May 19, 2021, Wednesday

दलहरुबीच सत्तामोहका कारण तिव्र मतभेद

संवैधानिक संकट निम्तिने खतरा !

काठमाडौं । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको परिणाम आउँदै गर्दा विषेशगरी तीन ठूला दलहरुबीचको मतभेदले झन्झन् उग्ररुप लिंदैगएको छ । प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा तीन ठूला दलहरुबीच भएको राजनैतिक धुव्रीकरणले नेपालको राजनैतिक क्षेत्रलाई मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा समेत तरंग पैदा गरेको छ ।
२०४६ पछि प्रजातन्त्रको पुनरवहाली गराउन अह्म नेतृत्वदायी भूमिकामा कांग्रेस रहेको र कांग्रेसकै नेतृत्वमा जनआन्दोलन समेत सफल भएको थियो । त्यसपछिका हरेक राजनीतिक आरोह अवरोह पार गर्दै दश वर्षे जनयुद्धको अन्त्य गर्दै २०६२÷०६३ को दोस्रो जनआन्दोलनको राजनैतिक परिवर्तन गराउन अभिभावकको भूमिका खलेको कांग्रेसले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गराउन सफल भएको थियो । नेपालको जुनसुकै राजनैतिक परिवर्तनमा उल्लेखनीय भूमिका खेल्दै आएको कांग्रेस यो निर्वाचनमा भने पराजित हुन पुगेको छ । अहिले वाम गठबन्धनले बहुमत प्राप्त गरेको छ । वाम गठबन्धनमा विषेश गरी दुई दल नेकपा एमाले र माओवादी केन्द्रबीच भएको चुनावी तालमेलले वाम गठबन्धनलाई सत्तामा पु¥याउने भ¥याङ बनाएता पनि वाम गठबन्धनले विधि र प्रकृयाको बाटो भने सहज बनाउन सकिरहेको छैन । निर्वाचनमा विजयी भएपछि तत्काल सत्तामा बसी हाल्नुपर्ने र निर्वाचनमा पराजित पार्टीले तुरुन्त सत्ता हस्तान्तरण गरी कुम्लो बोकेर दौडी हाल्नुपर्ने भन्ने रडाकोले अहिले राजनीतिक वृत निकै तातेर गएको छ ।
कांग्रेसले भने संवैधानिक बाटो अवलम्बन गर्न आग्रह गर्दै राष्ट्रपति समक्ष पेश गरेको राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश नफर्केसम्म राष्ट्रियसभा निर्वाचन सम्पन्न गराउन नसकिने तर्क गर्दै आएको छ । संवैधानिक राष्ट्रपतिले २÷२ महिनासम्म सरकारले पेश गरेको अध्यादेश प्रमाणीकरण गर्नु बाहेक अर्को विकल्प नरहेको कानुन व्यवसायीले समेत बताइरहेका छन् । संविधानविद् एवम् वरिष्ठ अधिवक्ता डा. भिमार्जुन आचार्य र नेपाल बार एसोसिसनका अध्यक्ष शेरबहादुर के.सी ले सार्वजनिक रुपमा नै अध्यादेश प्रमाणीकरण गर्नुपर्ने बाध्यताकारी परिकल्पना संविधानले व्यवस्था गरेको बताएका छन् । यता कांग्रेसले भने संविधानको धारा ८४ र ८६ अनुसार मिश्रित निर्वाचन प्रणाली अनुसार प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन भएको हुँदा समानुपातिक सिट संख्या बाँडफाँड नगरी कुन विधि र प्रकृयाबाट नयाँ सरकार बनाउने र सत्ता छाड्ने भनेर भौतारिन थालेको छ । देउवा सरकारले राष्ट्रियसभा निर्वाचन ऐन मस्यौदा संसद् भएको बेलामा पेश गरेको र सो विधेयक राजनैतिक दलहरुले आफ्नो स्वार्थ सिद्व्का कारण फेल बनाएको आक्रोश पोख्दै अध्यादेश मार्फत राष्ट्रपति समक्ष पठाएको २ महिना सम्म नर्फकाएको आरोप लगाउन थालेको छ । राष्ट्रपति जस्तो सम्मानित संस्थालाई समेत दलिय अनुकुलतामा प्रयोग गरेको आरोप समेत कांग्रेसले लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मिश्रित निर्वाचनको परिणाम आयोगबाट प्राप्त भए पश्चात राष्ट्रपति समक्ष पेश गरेर संसद्को आह्वान गर्ने तयारी गरेको बुझिएको छ । त्यसैले गर्दा सरकारले राष्ट्रपति समक्ष पेश गरेका राष्ट्रियसभा निर्वाचन अध्यादेश छिटोभन्दा छिटो प्रमाणीकरण गर्न देउवाले आग्रह समेत गरेका छन् ।
नेपालको राजनैतिक धु्रवीकरणका कारण यतिखेर कांग्रेस सिंगो लोकतान्त्रिक गठबन्धनको तर्फबाट वहसमा उत्रे पनि निर्वाचनको बेलामा गठबन्धन बनाएका साना राजनैतिक दलहरुको धारणा सार्वजनिक हुन सकेको छैन । कांग्रेसको नेतृत्वमा नेपालको राजनैतिक परिवर्तन भएको हुँदा संविधान पूर्ण रुपमा कार्यान्वयन गराउन कांग्रेस लागि परे पनि अहिलेको बहसलाई तार्किक निष्कर्षमा पु¥याउन भने कांग्रेसले ठूलै पहल गर्नुपर्ने देखिन्छ । एमाले नेता एमव् पूर्व सभामुख कानुनविद् सुवास नेवाङ्गले एक सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री संसदले जन्माउने हो भनेका छन् । तर उनले विधि र प्रकृयाबारे स्पष्ट भने पारेनन् । धारा ८४ र ८६ का बारेमा पूर्व सभामुख नेवाङ्गले मिश्रित निर्वाचन प्रणालीको बारेमा पनि स्पष्ट पार्न नसकेको आरोप कांग्रेस नेतृत्व वर्गले लगाएको छ । कांग्रेसले भने विधि र प्रकृया अनुसार संविधान कार्यान्वयन गराई छाड्ने भन्दै निर्वाचनबाट जित्नासाथ सत्तारोहमा भौतारीइएको वाम गठबन्धनलाई राष्ट्रियसभा निर्वाचन पश्चात मात्र सत्ता हस्तान्तरणको प्रकृया थालनी गर्ने रणनीति अख्तियार गरेको बताइएको छ ।

त्यसैले उनले आफु निकट कानुन व्यवसायी लगायत बौद्धिक वर्गको सल्लाहमा देउवा व्यस्त भएका छन् । संविधानको अक्षरस पालना नभए सत्ता सहजै हस्तान्तरण नगर्ने मुडमा रहेका देउवा पार्टी भित्रका आफु निकट केन्द्रीय सदस्यहरुसँग गोप्य सरसल्लाहमा पनि लागि परेका छन् । यद्यपी प्रतिनिधि सभा र प्रदेश सभामा प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टी पराजित हुँदा पनि देउवा भने प्रशंसाको पात्र बनेका छन् । केही अन्तर्राष्ट्रिय क्षेत्र र नेपालमा बौद्धिक तथा राजनैतिक दलले भने देउवाको प्रशंसा समेत गरेको पाईएको छ । जे होस् अहिले सत्ता लिनेले पनि धेरै हतारो नगरी विधि र प्रकृयाको बाटो अबलम्बन गरेमा जसरी वाम गठबन्धनलाई जनमत प्राप्त भएको छ, त्यसरी नै जनताको विश्वास जित्न पनि सफलता मिल्नेछ । सत्तामा बस्न हतारोले गर्दा संविधानको मर्म र भावना विरुद्व जाँदा जनमतको समेत अबमूल्यन हुने हुँदा वाम गठबन्धनका प्रमुख साझेदार दल ने.क.पा एमालेले नै सहमती र सहकार्यको थालनी गर्नुपर्छ भन्ने राय अहिले बौद्धिक समाजबाट व्यक्त भईरहेको छ ।
लोकतान्त्रिक शासन व्यवस्थाको हिमायती कांग्रेसको नेतृत्वमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउन विविध खाले आरोह अवरोह पार गर्दै सिमित स्रोत साधनका बाबजुद भौगोलिक कठिनाई, मौसमी प्रतिकुलता तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आंशकाका बाबजुद निर्वाचन सम्पन्न गराएको भन्दै निर्वाचन पश्चात एमाले माओवादी केन्द्रले राजनैतिक दुरासय राखी सिंगो कांग्रेसलाई बदनाम गराउन खोेजेको आरोप लगाएको छ । कांग्रेसले अहिलेको राजनैतिक अवतरणलाई सहज बनाउन आफु लागि पर्दापर्दै पनि एमाले माओवादी केन्द्रले भने असान्दर्भिक र तर्कहिन विचार राखी राजनैतिक वातावरण झन झन बिग्रदै गएको आरोप लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आफु सत्ता हस्तान्तरण गर्न हतारीएको समयमा जननिर्वाचित प्रमुख दलका शिर्ष नेताहरुबाट कुतर्क, दुष्प्रचार तथा सरकार विरुद्व अनर्गल विचारप्रति भावी प्रधानमन्त्रीका उम्मेदवार एमाले अध्यक्ष के.पी ओलीप्रति आक्रामक देखिएका छन् ।

आफु लोकतान्त्रिक व्यवस्था स्थापना गर्न ६० वर्षदेखि लागि परेका र त्यही लडाई लड्दै आएको हुँदा मुलुकमा राजनैतिक परिवर्तन भएकोले सबै राजनैतिक दललाई सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको भएतापनि कांग्रेसप्रति दुरासयी ढंगले अतिरञ्जित वक्तव्यप्रति एमाले, माओवादी दुई दलका शिर्ष नेताप्रति आक्रोशित भएका छन् । नेपालको संविधान २०७२ को भाग ८ अन्तर्गत धारा ८४ र ८६ आकर्षित हुने तर्क धेरैको मत मिल्दै गएकोले अहिलेको समाधान भनेको राष्ट्रियसभा निर्वाचन पश्चात राष्ट्रपति मार्फत संसद् आह्वानपछि मात्र नयाँ सरकार निर्माणको उपयुक्त बाटो हुन सक्छ कांग्रेसले बताएको छ त्यसैले अहिलेको राजनैतिक तनाव न्यून गर्न दलिय मतभेदलाई छाडेर सहज बाटोको खोजीनै अहिले मुख्य विषय हुन सक्छ ।

सम्बन्धित समाचार

लमजुङ केन्द्र भएर आज बिहान ५.३ म्याग्निच्युडको भूकम्पकाे धक्का
लमजुङ केन्द्र भएर आज बिहान ५.३ म्याग्निच्युडको भूकम्पकाे धक्का
  • २०७४ पुष १०, ०९: १६: ४१

नयाँ विकल्प, काठमाडाैं- लमजुङको भुलभुले केन्द्र भएर आज बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएकाे छ । भूकम्पको धक्का पोखरा, तनहुँ, गोरखा,...

बालबालिकालाई कोरोना खोप लगाउने ब्यावस्था गर्ने देउवाकाे आग्रह
बालबालिकालाई कोरोना खोप लगाउने ब्यावस्था गर्ने देउवाकाे आग्रह
  • २०७४ पुष १०, ०९: १६: ४१

नयाँ विकल्प, काठमाडाैं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहर आउने र त्यसबेला बालबालिका धेरै प्रभावित हुने विज्ञहरूले बताइरहेकोले सरकारले...

देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
  • २०७४ पुष १०, ०९: १६: ४१

नयाँ बिकल्प,काठमाडौं । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं देशमा कोरोना संक्रमणको महामारीबाट दैनिक दुई सयको हाराहारीमा नेपाली...

भर्खरै

TOP