May 14, 2021, Friday

पहाडलाई सिध्याउने निर्णयको सर्वत्र विरोध

विजय सन्तोषी राई

प्रदेश प्रमुखको नियुक्तिसंर्गै प्रदेश प्रमुखको मुकाम तोक्ने सकारको निर्णयले पहाडलाई सिध्याएको छ । सात वटा प्रदेश प्रमुखको मुकाम तोक्दा सरकारले पहाड र हिमालमा कुनै पनि स्थान नतोक्दा पहाड र हिमाल पुरै उपेक्षित भएको र सरकारले पहाड र हिमाललाई चिन्न नसकेको र स्विकार गर्न नसकेको त्यस क्षेत्रका जनताले महसुस गरेका छन् ।

सरकारको उक्त निर्णयको अहिले धनकुटा र दिपायलमा मात्र नभएर प्राय धेरै जिल्लाहरुमा विरोध र आलोचनाका साथ आन्दोलन गर्दै निर्णय सच्याउनु पर्ने माग समेत भैरहेको छ । आन्दोलनले हिंसात्मक रुप लिदै गएका कारण लाखौको क्षती भएको र दर्जनौ आन्दोलनकारी र प्रहरी समेत घाईते भएका छन भने आमहड्ताल, बन्द र तोडफोडका कारण धनकुटा लगायत कतिपय जिल्लाहरुमा कफ्र्यु समेत लागेको छ ।

पहाड तथा नेपालकै विकासको महत्वपूर्ण स्रोत र जनशक्तिको रुपमा रहेको पानी र जवानी पहाडमा अडाउन नसकेका कारण पहाडको विकास दिन प्रतिदिन खस्किदै गएको समयमा सरकारको पछिल्लो निर्णयले झन अब पहाडमा पानी र जवानी अडाउन नसकिने भएको छ ।
धनकुटालाई प्रदेश नम्वर १ को प्रदेश प्रमुखको मुकामका साथ राजधानी बनाउन आफुले अन्तिम प्रयास गरेको मन्त्रिपरिषदमा आवाज उठाउदै प्रस्ताव समेत लगेको र धनकुटालाई प्रदेश प्रमुखको मुकाम नराख्ने निणर्यमा असमती जनाएको वताउदै उद्योग मन्त्रि सुनिल वहादुर थापाले अव धनकुटालाई प्रदेश नम्वर १ को स्थायी राजधानी बनाउन सशक्त ढंगले लाग्ने बताएका छन् ।

धनकुटा १ नम्वर पदेशको राजधानी भएपछि हिमाली ३,पहाडका ८ र तराईका ३ जिल्लाहरुका बहुसंख्यक समुदायको प्रतिनिधित्वको समेत सम्बोधन हुने भएकोले अव प्रदेश नम्वर १ को स्थायी राजधानी बनाउन आफु कुनै कसुर बाँकी नराखी लाग्ने धनकुटा प्रतिनिधि सभाका सदस्य तथा नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राई बताउँछन् । सरकारकको पहाडमा प्रदेशको राजधानी नराख्ने निर्णयले पहाडको पानी र जवानी नअडिने भै अव पहाडको विकासमा सिथिलता आउने र तिव्र रुपमा जनसंख्या वसराई सराईतिर लाग्ने पहाडमा जनसंख्या रित्तिने खतरा बढेकोले पहाडको विकास संर्गैै नेपालको विकासका लागी अस्थायी राजधानी बनाउँदा अव हिमाललाई पनि मिलाएर पहाडमा प्रदेशको राजधानी राख्नुपर्ने बताउँछन् । विश्लेषक तथा मानव अधिकार यलाएन्सका केन्द्रिय उपाध्यक्ष विदुर सुवेदी ।

राणाले गौडा,पञ्चायत र प्रजातन्त्रले विकास क्षेत्र बनाएको गणतन्त्रले पनि विकास क्षेत्रको केन्द्रको रुपमानै स्विकार गरेको तर संघीयता कार्यन्वयन गर्ने क्रममा धनकुटा र दिपायललाई वर्तमान सरकारले केन्द्र नमानी माघ ३ गते अन्यन्त्रनै प्रदेश प्रमुखको मुकाम तोकेर ठूलो अन्याय गरेकाले धनकुटा र दिपायलले माघ ३ गतेलाई ईतिहासकै कालो दिनको रुपमा लिएको र सधै लिने पनि पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता मनोहर नारायण श्रेष्ठले भने ।

पूर्वाधार, भूगोल,सार्मथ्य लगायत सवै किसिमले प्रदेश नम्वर १ को राजधानी हुन धनकुटा उपयुक्त रहेको आधार सहितको ज्ञापन पत्र, ७ लाख ५० हजार भन्दा बढीको जनसमर्थन सहितको हस्ताक्षर प्रधान मन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवा, पूर्व प्रधान मन्त्री तथा नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली, पूर्व प्रधान मन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)लाई र वरिष्ठ नेताहरु,सरकारका मन्त्रीहरुलाई समेत बुझाएको र उहाहरुसंग छलफल गदै धनकुटा र काठमाण्डौमा समेत धर्ना, जुलुस र घेराउ कार्यक्रम गर्दा समेत सुनाई नगरी उल्टै धनकुटामा एक हप्ता कफ्र्यु तथा निषेधाज्ञयजारी गरी आन्दोलन दवाउने काम भएको प्रादेसिक राजधानी धनकुटा निर्माण अभियान समितिका संयोजक तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले बताए ।

सार्मथ्यको आधारमा पर्याप्त सरकारी जविन मध्य धनकुटा नगरपालिका भित्र र धनकुटाकै आसपासका नगरपालिकाहरुमा गरी जम्मा ४७ हजार भन्दा बढी सरकारी जग्गाहरु रहेका छन । धनकुटा बजारमा मात्र १७ हजार १ सय ५५ रोपनी सरकारको नाममा रहेको खाली जग्गा,नेपाल टष्टको नामा रहेको १ सय ९४ रोपनी जग्गा, सुन्तला जात अनुसन्धान केन्द्र पारिपाल्ले र पाख्रिवास कृषि केन्द्रको जग्गा र उनीहरुके दर्जनौ भव्य भवनहरु रहेको नेपाल नागरिक समाजका अध्यक्ष तथा अभियान समितिमा सचिव दोर्ण गुरागाई बताउँछन् ।

धनकुटा बजार क्षेत्रमा मात्र थप ६ हजार ५ सय रोपनी जग्गामा जम्मा ३ सय ९७ बटा सुविधा सम्पन्न भुकम्प प्रतिरोधात्मक पक्की र भव्य सरकारी कार्यालयहरुका आफनै भवनहरु रहेका छन । ती भवनहरुमा प्रदेश सभा प्रमुख, मुख्य मन्त्रि, प्रदेश मन्त्रिहरु, प्रदेश सभाका विभिन्न समितिका कार्यालयहरु र प्रमुख मुख्य सचिव तथा प्रदशेका मन्त्रालयहरु तत्काल राखी सजिलो ढंगबाट कार्य संचालन गर्न सकिन्थ्यो तर सरकारले त्यसो नगरेकोमा आक्रोस पोख्नु हुन्छ नेकपा एमाले प्रदेश नम्वर १ का सांसद इन्द्रमणी पराजुली ।

धनकुटाको भव्य र सुविधा सम्पन्न सामुदायिक भवनमा प्रदेश संसद भवन स्थापना गरी प्रदेश सभाको बैठक गर्न सकिन्छ भने विभिन्न समितिको बैठकहरु धनकुटाको जिविस हल, वहुउदेश्ीय सामुदायिक भवन सल्लेरी, क्षेत्रिय स्वास्थ्य निर्देशनालयको सभा हलमा बैठक गर्न सकिन्छ । प्रदेशका मुख्य मन्त्रि, गर्भनर, मन्त्रिहरु, प्रमुख सचिव तथा सचिवहरु र सांसदहरुलाई समेत आवासको लागी सरकारी क्वाटहरुमानै राख्न सकिने सरकारी भवनहरु रहेको १ नम्वर प्रदेशका नेपाली कांग्रेसका सांसद लिला सुब्बा वताउँछिन्  ।

नेपाल सरकारले प्रदेशको राजधानीको लागी खटाएको पूर्वाधार संभाव्यता अध्ययन टोलीलेको प्रारम्भिक प्रतिवेदनमा समेत धनकुटाका लागी तत्काल राजधानी राख्नका लागी मर्मत खर्च रु ५ करोड २५ लाख, विराटनगरमा २१ करोड रुपैया तथा सुनसरीको ईटहरीमा संरचनानै उपयूक्त नभएको भन्दै खर्च विवरण अनुमान नगरिएको अवस्थाले पनि राज्यलाई आर्थिकभार नपर्ने र सामान्य प्रशासन मन्त्रालयले समेत बुझाएको प्रतिवेदनमा प्रासनिक सुगमताको दुष्टिले पनि धनकुटा उपयूक्त रहेको नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष धिरेन्द्र वहादुर सुब्बा वताउनु हुन्छ ।

पहिचान र ऐतिहासिक पक्षलाई स्वीकार गर्दै निरन्तरता दिने क्रममा पूर्वाञ्चलको १६ जिल्लाको सदरमुकामका साथै प्रशासनिक केन्द्रको रुपमा रहदै आउको धनकुटा प्रस्तावित १ नम्वर प्रदेशको १४ जिल्लाहरुको पनि बीचमा र केन्द्रको रुपमा रहेकाले पनि १ नम्वर प्रदेशको राजधानीका लागी धनकुटा साह्रै उपयूक्त हुनेभएकोले धनकुटालाई राजधानी बनाउन अव कुटनितिक पहल गर्नु पर्ने नेकपा एमाले प्रदेश नम्वर १ का सांसद निरन राई बताउँछन् ।

सबैले हेर्दा समेत धनकुटा सुरक्षाको दृष्टिकोणले अनि हावापानीको हिसाबले, भूगोलको केन्द्रका साथै सबै किसिमले पनि अत्यन्त राम्रो भएकोले धनकुटा १ नम्वर प्रदेशको राजधानी बनाउन सारै उपयूक्त र राम्रो हुदा हदै पनि सरकाले धनकुटालाई उपेक्षा गरेको र धनकुटाले खाईपाई आएको अधिकार सरकारले खोसेको प्रदेश सभा १ का नेकपा माओवादी केन्द्रका सांसद कुसुम कुमारी श्रेष्ठको गुनासो रहेको छ ।

१ नम्वर प्रदेको प्रादेसिक राजधानी धनकुटा र ७ नम्वर प्रदेशको दिपायल राजधानी हुनका लागी सवै किसिमले उपयूक्त हुदा हुदै पनि राजनैतिक पहँुच र शक्ति कम भएकै कारण धनकुटा र दिपायललाई प्रदेशको राजधानी दुभाग्र्यवस बनाईन त्यो अत्यन्तै दुखत र १ नम्वर प्रदेश र ७ नम्वर प्रदेशका सवै जनताका साथै धनकुटेली र दिपायलवासीप्रति ठूलो अन्याय भएकाले अब पुर्नविचार गरी सरकार र सवै राजनैतिक पार्टीका प्रमुख नेतागणहरुको न्याय दिन्छन् भन्ने भरोसा लिएको नेकपा एमाले प्रदेश नम्वर १ का सांसद बिना राई बताउँछन् ।

सरकारको पहाडलाई सिध्याउने विवेकहिन निर्णयलाई अभिवलम्ब सच्याउने पर्ने र आफुहरु अव प्रादेसिक संसदमानै धनकुटालाई राजधानी बनाउन अभियान संचालन गर्ने संघिय समाजवादी फोरम नेपालका प्रदेश नम्वरका सांसद आर सि तुम्बा बताउँछन् । राजैनितक पहुच र शक्ति नभएकै कारण प्रदेश प्रमुखको मुकाम तोक्दा पुरै पहाडलाई उपेक्षा गरी अन्याय गर्दै हिमाल,पहाड तराईलाईनै विभाजन गर्ने काम सरकारले गरेकोमा धनकुटामा ढेड हप्ता बन्द हड्ताल, एक हप्ता सम्म कर्फयू तथा निषेधाज्ञा जारी गर्नु प¥यो भने आन्दोलनको क्रममा लाखैको क्षती भएको र दर्जन क्षती आन्दोलनकारी घाईते भएको छ ।

अहिले पनि धनकुटाका दैनिक एक घण्टा चक्का जाम र रिले अनसन जारी रहेको छ भने सरकारको उक्त निर्णय खारेज गरी धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउन माग गर्दै हप्ताको दुई दिन नारा जुलुस र प्रधान मन्त्रिको सरकारी निवास बालुवाटार र माईतीघर मण्डलामा मन्त्री परिषदको बैठक हुने दिन बारम्वार धर्ना र घेराउको कार्यक्रमको आयोजना गर्दै आईरहेको पादेशिक राजधानी धनकुटा अभियान समिति काठमाण्डौका प्रवक्ता एवं नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले बताए ।

सातवटै प्रदेश प्रमुखको मुकाम तराई र उपत्यकाहरु तोक्दै सरकारले हिमाल,पहाड र तराईलाई जोड्नुको सट्टा विभाजन ल्याईदियो र हिमाली, पहाडी र तराईवासी जनतालाई मिलाउनु साट्टो फाटो ल्याउन काम गरकारको निर्णयले ग¥यो । हिमाल र तराईको विच पहाडमा रहेको १ नम्वर प्रदेशको धनकुटा र ७ नम्वर प्रदेशको डोटीको दिपायलमा प्रदेश प्रमुखको मुकाम सरकारले निर्णय गरेको भए हिमाल पहाड र तराई भूगोल पनि जोडिने भावनाले पनि जनता जोडिने धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष तथा अभियान्त रोशेष श्रेष्ठले बताए ।

१ नम्वर प्रदेशको केन्द्रको रुपमा सवैकिसिमले उपयूक्त रहेको धनकुटा र ७ नम्वर प्रदेशका लागी सवै दिष्टकोणले राम्रो रहेको डोटीको दिपायलाई अहिले सरकारले प्रदेश प्रमुखको मुकाम नतोकेर ठूलै अन्याय गदै इतिहासनै मेटदिने काम गरेकोले आन्दोलनलाई चर्काउदै सरकारलाई निर्णय सच्याउन बाध्य बनाउनु पर्ने नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल वराईली बताउँछिन् ।

सरकारले अव्यवहारिक र विवेकहिन ढंगले पहुच र दलालहरुको पछाडी लागेर जो निर्णय ग¥यो यसको अहिले सर्वत्र विरोध भएको छ र अझ सशक्त विरोध गर्नु पर्छ सरकारलाई सच्याउन बाध्य बनाउनु पर्ने चौविसे समाज धनकुटा— काठमाण्डौका अध्यक्ष दुर्गा देवान वताउनु हुन्छ । पहाडको डाडाबाट युद्ध गरेर अंगे्रजहरुलाई पराजित गरी नेपाललाई जोगाएको ईतिहास वर्तमान सरकारले विर्सेर सात वटा प्रदेश मध्य कुनै पनि प्रदेशको अस्थायी राजधानी पहाडमा नराखी पहाडमाथि यति ठूलो अन्याय गर्नु मुर्खता र विवेकहिन बनेकोले अव सशक्त आन्दोलन गर्नु पर्ने नेपाली कांग्रेस धनकुटा — काठमाडौं सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष मनोज सुवेदी बताउँछन् ।

ठूलो क्षेत्रफल भूगोलले ओगटेको सिङ्गो पहाडलाई उपेक्षा गर्दै कुनै पनि प्रदेश प्रमुखको मुकाम सरकाले पहाडलाई तोकेन र सकारले पहाडनै ठूलो वेवास्ता गरेकोले अव धनकुटालाई प्रदेशको राजधानी बनाउन सवै किसिमले लाग्नु पर्ने नेपाली कांग्रेस धनकुटकका महाधिवेशन प्रतिनिधि उदय वहादुर लिम्बु बताउँछन् । प्रदेशको राजधानीका प्रमुख दावेदार रहेको प्रदेश नम्वर १ को धनकुटा पहाडी जिल्ला र प्रदेश नम्वर ७ को पहाडी जिल्ला डोटीको दिपायलाई सरकारले पुरै उपेक्षा गरी निर्णय गरेकोले सरकार पहाड प्रति उदासिनता देखिदै पुरै पहाडी जिल्लाहरुकै अस्तित्वनै मेट्ने काम गरी सिङ्गो पहाडलाई नै मर्माहित बनाउदै आक्रोसित बनाएको धनकुटाका समाजसेवी तथा कर्मचारी युनियन धनकुटका पूर्व अध्यक्ष टंक दवाडी बताउँछन् भने पहाडलाई अन्याय गर्दा हिमालको पनि चित्त दुखेको छ ।

यसले पहाडबाट तिव्र रुपमा बढ्दै गएको वसाई सराईलाई प्रसय दिएको र तराईको अन्न भण्डारलाई मास्ने काम गरेकोले पहाडको इज्वतका लागी भए पनि अव जसरी भए पनि धनकुटालाई प्रदेश नम्वर १ को राजधानी बनाउनु पर्ने धारणा राख्छन् नेकपा एमाले धनकुटा—काठमाडांै सम्र्पक मञ्चका उपाध्यक्ष यूवराज दर्नाल । पहाडमा राजधानी राख्न सकिएन भने पहाड जनसंख्याले रित्तने तराईमा अझ जनसंख्या बृद्धीसंर्गै सहरीकरणले तिव्र बढ्ने क्रम हुने छ अव सिङ्गो पहाडको जनता एक भएर न्याय माग्न अगाडी बढ्नु पर्ने विचार व्यक्त गर्नु हुन्छ नेकपा एमाले धनकुटा—काठमाडौं सम्पर्क मञ्चका पूर्व अध्यक्ष विर वहादुर खवितडा ।

१ नम्वर प्रदेशको पूर्वको केन्द्र धनकुटा र ७ नम्वर प्रदेशको सुदुपश्चिको केन्द्र दिपायललाई नतोकी अन्यत्र तोक्ने निर्णय गरेका कारण माघ ३ लाई धनकुटाबासी र दिपायलवासीले कालो दिनको रुपमा दिएका छन् । सरकारको माघ ३ को निर्णयले पूर्वको धनकुटा र सुदुरपश्चिको दिपायलको इतिहास र अस्तित्व मेट्ने काम गरेका कारण दुवै क्षेत्रका जनाता मर्माहित र आक्रोसित बनेको र निर्णय सच्याउन सरकार संग आग्रह गरिरहेको बताए । धनकुटा बहुमुखी क्याम्पसका प्रध्यापक गोपाल अधिकारी ।

पूर्वाधार, सामथ्र्य, सुरक्षा, सुन्दरता तथा प्रशासनिक सुगमता र अन्तराष्ट्रिय सिमानाको पनि दृष्टिकोणले पनि १ नम्वर प्रदेशको राजधानी धनकुटा र ७ नम्वर प्रदेशको लागी दिपायल उपयूक्त हुदा हुदै पनि सरकारले अस्थायी मुकाम अन्यन्त्र तोकेर धनकुटा र दिपायललाई ठूलो अन्याय गरेको र सारै मर्माहित बनाएकाले धनकुटा र दिपायलबासी अहिले राजधानी काठमाडौंमा र धनकुटामा आन्दोलन गरिरहेको र आन्दोलनको पनि बिकल्प नरहेको अधिवक्ता तथा नेपाली कांग्रेसका यूवा नेता रामजी कोङरेन बताउँछन् ।

प्रदेश नम्वर १ को १४ जिल्लाको भौगोलिक हिसावले सेन्टरमा रहेको धनकुटा हरेक किसिमले राजधानी बन्न उपयूक्त रहँदा रहदै पनि राजनैतिक शक्ति पहुचको हिसाबले कमजोर रहेकोले धनकुटालाई र ७ नम्वर प्रदेशको राजधानी दिपायल नबनाएको सवैले महशुस गरेको धनकुटा वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेको भनई छ । हरेक दृष्टिकोणले धनकुटा र दिपायल उपयूक्त रहेकोलेनै वि.स. १८४० देखी पूर्व क्षेत्रको प्रशासनिक केन्द्रको रुपमा स्थापित भई हाल सम्म निरन्तर रुपमा पूर्व धनकुटा र सुदुर पश्चिमको दिपायल केन्द्रकै रुपमा र विकास क्षेत्रको राजधानीकै रुपमा कायम रहेकोले सरकार तथा नेता र प्रदेश सभाका सांसदहरुले अन्याय गर्न नहुने बताउँछन् । धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष विप्लव मान श्रेष्ठ ।

राणाकालीन समयमा धनकुटा र दिपायल वडा हाकिमको अण्डा हुदै राजनैतिक परिवर्तन पछि पनि धनकुटा र दिपायललाई पञ्चायत, प्रजातन्त्र र गणतन्त्रको स्थापना पछि र हाल सम्म पनि धनकुटालाई पूर्वाञ्चल विकास क्षेत्रको र दिपायललाई सुदुर पश्चिमकै सदरमुकामकै रुपमा स्विकार गर्दै निरन्तरता दिदै आएकोले पनि क्षेत्रीय स्तरका कार्यालयहरु र उनीहरुका भौतिक पूर्वाधारले सम्पन्न भवनहरु आज सम्म कायम रहँदा रहदै पनि सरकारले वेवास्था गरेको राष्ट्रिय प्रजातान्त्रिक यूवा संगठनका केन्द्रिय सदस्य तथा अभियान्त मदन घिमिरे बताउँछन् । धनकुटाको मुख्यवजार पूर्व पश्चिम राजमार्गको इटहरीबाट ७० किलोमिटर उत्तरमा पर्छ ।

तराईका तीन जिल्ला (सुनसरी, मोरग र झापा) र उदयपुर जिल्लाको धनकुटा आउने मुख्य नाका पूर्व पश्चिन राजमार्गनै हो भने बाकी पहाडी हिमाली तराईका जिल्लाहरु समेटिने आधारहरु समेत तयार भईरहेका छन ।ताप्लेजुङ, पाचथर र इलाम जिल्ला तमोर करिडोर,मध्यपहाडी राजमार्गबाट जोडिएका छन भने इलामका लागी थप रवि राके, भेडेटार सडक सञ्जालबाट जोडिएको छ । सोलुखम्बु, खोटाग,ओखलढुंगा, उदयपुर र भोजपुर जिल्ला समेतलाई मध्यपहाडी राजमार्गले सिधै जोडेको छ ।

तेह्रथुम, भोजपुर र संखुवासभा जिल्लाहरुसंग सिधै सडकहरुले गासेको छ । यसैगरी हवाई यातायतका लागि पनि धनकुटा नगरपालिकाको वडा नं. ९ को बेलहारा डाडामा सम्भाब्यता अध्ययन पुरा भै निर्माण कार्य समेत अव चाडै हुने नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सांसद हेमराज भण्डारी वताउनुहुन्छ  । धनकुटा भन्दा माथि गए हिमाल तल झरे तराई धनकुटामा हिमालका शेर्पा बक्खु लगाएर र तराईवासी धोती लगाएर आए बस्न हावापानी र वातावरणले सहज हुने भएकाले धनकुटाले हिमाल र तराईलाई भूगोल र भावनाले जोड्न र गास्ने काम गर्ने धनकुटा उद्योग बाणिज्य संघका कार्यालय प्रमुख तथा अभियान्त जयन्द्र प्रधानको धारणा रहेको छ ।

भौतिक पूर्वाधारको हिसावले पनि धनकुटामा पयाप्त सरकारी जग्गा तथा भवनहरु रहेकाले पनि १ नम्वर प्रदेशको राजधानी धनकुटा र ७ नम्वर प्रदेशको राजधानी दिपायललाई बनाईसकेपछि भौतिक संचरना निर्माणमा राज्यको ठूलो खर्च समेत जोगिने भएकाले उक्त रकमलाई हाम्रो प्रदेशको विकासमा लगाउन सकिन्छ यसले राज्यलाई ठूलो फाइदा पुग्ने नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेल बताउँछन् ।
पूर्खाहरुले निरन्तर रुपमा अहिले सम्म जोगाउदै ल्याउने भएको धनकुटा र दिपायलको गौरव, पहिचान र इतिहारलाई अहिलेको पुस्ताले विशेष गरी तन्नेरी साथीहरुलको मेहनेत र सक्रियताले पनि जोगाउन सकिएन ।

अव भावी पुस्ताले समेत अहिलेको पुस्ताले धनकुटाको र दिपायलको मान र सम्मान जोगाउन सकेन्न भनेर कंलक लगाउने अनि सराप्ने भएकाले अव आन्दोलनबाटै धनकुटालाई प्रदेश नम्वर १ को राजधानी बनाउन यूवाहरु अझ सशक्त ढंगले लाग्नु पर्ने नेपाल तरुण दल धनकुटका अध्यक्ष एवं नेपाली कांग्रेसका कोषाध्यक्ष दिनेश राई बताउँछन् ।

धनकुटा र दिपायलको गौरव, पहिचान, इतिहासका साथ रहदै आएको मान र सम्मानलाई जोगाउदै जिवन्त राख्न धनकुटालाई १ नम्वर प्रदेशको र दिपायललाई ७ नम्वर प्रदेशको राजधानी बनाउन अव सवै कामलाई अहिलेलाई थाती राख्दैै अभियानमा निरन्तर रुपमा अझ धेरै सक्रियका साथ धनकुटेली र दिपायलवासी साथीहरुलाई लाग्न र सवै १ नम्वर र ७ नम्वर प्रदेशका दिदि वहिनी तथा दाजुभाईहरुलाई पनि विवेकपूर्ण ढंगले सहयोग गर्न नेपाली कांग्रेसका आनन्द सन्तोषी राईले आग्रह गरे ।

धनकुटा र दिपायलको पहिचान, सामथ्र्य, भौगोलिक बनावट, समदुरी, हावापानी, भौनिक संरचनाहरु र विसकाको सन्तुलनका दुष्टिले र अन्तराष्ट्रिय सिमानाको दुरीले समेत धनकुटा १ नम्वर प्रदेशको लागी र दिपायल ७ नम्वर प्रदेशको उयूक्त राजधानी हुनु भएकाले अव प्रदेश सभाले धनकुटा र दिपायललाई राजधानी बनाउनु पर्ने धारणा राख्छन् । नेपाली कांग्रेस धनकुटा — काठमाडांै सम्पर्क समितिका सभापति भिम थापा ।

१ नम्वर प्रदेशका लागी धनकुटा र प्रदेश नम्वर ७ को दिपायल अन्यत्र भन्दा विवादरहित र सवैले सर्वस्वीकार्य पनि भएकोले धनकुटालाई र दिपायललाई केन्द्र मानेर सबैले स्वीकारदै अघि बढ्ने हो भने यस क्षेत्रका तराई, पहाड र हिमालमा शान्ति, विकास र स्वरोजगारको बलियो जग हाल्न सकिने नेपाली कांग्रेस धनकुटका जिल्ला सदस्य चण्डिका वास्तोला वताउँछिन ।

१ नम्वर प्रदेशको राधजानी बनाउन अव सवै राजनैतिक दलहरु एक जुट भएर लागे मात्र संभव हुने भएकाले ढिलो नगरी सवैले आ आफ्नो ठाउबाट अझ सक्रियका साथ अभियान संचालन गर्नु पर्ने धारणा राख्नु हुन्छ नेकपा माओवादी केन्द्र धनकुटका इञ्र्चाज उज्वल किराती । नेपालको संविधान २०७२ ले प्रदेश सभाले प्रदेशको राजधानी र नामाकरण गर्ने अधिकार दिएकाले अव प्रदेश सभाका सांसदहरुसंग लविग गर्नुपर्ने विचार व्यक्त गर्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का धनकुटा अध्यक्ष तथा केन्द्रिय सदस्य कुमार वहादुर थापा ।

१ नम्वर प्रदेशको राजधानी धनकुटालाई बनाउन अव १ नम्वर प्रदेशका १४ वटै जिल्लाका प्रदेश सभाका सांसदहरुसंग छलफलगरी समर्थन जुटाउनु पहिलो काम भएकोले अव त्यस अभियानमा तत्काल लाग्नु पर्ने वताउनु हुन्छ नेपाली कांग्रेसका यूवा नेता तथा जिल्ला कार्य सम्पादन समितिका सदस्य निर्मल ओझा धनकुटालाई राजधानी बनाउन आन्दोलनसंग संर्गै अव प्रदेश नम्वर १ का सवै जिल्लामा छफल तथा अन्र्तक्रिया गरी त्यहाको जनसर्मथन बटुल्नु पर्ने त्यसका लागी समिति बनाएर तत्काल परिचालित हुनु पर्ने धनकुटा राजधानी निमार्ण समतिका अभियान्त युवराज घिमिरेले बताए ।

अव सवै एकजुट भएर धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउन प्रदेश सभाका सांसदहरु र नेताहरुसंग व्यापक छलफल गर्नेका लागी अभियान संचालन गर्नु पर्ने वताउछिन नेकपा माओवादी केन्द्र धनकुटका नेतृ गिता खेवा । प्रादेसिक राजधानीको माग गर्दै धनकुटामा भैरहेको आन्दोलन सरकारको निर्णयले चर्किदै गएपछि प्रहरीको लाठी प्रहार पछि नेपाली कांग्रेसकाका कोषाध्यक्ष दिनेश राई, आन्दोलन परिचालन समितिका संयोजक सुन्दर वाबु श्रेष्ठ, नेपाल तरुण दलका क्षेत्रिय अध्यक्ष तिलक महत, अभियान्तहरु जेसिस श्रेष्ठ,जयन्द्र प्रधान, धनकुटा वहुमुखी क्याम्पसका प्रध्यापक रमेश अमात्य, नरेश पाख्रिन लगायत दुई दर्जन अभियान्तहरु घाईते भएका छन् ।

आन्दोलनको क्रममा सरकारी मोटर साईकल, जिल्ला प्रहरी कार्यालय धनकुटाको गाडी लगायत आधा दर्जन सकारी गाडीहरुमा ढुंगा प्रहार गरी क्षती भएको छ भने भवन डिभिजन कार्यालय, क्षेत्रिय प्रशासन कार्यालय धनकुटा, उच्च अदालतको बेच्च कार्यालय धनकुटा, धनकुटा नगरपालिकाको भवनमा क्षती पुगेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद उप्रेतीले बताए । सकारलाई सात दिने अल्टिमेट दिदै सात दिनको लागी दैनिक एक घण्टा चक्का चाम र रिले अनसन गरिरहेको यदी सरकारले सात दिन सम्म पनि माग पुरा नगरे पुन माघ १५ गते पछि सशक्त आन्दोलन गरने आन्दोलन परिचालन समितिका संयोजक सुन्दर वाबु श्रेष्ठले बताए ।

आन्दोलनलाई सफल बनाई धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउन जस्तो सुकै मल्य चुकाउन पनि धनकुटेलीहरु तयार रहेको प्रादेसिक राजधानी धनकुटा अभियान आर्थिक समितिका संयोजक राजु श्रेष्ठले बताए । पहाडको पानी र जवानीलाई पहाडमानै सहीरुपमा सदुपयोगरी समग्र नेपालको विकास र समृद्धी गर्न सरकारले तराईका साथै पहाड र हिमालमा पनि विशेष योजनाका साथ अव प्रदेशहरुको राजधानी पनि पहाडमा पनि राख्नु अपरिहार्य भएकोले प्रदेश सभाका सदस्यले विशेष ध्यान पु¥याउनु आजको महत्वपूर्ण आवाश्यकत्ता हो । धनकुटा र दिपायललाई अन्याय र अपमान गर्दै सरकाले पुरै पहाडलाई रित्ताउने र मास्ने काम गरेले अव पहाडलाई बचाउन सवै एक भएर लाग्नु पर्छ पहाड बाच्यो भने मात्र तराई, हिमाल पनि बाच्न सक्छ पहाडको न्यायका लागी हिमाल र तराई पनि अव जाग्नुपर्छ ।

सम्बन्धित समाचार

व्यापारीलाई पोष्न खोपमा भ्रष्टाचार गर्दा कोरोना संक्रमितले ज्यान गुमाउनु पर्यो, ओलीले राजिनामा दिनु पर्छ
व्यापारीलाई पोष्न खोपमा भ्रष्टाचार गर्दा कोरोना संक्रमितले ज्यान गुमाउनु पर्यो, ओलीले राजिनामा दिनु पर्छ
  • २०७४ माघ १५, ०९: ४५: ०४

प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा प्रस्तुत गर्नु भएको विश्वासको मत लिने प्रस्तावको विषयमा आफ्नो मत राख्दै प्रमुख प्रतिपक्षी दलका नेता...

कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
  • २०७४ माघ १५, ०९: ४५: ०४

१.कोभिड—१९को दोस्रो छालले नेपाललाई पनि छोप्यो भने हुन्छ । विश्वका देशहरुमा कोरोनाका भाइरसहरुले विभिन्न रुप लिएर विस्तारित हुन थालेका समाचारहरुले...

पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
  • २०७४ माघ १५, ०९: ४५: ०४

१. नेपालमा प्रजातन्त्रको स्थापना, पुनस्र्थापना र फेरि पुनस्र्थापनाका घटनाहरुको कडीमै २०६३साल वैशाख ११ गते आएको थियो, जुन दिन जनताको आन्दोलनको...

भर्खरै

TOP