October 20, 2021, Wednesday

२००७ सालमा वी.पी गृहमन्त्री हुँदा गरेका निर्णयहरु

सशस्त्र आन्दोलनको परिणामस्वरुप राजा, राणा र कांङ्ग्रेसका बीचको त्रिपक्षीय सहमति भयो । परिणामतः राजा त्रिभुवनबाट फागुन ७ को प्रजातन्त्र स्थापना सम्बन्धी सम्बोधनसँगै मन्त्रिमण्डल गठन गरियो । जसअनुसार राणा पक्षबाट मोहन समसेर प्रधानमन्त्री बनाइए । अन्य मन्त्रिहरुमा– बबर समसेर, भुडाराज समसेर, नृपजङ्ग राणा र यज्ञबहादुर बस्न्यात मन्त्रिमण्डलमा राखिए । नेपाली कांङ्ग्रेसका तर्फबाट नेतृत्व गर्दै विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री तथा अन्य मन्त्रीहरुमा सुवर्ण समसेर, गणेशमानसिंह, भद्रकालीन मिश्र र भरतमणि शर्मा समेत गरी जम्मा दश सदस्यीय मन्त्रिमण्डल गठन गरियो ।
यसपछि संयुक्त मन्त्रिमण्डलले कामहरु सुरु ग¥यो । १०४ वर्षसम्म एउटै प्रकारको निरङ्कुश शासनका सहयोगी बनेर बसेका सेना, प्रहरी, निजामती कर्मचारी, साहु, महाजन, भूमिपति आदिलाई प्रजातन्त्रात्मक परिपाटीमा ल्याउनु त्यति सजिलो थिएन ।
बी.पी.द्वारा विभिन्न निर्णय र कार्ययोजना
बी.पी. कोइरालाले यो जटिल समस्या बुझेका थिए । यसै सन्दर्भमा २००७ फागुन १३ गते बी.पी.को वक्तव्य आयो । वक्तव्यमा भनिएको थियो– “नेपाली जनताको ठूलो त्याग र बलिदानबाट नेपालमा प्रजातन्त्रको स्थापना भएको हो । एकतन्त्रीय राणा साशनका विरुद्ध, विद्यार्थी, किसान, मजदूर, भूतपूर्व सैनिक आदि सबै एकैचोटी जुर्मुराए । फलतः २००७ को जनक्रान्तिपछिको यस परिवर्तनमा सम्पूर्ण देशवासीको चाहना प्रतिबिम्बित छ ।
सबै जनतामा देशको प्रगति गरौं भन्ने भावना छ । यो सकारात्मक कुरा हो । हाम्रो देशको यस्तो दयनीय अवस्था किन भयो भन्ने कुरा सबैलाई थाहा छ । हामी सबै क्षेत्रमा पछाडि परेका छौं । तसर्थ प्रजातन्त्रलाई हामीले देश निर्माण गर्ने व्यवस्थाका रुपमा उपयोग गर्न सक्नुपर्छ ।”
यसपछि वी.पी कोइरालाले बडो सुझबुझ पु¥याएर काम गर्दै गए । मुलुकमा विभिन्न स्थानमा राणातन्त्रका पछुवाहरुले विद्रोह गरिरहेका थिए । जनतालाई कांग्रेसका विरुद्ध भड्काएर लुटपाट र हिंसा जस्ता असामाजिक क्रियाकलाप गरिरहेका थिए । शान्ति वार्ता नमान्ने डा. के.आई.सिंह, बालचन्द्र शर्मा आदि पक्राउ गरिए ।
धेरै ठाउँमा जातीय विद्वेष र साम्प्रदायिक झगडा फैलाउने प्रयास भइरह्यो । खुकुरी दल, गोरखा दल जस्ता नाम राखेर लुटपाट, हिंसा र हत्या बढाइरहेका थिए । कतिपय ठाउँका यस्ता घटनालाई कांग्रेसको नाम दिएर बदनाम गर्ने कार्य भइरहेको थियो । एक प्रकार ज्यादै जटिल परिस्थिति थियो । त्यस्तो बेलामा पनि बी.पी कोइरालाले अत्यन्त धैर्य र परिश्रमका साथ मुलुकका समस्यालाई शान्त पार्दै लगेका थिए ।
२००७ चैत २९ गतेका दिन “नेपालको अन्तरिम शासन विधान २००७” लागु गरियो । यसमा “जनताको मौलिक हकको संरक्षण, स्त्रीपुरुष दुवैको समान काममा समान तलब, बेरोजगार, वृद्ध बिरामी प्रसुतिअवस्था आदिकालाई सहयोग, सबै प्रकारका शोषणबाट सुरक्षा” आदि मुख्य विषयहरु थिए ।
रेडियो नेपालको स्थापना
२००७ चैत २० देखि “नेपाल रेडियोको प्रसारण काठमाडौंबाट प्रारम्भ भयो । क्रान्तिका बेला २००७ मंसिर २८ मा तारिणीप्रसाद कोइरालाको योजना र नेतृत्वमा विराटनगरमा स्थापित ‘प्रजातन्त्र नेपाल रेडियो’ लाई काठमाडौं स्थानान्तरण गरिएको थियो । विभिन्न संघ, सङ्गठनहरु खुल्न थाले । पत्रत्रिकाहरु प्रकाशित हुन थाले । छुवाछुत, जाति वर्णभेद विरुद्ध आवाज उठ्न थाले । अन्याय, शोषण आदिबाट जनतालाई मुक्त पार्न विभिन्न नियमहरु बन्न थाले ।
विभिन्न कार्यक्रमहरु
जनमुक्तिसेनालाई ‘रक्षा दल’ का नाममा स्थापित गरियो । मोहन समसेरको निजी भवनजस्तै बनेको सिंहदरबार मन्त्रिपरिषद् सचिवालय बन्यो ।
नेपालकै सबैभन्दा ठूलो दरबार अथवा सिंहदरबार सबै जनताले हेर्न घुम्न पाउने गरी खुला पारियो । त्यसपछि जनतामा शान्ति व्यवस्था कायम हुँदै गयो । तर राजा त्रिभुवनले संविधान सभाको तिथि मिति फेरी सारेर २०१२ मंङ्सिरमा गर्ने भनेर घोषणा गरे । यस्तो अनिश्चयलाई पनि टुंगो लगाएर समयमै चुनाव गराउने दायित्व नेपाली कांङग्रेस र बी.पी. कै दायित्व आइपरेको थियो । सरकारका विरुद्ध दरबारिया मात्र होइन अन्य विभिन्न पार्टीहरु एवं संघ संस्था समेत लागेका थिए । तीमध्ये प्रजापरिषद्का अध्यक्ष टंकप्रसाद आचार्य २००७ मा छुटेपछि नेपाली कांङग्रेस भन्दा अरु विरोधी पार्टीहरुसित संलग्न भए । विशेष गरी नेपाल कम्युनिष्ट पार्टीको अग्रसरतामा संयुक्त विरोध कार्यक्रमहरु बनाउन थाले । नेपाली कांङ्ग्रेस विशेषतः बी.पी. कोइरालाका विरुद्ध लागे । यसैबीच डा. के. आई सिंहलाई नेपाली कांग्रेसका विरुद्ध भड्काएर भैरहवा जेलबाट भगाइयो । अरु पनि कतिपयलाई नेपाली कांङ्ग्रेसका विरुद्ध भड्काउने काम भइरह्यो ।
सर्वोच्च न्यायालय
राणा शासनभित्र नेपालमा छुट्टै न्यायालय थिएन । राणा प्रधानमन्त्री नै सर्वोच्च न्यायाधीश हुने गर्थे । बी.पी. कोइरालाको अग्रसरतामा सर्वोच्च न्यायालयको स्थापना भयो । पश्चिम बंगालका वरिष्ठ अधिवक्ता हरिप्रसाद प्रधानलाई ल्याएर सर्वोच्च न्यायालयको प्रथम प्रधान न्यायाधीश बनाइयो । प्रधानले नेपालको प्रजातान्त्रिक क्रान्ति एवं प्रजातन्त्र स्थापनामा सहयोग पु¥याएका थिए । साथै बी.पी. ले उनको मातहतमा रहेर दार्जिलिङ्गमा केही समय वकालत पनि गरेकाले प्रधानको स्वभाव र क्षमता थाहा थियो ।
यसरी २००८ साउन २६ गते नेपालको इतिहासमा प्रथम पल्ट प्रधान न्यायाधीश सहितको सर्वोच्च न्यायालय बन्यो । २००८ साउन २७ का दिन मंगलादेवी सिंहको अध्यक्षतामा महिला संघको पनि गठन भयो । चन्द्र समसेर श्री ३ रहेका बेला कृष्णप्रसाद कोइरालाकी पत्नी दिव्या कोइरालाको सक्रियतामा वि.सं. १९७४ मा महिला समिति गठन भएको थियो । तर राणातन्त्रमा यस्तो सङ्गठन अघि बढ्ने कुरा भएन । यो त्यतिकै सेलाएको थियो । यसरी खुला रुपमा पहिलोपल्ट महिला संघ पनि बन्यो । गृहमन्त्री बी.पी. कोइरालाले नेपालको पूर्वाञ्चल र पश्चिमाञ्चलका विभिन्न जिल्लाहरु भ्रमण गरी त्यहाँको वस्तुस्थिति अध्ययन गरेर व्यवस्थित गर्ने काम गराए । सरकारका कामकाज र नीति नियमहरु सर्वसाधारणसम्म पु¥याउने उद्देश्यले गजेट प्रकाशन गर्न थालियो ।
जुवातासमा प्रतिबन्ध
राणकालमा दशै र तिहारमा खुला रुपमा जुवा खेल्ने खेलाउने प्रचलन थियो । त्यसलाई २००८ असोजदेखि प्रतिबन्ध लगाइयो । त्यस्तै सरकारले त्यसबेला बीर्ताप्रथा उन्मूलन, बेठी, बेगारी आदि समाप्त गर्ने निर्णय ग¥यो । अन्य दर्जनौं यसखाले परम्परा, रुढी आदि समाप्त पार्ने काममा बी.पी.ले निकै ठूलो परिश्रम गर्नुपरेको थियो ।
बी.पी. माथि आक्रमण
१०४ वर्षे राणा शासनभित्रका धेरै राणा र भारदारहरु प्रजातन्त्र आएकामा खुशी थिएनन् । यस्तै समूहले ‘खुकुरी दल’ नामक संस्था बनाएर देशमा आंतक मच्याउँदै थियो । २००७ चैत ३० का दिन खुकुरी दलका करीब एकसय व्यक्तिहरु हातमा नाङ्गा खुकुरी लिएर गृहमन्त्री बी.पी. कोइरालाको निवासमा आक्रमण गर्न पुग्यो ।
त्यतिबेला बी.पी. कोइरालाले कुनै हडबडी अथवा नआतिइकनै त्यो खुकुरी नाच दृश्य हेरिरहेका थिए । भीड घरभित्र पसेर बी.पी. माथि आक्रमण गर्न लागेका बेला एउटा रिवल्वर निकालेर बी.पी. ले गोली चलाए । जसले गर्दा बी.पी माथि खुकुरी हान्न ठिक परेको सुकुध्वज भन्ने व्यक्ति ढल्यो । त्यो ढलेको देखेपछि सबै भीड तितरबितर भयो ।
निर्वासनका बेला बनारसमा छँदा २०२८ फागुनतिर एक दिन गणेशमान सिंहले हामी विद्यार्थीहरुलाई यो कुरा सुनाएका हुन् । त्यतिबेला बी.पी. को त्यो साहस देखेर राजनीति गर्ने व्यक्तिमा वृद्धि मात्र होइन साहस र निर्भिकता चाहिन्छ, जुन कुरा बी.पी.कोइरालामा थियो । त्यस दिनको घटनाले गणेशमानजीमा बी.पी.प्रति झन् धेरै अवस्था र विश्वास बढाएको कुरा पनि भनेका थिए ।
तत्कालिन सेनाले पनि राम्रो सहयोग गरेको थिएन । यस्तो जटिल अवस्थामा बी.पी.को यस साहसले नेपाली कांङ्ग्रेसभित्र ठूलो उर्जा थपेको थियो ।
नेहरुको आगमन
बी.पी. कोइरालाको प्रयासमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु २००८ असार २ गते नेपालको चारदिने भ्रमणमा आए । नेहरुले नेपालको भौतिक विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । जसमध्ये शिक्षा, स्वाथ्य र सडक निर्माणको सहयोग प्रमुख थियो । त्यसपछि थानकोट भैसे सडक तुरुन्तै भारतले निर्माण गरिदियो । त्यतिबेला यो मार्ग राजधानी प्रवेश गर्ने पहिलो मार्ग हो ।
मन्त्रीमण्डल विघटन
अर्को दिन वीर अस्पतालबाट चिनियाँकाजीको शव निकालेर ठूलो जुलुसले नगर परिक्रमा गर्दै बी.पी. कोइराला राजीनामा दे………. मुर्दावाद…… नारा लगाउँदै घाट पुग्यो । विशेष गरी कम्युनिष्ट पार्टीले यस घटनालाई चर्काएर लग्यो । राणा प्रधानमन्त्री र मन्त्रीहरु पनि बी.पी. कोइरालाकै दोष हो भनेर हल्ला गर्न थाले । स्वय नेपाली कांङ्ग्रेसका सभापति मातृकाप्रसाद कोइरालालले पनि गृहमन्त्री नै दोषी भएको ठहर गरेपछि बी.पी ले २००८ कात्र्तिक २५ का दिन आफ्नो पदबाट राजीनामा दिए । मोहन समसेरको पनि त्यसै दिन राजीनामा आयो ।
यसरी २००७ फागुन ७ गते गठन भएको राणा कांङ्ग्रेस संयुक्त मन्त्रीमण्डल भङ्ग भयो ।
बी.पी. ले अन्य दर्जनौं सुधार आयोजनाहरु तयार पारको थिए । तर मुलुक र जनताप्रति कुनै समवेदना नभएका मोहन समसेरसँग बसेर काम गर्न गाह्रो देखेका विश्वेश्वरप्रसाद कोइरालाले २००८ कात्र्तिक २७ गते राजीनामा दिए । सरकार बनाउँदाको शर्तअनुसार कांङ्ग्रेस पक्षका प्रमुखबाट राजीनमा दिएमा सम्प्ूर्ण सरकार भङ्ग हुने कुरा थियो । फलतः मोहन समसेरको प्रधानमन्त्रीत्वको सरकार ढल्यो ।
जनकपुर अधिवेशन
२००९ को जनकपुर अधिवेशनले बी.पी. कोइरालालाई पार्टी सभापति चयन ग¥यो । बी.पी फेरि पार्टी सङ्गठन बलियो पार्न सक्रिय भए । त्यतिबेलाका विभिन्न प्रस्तावहरुमध्ये शासनको विकेन्द्रीकरण सम्बन्धी प्रस्ताव वर्तमान सन्दर्भमा पनि उतिकै उपयोगी हुने हुँदा, त्यसको विवरण यहाँ प्रस्तुत गरिएको छ ।
विकेन्द्रीकरण–प्रस्ताव
नेपाली कांङ्ग्रेसको पाँचौं महाधिवेशन २००९ मन अवसरमा विकेन्द्रीत शासन प्रणाली संचालन गर्नेबारे विभिन्न प्रस्ताव जसमध्ये कांग्रेसले आफ्नो घोषणा पत्रमा देशलाई नौं अञ्चलमा छुट्याई विक्न्द्रीत शासन सञ्चालन गर्न बनाइएको यो प्रस्ताव महत्वपूर्ण थियो ।
१. उपत्यकाञ्चल– भित्र काठमाडौं, पाटन, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, त्रिशुली, नुवाकोट, धादिङ्ग र चिसापानी माढी ।
२. पूर्वाञ्चलमा– रामेछाप, सिन्धुली, उदयपुर, ओखलढुङ्गा, महोत्तरी, सर्लाही, सप्तरी १० प्रगन्ना र ४ प्रगन्ना।
३. सुदूरपूर्वाञ्चल– मोरङ, झापा, इलाम, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, विराटनगर ।
४. पश्चिमाञ्चल– स्याङ्जा, कास्की, पोखरा, तनहुँ, बन्दीपुर, लमजुङ, गोर्खा, परासी ।
५. मध्यपश्चिमाञ्चल– माझखण्ड, भैरहवा, पाल्पा, गुल्मी, गलकोट, बाग्लुङ, बुटवल ।
६. राप्ती पश्चिमाञ्चल– शिवराज खजहनी, दाङदेउखुरी, प्युठान, सल्यान, जाजरकोट ।
७. सुदूर पश्चिमाञ्चल– नेपालगञ्ज, बाँके, बर्दिया, दैलेख, डोटी, कैलाली, अछाम, कञ्चनपुर ।
८. सिमरौन अञ्चल– बारा, पर्सा, रौतहट, चितवन, मकवानपुर, भीमफेदी, वीरगञ्ज ।
९. उत्तरकर्णाली अञ्चल – दुल्लु, हुम्ला, जुम्ला ।
जघन्य आक्रमण
यद्यपि बी.पी. माथि दरबार र आफ्नै पार्टीकाहरुबाट समेत बिभिन्न आक्रमण भइरन्थ्ये । यस्तै एउटा जघन्य आक्रमण भयो– २००९ साउन १९ गते । त्यो दिन टुँडिखेलमा नेपाली कांङ्ग्रेसले बृहत् सभा आयोजना गरेको थियो । यस आक्रमणमा बी.पी. गम्भीर घाइते भएको थिए । तर यस घटनाबाट जनतामा बी.पी. प्र्रति झन् धेरै सहानुभूति र आस्था थपिँदै गयो ।
प्रधानमन्त्रीमा मातृकाप्रसाद कोइराला
२००८ मार्ग १ गते नेपाली कांङ्ग्रेसका अध्यक्ष मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्व गठित मन्त्रिमण्डलमा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री, सूर्यप्रसाद उपाध्याय मन्त्री, नारदमुनी थुलुङ, महेन्द्रविक्रम शाह, शारदा समसेर जबरा केसर समसेर जबरा, भद्रकाली मिश्र, महावीर समसेर, गणेशमान सिंह, खड्गमान सिंह भगवतीप्रसाद सिंह, थरबहादुर गुरुङ्ग, धर्मरत्न यमिहरु थिए । मातृका सरकार भङ्ग भएपछि परामर्शदातृ सरकार बन्यो २०९ श्रावण ३० मा ।
२०१०÷३÷२ मा राष्ट्रिय प्रजा पार्टीको सरकार गठन भयो । मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा गठित सरकारमा महावीर समसेर, नारदमुनी थुलुङ, त्रिपुरवर सिंह, सूर्यनाथ दास यादव मन्त्री थिए । केही दिनपछि डिल्लीरमण रेग्मी, टकंप्रसाद आचार्य र भद्रकाली मिश्र पनि थपिए ।
त्यसपछि २००८ मङ्सिर १ गते राजा त्रिभुवनले नेपाली कांङ्ग्रेसका सभापति मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा सरकार गठन गरे । पार्टीसँग कुनै छलफल नै नगरी यो सरकार बनाइएके थियो । यद्यपि राणा प्रधानमन्त्रीको सरकार ढलेको र पहिलोपल्ट जनताका छोरा प्रधानमन्त्री भएको, अवसर थियो । तर मातृकाप्रसादले पनि पार्टीसँग सरोकार राख्न छोेडेका कारण नेपाली कांग्रेसको महासभाले पार्टीको स्वस्थ छवि बचाउन पार्टीबाट मातृकालाई निस्कासन ग¥यो । अन्ततः मातृका सरकार पनि ढल्यो ।
अर्को मन्त्रिमण्डल गठन
२०१२ माघ १३ टंक्प्रसाद आचार्यको प्रधानमन्त्रीत्वमा गठित मन्त्रीमण्डलमा बालचन्द्र शर्मा, चूडाप्रसाद शर्मा, पशुपतिनाथ घोष, गुन्जमान सिंह, पुरेन्द्रविक्रम शाह, अनिरुद्वप्रसाद सिंह थिए ।
२०१४ असार ३१ गते डा. के.आई सिंहको प्रधानमन्त्रीत्वमा पुरेन्द्र विक्रम शाह, परशुरामभक्त माथेमा, सी.बि सिंह, डम्बरबहादुर सिंह, पद्मनसिंह राणा, लक्ष्मीप्रसाद देवकोटा समेतको मन्त्रिमण्डल बनेको थियो ।
भद्र अवज्ञा आन्दोलन
तेस्रोपटक चुनाव सारेर २०१४ असोजमा गर्ने भनिएको थियो । त्यो पनि अनिश्चित कालका लागि स्थगित भयो । त्यसपछि भने बी.पी. लाई विश्वस भयो राजा महेन्द्र र उनका मतियारहरु चुनाव गर्ने पक्षमा छैनन् । त्रिभुवन छँदै यस्तो आभास भइसकेको थियो । राजा त्रिभुवनको २०११ फागुन ३० गते स्वीटजरल्याण्डको ज्युरिचमा उपचारका क्रममा देहान्त भएको थियो ।
२०११ चैत १ गते राजा महेन्द्र गद्दीमा बसेपछि क्रमशः निरङ्कुशातिर ढल्किदै गए । उनी आफँैले घोषणा गरेका २०१२ र २०१४ का आम निर्वाचनसम्बन्धी तिथिमिति पर सार्दै लगे । परिणामतः यस विरुद्ध नेपाली कांङ्सले सत्याग्रह गर्ने निर्णय ग¥यो । २०१४ मङ्सिर २२ बाट शुरु भएको यस आन्दोलनलाई भद्र अवज्ञा आन्दोलनका नामले चिनिन्छ ।
भद्र अवज्ञा आन्दोलन गान्धी दर्शन र प्रयोगमा आधारित थियो । नेपालमा यसका प्रमुख प्रयोगकर्ता बी.पी कोइराला थिए । बी.पी. यस आन्दोलनमार्फत् गान्धीवादी अहिंसाको सिद्धान्तलाई नेपालमा प्रयोग गरेर सफल पार्न चाहन्थ्ये । साँच्चै नै यो भद्र अवज्ञा आन्दोलन सफल भयो । यसै आन्दोलनको प्रयोगस्वरुप राजा महेन्द्रले बाध्य भएर २०१४ पौष १ गतेबाट आम निर्वाचन हुने घोषणा गरे । निर्वाचन प्रयोजनका लागि अन्तरिम मन्त्रिमण्डल गठन भयो । सुवर्ण समसेरको अध्यक्षतामा मन्त्रिमण्डल बनाएर सम्पूर्ण निर्वाचनसम्बन्धी जिम्मेदारी दिइयो । यस चुनावी मन्त्रीमण्डलमा रणधीर सुब्बा डिल्लीरमण रेग्मी, चन्द्रभूषण पुरेन्द्रविक्रम शाह, भूपालमान सिंहहरु थिए ।
आरोप–प्रत्यारोप र त्यसको खण्डन
चुनावको प्रचारप्रसार अभियानमा नेपाली कांङ्ग्रेसका विरुद्ध दुई खाले विपक्षीहरु खुलेर आगेका थिए । नेपाली कांङ्ग्रेसले आफ्नो प्रजातान्त्रिक समाजवादी सिद्धान्त अनुसार, जातिपाति छुवाछुत मुक्त समाजको निर्माण र सामन्ती परम्पराको अन्त्य गरेर प्रजातन्त्र स्थापना गर्ने विषयलाई प्रचारप्रसार गर्न थाल्यो ।
यो कुरालाई प्रतिक्रियावादी तत्वहरुले भने नेपाली काङ्ग्रेस उग्रवादी हो । जातभात एकछत पारेर समाज भाँड्ने अनि धनीलाई मास्ने पार्टी हो । यसलाई चुनावमा हराउनुपर्छ– भनेर विभिन्न पर्चा पम्प्लेट भाषण गर्न थाले । अनि कम्युनिष्ट घटकले चाँहि काङ्ग्रेस बुर्जुवाहरुको पार्टी हो । सात सालको क्रान्ति अधुरो पारेर जनतालाई धोका दिने पार्टी हो ।
काङ्ग्रेसको घोषणा पत्रले यस्ता दुवैखाले आरोपका् जवाफ दिएको थियो । नेपाली कांङ्ग्रेस प्रजातान्त्रिक परिपार्टीका आधारमा समाजवादी कार्यक्रम लागु गर्ने पार्टी हो भन्ने कुरा स्पष्ट भएको थियो । निर्वाचनका बेला विश्वेश्वरप्रसाद कोइरालाद्वारा देशव्यापी प्रचार अभियान चलाइयो । मुलुकका प्रायः सबै निर्वाचन क्षेत्रमा पुगेर नेपाली कांङ्ग्रेस पार्टी र यसको विजय मसलसकको प्रगतिका लागि अपरिहार्य हो भन्ने कुरा फैलाइयो । (डा. तुलसी भट्टराईद्वारा लिखित बी.पी. कोइराला र नेपाली कांग्रेस)

सम्बन्धित समाचार

व्यक्ति केन्द्रीत, आत्म केन्द्रीत, स्वार्थ केन्द्रीत, राजनीतिले राष्ट्रलाई बद्नाम गराउने, ओरालो लाग्ने अवस्था सिर्जना गराउँछ
व्यक्ति केन्द्रीत, आत्म केन्द्रीत, स्वार्थ केन्द्रीत, राजनीतिले राष्ट्रलाई बद्नाम गराउने, ओरालो लाग्ने अवस्था सिर्जना गराउँछ
  • २०७४ पुष १०, ०८: ४५: १७

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषद् विस्तार गर्न निकै ढिलाई गर्नु भयो । तपाईहरुले दवाव दिन त सक्नु भएन नि ?ढिलै भएपनि...

हल्ला र सत्यताको सत्यापन नहुँदै चियाको कपमा आउने तुफानले पनि उडाउन सक्छ …..
हल्ला र सत्यताको सत्यापन नहुँदै चियाको कपमा आउने तुफानले पनि उडाउन सक्छ …..
  • २०७४ पुष १०, ०८: ४५: १७

१. प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउबाको नियुक्ति २०७८ साल असार २९ गते भएपछि तत्कालै गठित मन्त्रिपरिषदमा गृहमन्त्रीको रुपमा बालकृष्ण खाँण, कानुन...

अन्धविश्वासका कारण एक महिलाको हत्या, तीन जना प्रकाउ
अन्धविश्वासका कारण एक महिलाको हत्या, तीन जना प्रकाउ
  • २०७४ पुष १०, ०८: ४५: १७

काठमाडाैं । पासो लागि मान्छे मरेको डोरी महँगोमा बिक्री हुने भन्ने अन्धविश्वासका कारण महिलाको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको...

Happy Dashain