May 10, 2021, Monday

ज्योति लाइफको आइपीओ ६६ करोड

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको माघ १० गते बसेको प्रथम वार्षिक साधारणसभाले ६६ करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । ज्योति लाइफ बुधवार कम्पनी रजिष्टर्ड कार्यालय पोखरामा सम्पन्न सभाले सर्वसाधारणका लागि छुट्ट्याइएको उक्त रकम बराबरको शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै,संस्थापक समूहबाट चार जना सञ्चालकको चयन गर्ने प्रस्तावसमेत पारित गरेको छ । सभाबाट पशुपति मुरारका, नन्दकिशोर शर्मा, आकाश गोल्छा र शर्मिला श्रेष्ठ महर्जन निर्विरोध सञ्चालकमा निर्वाचित भएका छन् । त्यसैगरी, सभाले सञ्चालक समितिको प्रतिवेदन, आव २०७३र७४ को लेखा परीक्षण प्रतिवेदन, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरणसमेत पारित गरेको छ । कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै जारी पुँजी २ अर्ब २० करोड मध्येसंस्थापकबाट ७० प्रतिशतले हुने रकम १ अर्ब ५४ करोड चुक्ता पुँजी रहेको यस कम्पनीले ६६ करोड रुपैयाँको सर्वसाधारणको लागि शेयर जारी गर्ने निर्णय गरेको हो ।
गत बैशाख १४ गते कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएको ज्योति लाईफले भदौ १९ गते सञ्चालनको अनुमति पाएको थियो । कम्पनी असोज ८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको थियो । ४२ जना प्रबद्र्धक रहेको ज्योती लाइफको अध्यक्षमा नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका रहेका छन् । इन्स्योरेन्सको १० वटा शाखा सञ्चालनमा रहेका छन् ।

सम्बन्धित समाचार

सेनाको हेलिकोप्टरले कोरोना संक्रमित नबोक्दा निजीले अकुत असुल्दै, सरकार किन मौन ?
सेनाको हेलिकोप्टरले कोरोना संक्रमित नबोक्दा निजीले अकुत असुल्दै, सरकार किन मौन ?
  • २०७४ माघ १५, ०९: ५७: ४४

नयाँ बिकल्प,काठमाडौं । कोरोना संक्रमितको संख्या ग्रामिण क्षेत्रमा समेत बढ्दै जाँदा लकडाउनले यातायातको साधन नपाएका बिरामीबाट निजी क्षेत्रका हेलिकप्टर कम्पनीले...

जुम्लामा साना जलविद्युत प्लान्ट पुननिर्माणको उद्घाटन, भारतीय सरकारको २ करोड ६३ लाख सहयोग
जुम्लामा साना जलविद्युत प्लान्ट पुननिर्माणको उद्घाटन, भारतीय सरकारको २ करोड ६३ लाख सहयोग
  • २०७४ माघ १५, ०९: ५७: ४४

नयाँ बिकल्प,काठमाडौं – कर्णाली प्रदेशको जुम्ला जिल्लास्थित चन्दननाथ नगरपालिकामा साना जलविद्युत प्लान्टको पुनस्र्थापना कार्य सम्पन्न भएको छ । भारत सरकारको...

अध्यागमन विभागले दुःख दिन थालेपछि नेपाल छाड्ने तयारीमा बैदेशिक लगानीकर्ता
अध्यागमन विभागले दुःख दिन थालेपछि नेपाल छाड्ने तयारीमा बैदेशिक लगानीकर्ता
  • २०७४ माघ १५, ०९: ५७: ४४

काठमाडौं । मुलुकले बढ्दो बैदेशीक व्यापार घाटा र बेरोजगारी समस्या भोग्दै आएकाले त्यसको न्यूनीकरण गर्न सरकारले वैदेशिक लगानी भित्र्याउन प्राथमिकता...

भर्खरै

TOP