May 10, 2021, Monday

१४ पुषबाट मन त परदेशी

काठमाडौं । चलचित्र मन त परदेशी आगामी १४ पुषबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । पछिल्लो समय बैदेशिक रोजगारमा गएका नेपालीले खाडी मुलुकमा भोग्नु परेको समस्यामाथि विभिन्न चलचित्र निर्माणपछि प्रदर्शन भईसकेका छन् । यस्तै कथा सहित नयाँ चलचित्र ‘मन त परदेशी’ निर्माण गरिएको हो ।
निर्माता दुर्गा बहादुर खड्काले बुधबार राजधानीमा पत्रकार भेटघाट आयोजना गर्दै आफ्नो चलचित्र आगामी १४ पुषबाट नेपालका विभिन्न सिनेमा घरमा रिलिज हुने जानकारी गराए । यो चलचित्रलाई देव नेपालले निर्देशन गरेका हुन् । तर उनी पत्रकार सम्मेलनमा आएनन् ।
निर्माता खड्काले कार्यक्रममा भने,‘म डेढ दशक देखि कतारमा रोजगारी र व्यबसाय गर्दै आएकाले त्यहाँ नेपालीले भोग्ने समस्यालाई नजिकबाट नियालेको छु । रोजगारीको लागी अरबीमुलुकपुग्दै गर्दा नेपालीयुवाहरुले झेल्न पर्ने र झेल्दै आएका पीडाहरुलाई हामीले यो चलचित्रमा उठाएका हौं ।’
पत्रकार भेटघाटका क्रममा सो चलचित्रका नायक दिपेशराज पाण्डेले म त परेदेशीले सन्देशसँगै दर्शकलाई मनोरंजन पनि दिने बताए । अभिनेत्री समिताले बैदेशिक रोजगारमा गएका नेपाली चेलीको समस्या बारे जानकारी गराईन् । त्यहाँ कार्यरत नेपाली कामदारकी प्रेमिकाको भूमिकामा आफु रहेको उनले खुलासा गरिन् ।
यो चलचित्रमा फिल्ममा किशोर खतिवडा, दिपेशराज पाण्डे, समिता गिरी, विक्रम क्षत्री, रेनु शर्मा, रमिला आचार्य, राम बुढाथोकी लगायतको अभिनय रहेको छ । नेपाली कामदारको समस्यालाई बास्तविक रुपमा उतार्न नेपाल सहित चलचित्रको छायाँकन कतारमा समेत गरिएको पनि उनले बताए । जसमा अर्का निर्माता भुवन शर्मा कंडेल रहेका छन् ।

सम्बन्धित समाचार

‘माया बैगुनी’ नामक भिडियो सार्वजनिक
‘माया बैगुनी’ नामक भिडियो सार्वजनिक
  • २०७४ पुष १०, ०८: ५२: ०६

काठमाडौं । न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेले ‘मायाँ बैगुनी’ नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।उक्त गीतमा बसन्त सापकोटाको शब्द,...

‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक
‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक
  • २०७४ पुष १०, ०८: ५२: ०६

काठमाडौँ । गीतकार सुमन योञ्जनको शब्द, गायिका दिपा लामा र गायक सुमन केसीको युगल स्वरमा रहेको ‘फिदा’ बोलको म्युजिक भिडियो...

डिजिटल बजारमा ‘मैना’
डिजिटल बजारमा ‘मैना’
  • २०७४ पुष १०, ०८: ५२: ०६

काठमाडौं–प्रतिभाशाली युवा कलाकार बिज्ञान र मोडेल गरिमा शर्माको दमदार अभिनय रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘ुमैना’ डिजिटल बजारमा सार्वजनिक भएको...

भर्खरै

TOP