयाँ पूँजी जुटाएको छ । पूँजी बृद्धि योजना आएसँगै कम्पनीले असारमा १६६.६७ प्रतिशत हकप्रद निष्कासन गर्दै एक अर्ब दुई करोड रुपैयाँ पूँजी पुर्याएको हो । २०५० साल मंसिरमा तीन करोड रुपैयाँबाट स्थापना भएको कम्पनीले तीन पटक हकप्रद जारी गर्यो भने धेरै पटक बोनस शेयर वितरण गरेको थियो । कम्पनीको हाल दुई केन्द्रीय कार्यालय सहित १६ वटा शाखा कार्यालय रहेका छन् । पूँजी बढाएसँगै कम्पनीले चारवटा शाखा विस्तारकालागि बीमा समितिमा निवेदन दिएको छ ।
इन्स्योरेन्स कम्पनीले आगामी दिनमा थप शाखा विस्तार गर्दै देशव्यापी रुपमा सेवा विस्तार गर्दै लैजाने कम्पनी सचिव ध्रुवप्रसाद न्यौपानेले जानकारी दिए । कम्पनीले विगतमा दिएका लाभांश दिन सक्ने गरी आफ्नो वीमा व्यवसाय विस्तार गर्ने उनको भनाई छ । कम्पनीले हाल २० वटा बीमा योजना बजारमा ल्याएको छ यस अन्तर्गत ट्राभल, हेल्थ, इन्स्योरेन्स देखि बाली तथा पशु बीमासम्म रहेका छन् । कम्पनीको स्थापना हुँदा चुक्ता पूँजी तीन करोड रुपैयाँ थियो। कम्पनीले २०६४र६५ मा ११० प्रतिशत बोनस शेयर दिएर छ करोड ३० लाख रुपैयाँ पुर्याएको थियो । त्यस्तै कम्पनीले आर्थिक वर्ष २०६५÷०६६ मा ६० प्रतिशत हकप्रद जारी गरी १० करोड ८ लाख रुपैयाँ पूँजी पु¥याएको थियो । कम्पनीले आर्थिक वर्ष २०७०÷७१ मा १४८ प्रतिशत हकप्रद जारी गरी २५ करोड रुपैयाँ पूँजी पुर्याएको हो । त्यस्तै आर्थिक वर्ष २०७१र७२ मा ७ प्रतिशत, २०७२÷७३ मा २० प्रतिशत, २०७३÷७४ मा २० प्रतिशत बोनस दिएर ३८ करोड ५२ लाख रुपैया पूँजी पु¥याएको थियो । असारमा १६६.६८ प्रतिशत हकप्रद दिदै एक अर्ब २ करोड रुपैयाँ पूँजी जुटाएको हो ।
कम्पनीले एक अर्ब रुपैयाँ जुटाएसँगै गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरिसकेको छ । साथै कम्पनीले पुष ३० गते २४ औ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले बीमा समितिले दिएको निर्देशन बमोजिमको एक अर्ब रुपैयाँ पूँजी छ । कम्पनीले अबका केही वर्षमा बोनस शेयर दिने देखिँदैन तर कम्पनीले समितिले दिएको निर्देशनभन्दा अगाडि देखिनै पूँजी जुटाउन थालेको देखिन्छ ।

सम्बन्धित समाचार

शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
  • २०७४ पुष १०, ०८: ३१: ०३

नयाँ बिकल्प, काठमाडौं । धितोपत्र बोर्डले गत मंगलबार ५१ वटा संस्थाले शेयर बजारमा आन्तरिक चलखेल गरी शेयर मुल्य बढाएको र...

मेलम्ची र हेलम्बुका बाढी पीडितलाई आयल निगमले दिए ग्यास लिलिण्डर र ग्यास चुल्हो
मेलम्ची र हेलम्बुका बाढी पीडितलाई आयल निगमले दिए ग्यास लिलिण्डर र ग्यास चुल्हो
  • २०७४ पुष १०, ०८: ३१: ०३

नयाँ बिकल्प, काठमाडौं । तीन दिनअघि आएको अबिरल वर्षाका कारण बाढी र पहिरोबाट जनधनको क्षति व्यहोरेका सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र...

कर्पोरेटको ब्राण्डिङमा सफल मेघेन्द्र प्रकाश गिरी
कर्पोरेटको ब्राण्डिङमा सफल मेघेन्द्र प्रकाश गिरी
  • २०७४ पुष १०, ०८: ३१: ०३

नयाँ बिकल्प, काठमाडौं । हरेक कम्पनीको सफलताको पछि ब्राण्डिङ र प्रमोसनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। कम्पनीहरुको नाम आमउपभोक्ता समक्ष त्यस...

भर्खरै

TOP