May 19, 2021, Wednesday

आइएमई जनरल इन्स्योरेन्स र ग्लोबल, आइएमई क्यापिटलबिच संझौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको मिति २०७४ आश्विन १० गते सम्पन्न भएको २०औं बार्षिक साधारण सभाको निर्णयानुसार १०ः८ अनुपात (१०शेयर बराबर ८) शेयरका दरले हकप्रद शेयर जारी गर्नको लागि श्री ग्लोवल आइएमई क्यापिटल लिमिटेडसंग हकप्रद शेयर निष्काशनको संझौता पत्रमा मिति २०७४ साल पौष ३ गते सोमबारका दिन हस्ताक्षर भएको छ । उक्त संझौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।
कम्पनीको चुक्ता पूंजी वृद्धि गर्ने सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत श्री श्रेष्ठले जानकारी दिंदै संझौता भएको ८० प्रतशित हकपद शेयरको निष्काशन पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको चुक्ता पूंजी रु. ९७ करोड २० लाख पुग्नेछ र तत् पश्चात बोनस शेयर दिई कम्पनीले आफनो चुक्ता पूंजी रु.१ अरब २ करोड ६ लाख पु¥याउने गरी पूंजी बृद्धि योजना श्री बीमा समितिमा पेश गरिएको पनि जानकारी गराउनुभयो ।
कम्म्पनीले गुणस्तरीय सेवामा वृद्धि गर्दै ग्राहक महानुभावरुलाई चुस्त सेवा प्रदान गर्नको लागि ७ वटै प्रदेशमा शाखा सञ्चाल विस्तार गर्दै आएको छ । हाल कम्पनीको प्रधान कार्यालय सहित २६ वटा शखा तथा सम्पर्क कार्यालयहरु साथै १० वटा सेवा काउण्टरहरु गरी ३६ वटा स्थानहरुबाट सेवा प्रदान गर्दै आएकोमा निकट भविष्यमा कम्पनीले थप १६ शाखा तथा सम्पर्क कार्यलयहरु खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने लक्ष्य लिएको बताइएको छ ।

सम्बन्धित समाचार

सेयर बजारमा अर्काे नयाँ रेकर्ड : हाइड्रोपावरमा बढी आकर्षण
सेयर बजारमा अर्काे नयाँ रेकर्ड : हाइड्रोपावरमा बढी आकर्षण
  • २०७४ पुष १०, ०८: ३५: ४७

नयाँ विकल्प काठमाडौं : सेयर बजारमा सोमबार पनि उत्साह जारी छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकममा पनि राम्रो छ...

तराई-मधेश द्रुत मार्गः  सुरूङ बनाउने ठेक्का चिनियाँ कम्पनीलाई
तराई-मधेश द्रुत मार्गः सुरूङ बनाउने ठेक्का चिनियाँ कम्पनीलाई
  • २०७४ पुष १०, ०८: ३५: ४७

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं-तराई-मधेश द्रुत मार्ग(फास्ट ट्रयाक)को सुरुङ निमार्णका लागि नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ। द्रुत मार्गमा...

सिंगापुर बेभरेजका शर्मालाई युरोपको विश्वविद्यालयबाट बिद्याबारिधी उपाधि
सिंगापुर बेभरेजका शर्मालाई युरोपको विश्वविद्यालयबाट बिद्याबारिधी उपाधि
  • २०७४ पुष १०, ०८: ३५: ४७

नयाँ बिकल्प,काठमाडौं । फ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेसनल युनिभर्सिटीले सिंगापुर बेभरेजेज नेपाल प्रालिका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर आशिष शर्मालाई इन्टरनेसनल बिजनेस...

भर्खरै

TOP