May 19, 2021, Wednesday

रुद्रशेखरले ल्याए साँगीतिक रुपम

काठमाडौं । अमेरिका बस्दै आएका नव गायक रुद्र शेखर शर्माले आफ्नो एकल स्वरमा नयाँ गीतिसँग्रह ‘रुपम’ बजारमा ल्याएका छन् ।

काठमाडौंमा शुक्रबार एक समारोहबीच वरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा रुपमलाई सार्वजनिक गरिएको हो । गीतकार यादव खरेल, एसपी कोइराला, डा.नवराज लम्साल, गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा, रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, संगीतकार संघका उपाध्यक्ष शान्तिराम राईले पनि बिमोचनमा प्रधानलाई साथ दिए ।

यो गीतिसँग्रहमा विपिन किरणको एकल शब्द र नारायण सुवेदी आभासको एकल संगीत रहेको छ । एल्बमलाई किरण क्रियशनले बजार उत्पादन तथा व्यवस्थापन गरेको हो । यो गीतिसँग्रहमा दुख्दिनँ म…, तिमी भन्छौ…, चौबन्दीको तुनामा…, माया मारी…बोलका गीत छन् । सँग्रहमा राखिएको अलिकति तिम्रो रुपको…गीत बोनस गीतका रुपमा तुलसी बस्नेतले लेखेका छन् ।

सम्बन्धित समाचार

‘माया बैगुनी’ नामक भिडियो सार्वजनिक
‘माया बैगुनी’ नामक भिडियो सार्वजनिक
  • २०७४ माघ ८, ०८: ५९: ४५

काठमाडौं । न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेले ‘मायाँ बैगुनी’ नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।उक्त गीतमा बसन्त सापकोटाको शब्द,...

‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक
‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक
  • २०७४ माघ ८, ०८: ५९: ४५

काठमाडौँ । गीतकार सुमन योञ्जनको शब्द, गायिका दिपा लामा र गायक सुमन केसीको युगल स्वरमा रहेको ‘फिदा’ बोलको म्युजिक भिडियो...

डिजिटल बजारमा ‘मैना’
डिजिटल बजारमा ‘मैना’
  • २०७४ माघ ८, ०८: ५९: ४५

काठमाडौं–प्रतिभाशाली युवा कलाकार बिज्ञान र मोडेल गरिमा शर्माको दमदार अभिनय रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘ुमैना’ डिजिटल बजारमा सार्वजनिक भएको...

भर्खरै

TOP