May 14, 2021, Friday

अब चल्लिनन् त सुष्मा कार्की ?

काठमाडौं । चलेछ बतास सुस्तरीको रिलिज पछि यो फिल्मकी नायिका सुष्मा कार्कीले राम्रो व्यानरमा काम पाएकी छैनन् । उनी बिगत दुई वर्ष देखि चलचित्र बिहिन अबस्थामा थिईन् । म्युजिक भिडियोका साहारा लिईरहेकी सुष्मालाई पुराना निर्माता प्रसाद श्रेष्ठले आफ्नो चलचित्र ‘साली कस्को भनेको’मा अनुबन्धित गरेका छन् ।

आफ्नो अर्धनग्न छबीका साथ मिडियामा आउने र रातको समय क्बलमा पुगेर बिबादमा मुछिईरहने यी नायिकालाई दर्शकले नयाँ फिल्ममा कत्तिको रुचाउने हुन भन्ने चर्चा यतीबेला चलेको छ ।
त्यसो त यी अभिनेत्रीलाई चलचित्र छायाँकनकै क्रममा बियर पिउने, चुरोट पिउने जस्ता आरोप पनि लाग्दै आएको छ । मदिरा र चुरोट प्रेमी सुष्मालाई चलचित्रको चरित्रमा सुहाउने भएर नायिकाको रुपमा दिएको यसका निर्देशक भद्र भुजेलको कथन छ ।

लामो समयदेखि फिल्म नपाएकी शुष्मालाई साली कस्को भेनाकोले केही राहत देला जस्तो छ । तर उनले आफुलाई सुधारेर अघि बढेमा अरु पनि चलचित्रमा काम पाउने उनका शुभचिन्तकहरु बताउँछन् ।
चलचित्र साली कस्को भेनाकोमा सुष्मासँगै विल्सन विक्रम राई, मरिष्का पोख्रेल, देव सागर, रजनी गुरुङ, बुद्धि तामाङ (हैट), रबि गिरी, बिरेन श्रेष्ठ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, मिन घलानको पनि अभिनय रहने छ ।

सम्बन्धित समाचार

‘माया बैगुनी’ नामक भिडियो सार्वजनिक
‘माया बैगुनी’ नामक भिडियो सार्वजनिक
  • २०७४ माघ ८, ०९: ०२: ३६

काठमाडौं । न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेले ‘मायाँ बैगुनी’ नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।उक्त गीतमा बसन्त सापकोटाको शब्द,...

‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक
‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक
  • २०७४ माघ ८, ०९: ०२: ३६

काठमाडौँ । गीतकार सुमन योञ्जनको शब्द, गायिका दिपा लामा र गायक सुमन केसीको युगल स्वरमा रहेको ‘फिदा’ बोलको म्युजिक भिडियो...

डिजिटल बजारमा ‘मैना’
डिजिटल बजारमा ‘मैना’
  • २०७४ माघ ८, ०९: ०२: ३६

काठमाडौं–प्रतिभाशाली युवा कलाकार बिज्ञान र मोडेल गरिमा शर्माको दमदार अभिनय रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘ुमैना’ डिजिटल बजारमा सार्वजनिक भएको...

भर्खरै

TOP