March 2, 2021, Tuesday

हिमालको फेदिमा पर्यटन प्रवद्र्धन तथा साहित्य

लमजुङ्ग संवाददाता
घलेगाउँ (लमजुङ) – घलेगाउँ पर्यटकीय दृष्टिले मनोरम त छदैछ त्यसमा पनि हिमालको फेदिमा थुपुक्क वसेको गुरुङ वस्तीमा रमाउन पाउँदा घर फर्कनै मन लाग्दैन । आन्तरिक पर्यटकले खचाखच घलेगाउँ त्यसमा पनि नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल पर्यटन वोर्ड र मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको संयुक्त आयोजनामा उपकुलपति डा. विष्णुविभु घिमिरे, डा. मुकुन्दराज पथिक, पर्यटन व्यवसायी प्रेमबहादुर घले, आमासमुहकी अध्यक्ष दुर्गादेवी घलेहरु दुलाहादुलही जस्तै सिगारिएका थिए फूल माला र खादाले ।

२ दिने कार्यक्रममा नेपाली प्रज्ञा–प्रतिष्ठानका प्राज्ञहरु दिनेशराज पन्त, डा. ज्ञानु पाण्डे, योजना शाखाकी प्रमुख सन्ध्या पहाडी, मस्र्याङदी वाङमय प्रतिष्ठानका अध्यक्ष डा. मुकुन्दराज पथिक, क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष एवं पर्यटन व्यवसायी प्रेमवहादुर घलेको भाषण सुन्न भनेर कार्यक्रममा भीड लागेको थियो पूर्व राज्यमन्त्री श्री रामबहादुर गुरुङले संस्कृति, पंडित घनश्याम सुवेदीले दर्शन र प्रा. आनन्द घिमिरेले साहित्य सम्वन्धी प्रवचन पस्किरहदा दर्शक दीर्घार र मञ्चमा आशिन प्रमुख अतिथिहरुले अनुपम आनन्दको रस्वासादन गर्दै थिए । नेपाल प्रज्ञा–प्रतिष्ठानका उप–कुलपति डा. विष्णुविभु घिमिरेले साहित्यले चेतना भर्ने काम गर्छ र साहित्यलेनै पर्यटन प्रवद्र्धन तथा संस्कृति जगेर्नामा गहन भूमिका खेल्छ भन्नुभयो । उहाँले साहित्य नै त्यस्तो विधा हो जसले घलेगाउँ र भुजुङगाउँको प्राकृतिक छटालाई सिगार्न कोसिस गर्छ ।

मस्र्याङदी वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा. मुकुन्दराज पथिकले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो । उहाँले मस्र्याङ्दी वाङ्मय प्रतिष्ठान राष्ट्रकवि माधव घिमिरे प्रमुख संरक्षक रहेको संस्था हो र राष्ट्रकविको आगामी २०७५ साल देखि १०० वर्ष पुग्ने सुभ अवसरमा अधिराज्य भरि प्रतिष्ठानले विशेष कार्यक्रम गर्न लागेको बताउनुभयो । प्रतिष्ठानले विगतका वर्षहरुमा यसरी नै साहित्यक कार्यक्रम मनाउँदै आइरहेको छ । राष्ट्रकवि माधव घिमिरेको जन्म थलो पुस्तुनबाट घले गाउँ नजिकै भएकोले घलेगाउँको प्राकृतिक सौन्दर्यताले पनि कार्यक्रमको थलो यहाँ रोजाइमा परेको बताउनुभयो । क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष एवं पर्यटन व्यवसायि प्रेम बहादुर घलेले यो प्राकृतिक सुन्दर घलेगाउँमा गुरुङ संग्रालयको उद्घाटन सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्पन्न गराएको बताउनु भयो ।

यस्ता कार्यक्रमहरु कमै हुने गरेको घलेगाउँमा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड र मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानबाट गरिएको यो पहिलो कार्यक्रम हो । यस्ता कार्यक्रमहरु गर्नको लागि आयोजकलाई प्रचार प्रसार गरिदिन आग्रह गर्दै पर्यटन व्यवसायि घलेले गुरुङ संग्राहलय, होमस्टे, घले गाउँको सामाजिक, साँस्कृतिक एवं विविध विषयमा प्रकास पार्नुभएको थियो । माघ ३ र ४ गते सम्पन्न २ दिने उक्त कार्यक्रमका सहभागीहरु दोस्रो दिन नजिकै अवस्थित सुन्दर भुजुङ्गागाउँ घलेगाउँ फर्केको थिए ।

कार्यक्रम गरी अन्त्यमा साहित्य, दर्शन, संस्कृति, पर्यटन प्रवद्र्धन र होमस्टेका वक्ताहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने पर्यटन व्यवसायि प्रेम वहादुर घले र उत्तर कन्या आमा समुहकी अध्यक्ष दुर्गा देवि घलेलाई प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका उप कुलपति डा. विष्णुविभु घिमिरे र कार्यक्रमका अध्यक्ष एवं मस्र्याङदी वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा. मुकुन्दराज पथिकले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । कार्यक्रममा धन्यवाद दिदै मस्र्याङदी वाङ्मय प्रतिष्ठानका सचिव लक्ष्मण थापाले घलेगाउँ जस्ता मनोरम स्थल हाम्रो रोजाइलाई प्राज्ञ एवंम्, दर्शन, साहित्य र संस्कृतिका स्रष्टाहरु तथा पर्यटन व्यवसायिले साथ दिनुभएकोमा सबैलाई धन्यवाद दिनु भएको थियो ।

कार्यक्रममा मस्र्याङदी वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष ई. लाल बहादुर भुजेलले पर्यटन सम्वन्धी कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा मस्र्याङदी वाङ्मय प्रतिष्ठानबाट कोषाध्यक्ष कृष्ण प्रसाद खनाल सहित अन्य सदस्यहरु र घले गाउँ स्थित उत्तर कन्या आमा समूह, स्थानिय विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी, कव्होलासो थार गाउँपालिकाका प्रशासकिय अधिकृत, ईन्जिनियर, पर्यटन व्यवसायि र स्थानिय व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन मस्र्याङदी वाङ्मय प्रतिष्ठानकी सदस्य जगमाया (जुनु) घलेले गुरुङ भेषभुषामा सजिएर रोचकता पूर्वक सम्पन्न गर्नु भएको थियो ।

सम्बन्धित समाचार

सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा जोडियो
सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा जोडियो
  • २०७४ माघ १५, ०९: ३८: ३६

नयाँ विकल्प त्रिशूली – नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ...

धवलागिरिमा किशोरी सम्मेलन
धवलागिरिमा किशोरी सम्मेलन
  • २०७४ माघ १५, ०९: ३८: ३६

नयाँ विकल्प बाग्लुङ- बालविवाह र यौनजन्य हिंसा न्यूनीकरण तथा महिनावारी स्वच्छताका लागि प्रथम धवलागिरि गाउँपालिकास्तरीय किशोरी सम्मेलनले ११ बँुदे घोषणापत्र...

कर्णाली स्वास्थ्य विज्ञान  प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा रावल
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा रावल
  • २०७४ माघ १५, ०९: ३८: ३६

नयाँ विकल्प नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पतालका निर्देशक डा मङ्गल रावललाई...

भर्खरै

TOP