May 10, 2021, Monday

आठौं बिन्ध्यवासिनी म्युजिक अवार्ड

गीतकार रत्न शमशेरलाई लाईफ टाईम अवार्ड
काठमाडौं । विन्ध्यवासिनी म्युजिक फाउन्डेसनद्धारा आयोजित आठौं विन्ध्यवासिनी म्युजिक अवार्ड समारोहमा शनिबार राजधानीमा एक समारोहबीच अग्रज गीतकार रत्न शमशेर थापालाई ५१ हजार १ सय ५१ रुपैयाँसहितको ‘विन्ध्यवासिनी म्युजिक लाइफ टाइम एचिभमेन्ट अवार्ड–२०७४’ बाट सम्मानित गरिएको छ । करिब पाँच सय ओटा कालजायी गीत लेखिसकेका रत्न शमशेरलाई नेपाली सुगमसंगीत क्षेत्रमा विगत ६ दशकदेखि निरन्तर गीत लेख्दै पु¥याएको योगदानको कदरस्वरूप आयोजक संस्थाका तर्फबाट सो अवार्ड प्रदान गरिएको सो कार्यक्रममा जानकारी गराईयो । उनको सम्मानमा गायक सुरजकुमार थापा र अजर जंगमले रत्न शमशेरका आधा दर्जन कालजयी गीतहरू सो कार्यक्रममा सुनाएका थिए ।
भव्यताका साथ सम्पन्न सोही समारोहमा विन्ध्यवासिनी संगीत फाउन्डेसनका तर्फबाट हरेक वर्ष प्रदान गरिँदै आएको ‘विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान पुरस्कार–२०७४’बाट यसपटक राजधानी दैनिकका पत्रकार डब्बु क्षत्रीलाई प्रदान गरियो । विगत २६ वर्षदेखि संगीत पत्रकारितामा योगदान पु¥याएको भन्दै २५ हजार ५ सय २५ रुपैयाँसहित २०७४ सालको सो पुरस्कार प्रदान गरिएको हो । यस्तै गायिका रिमा गुरुङ होडालाई सोही कार्यक्रममा १५ हजार ५ सय १५ रुपैयाँसहितको यो वर्षको विन्ध्यवासिनी संगीत रत्न सम्मान–२०७४ र चलचित्र निर्देशक कलाकार सुदर्शन थापालाई १० हजार १ रुपैयाँसहितको विन्ध्यवासिनी चलचित्र सम्मान–२०७४ बाट सम्मान गरियो । रिमाको सम्मानमा गायिका टिका प्रसाईंले उनको एउटा गीत सो कार्यक्रममा प्रस्तुत गरिन ।
आठौं विन्ध्यवासिनी म्युजिक अवार्डमा यसपटक विभिन्न ३२ विधामा प्रदान गरियो । सो समारोहमा यस वर्षको सुगम संगीततर्फ रामकृष्ण ढकालको म हुरीमा दियो बलेको देख्छु…गीतले तीन ओटा अवार्ड चुम्दै ह्याट्रिक गरेको छ । यो गीतबाट सुगम संगीत सर्वोत्कृष्ट गायन पुरुषतर्फ रामकृष्ण ढकालले, सुगमसंगीत सर्वोत्कृष्ट गीत रचनातर्फ रमेश बीजीले र सुगम संगीत सर्वोत्कृष्ट संगीतकारतर्फ राजेश थापाले विन्ध्यवासिनी अवार्ड प्राप्त गरे । गायक रामकृष्ण ढकालले नै गीतिसंग्रह आवरणबाट वर्षको सर्वोत्कृष्ट एल्बमको अवार्ड प्राप्त गरे ।
राजधानीको आर्मी अफिसर्स क्लबमा आयोजना गरेको ‘आठौं मुक्तिनाथ विकास बैंक विन्ध्यवासिनी म्युजिक अवार्ड–२०७४’मा सुगम संगीत सर्वोत्कृष्ट गायन महिलातर्फको अवार्ड फुल्नु भन्दा‘गीतबाट श्रेयशी चेम्जोङ लिम्बूले, सुगम संगीत सर्वोत्कृष्ट गीतको अवार्ड आज फेरि‘बाट वीरेन्द्र पाठकले, सुगम संगीततर्फ नै ध्वनि मुद्रणको अवार्ड दर्शन नमस्ते‘बाट साजन शाहले प्राप्त गरे ।
सुगम संगीततर्फ नै महिला गीतकारको विन्ध्यवासिनी अवार्ड तिम्रो माया पाउन‘बाट चन्द्रज्योति आलेले, सुगम संगीत संयोजनतर्फको अवार्डसँगै बाँच्ने कसम‘बाट कमल सौरागले, युगल गायनतर्फको अवार्ड तिमीले सम्झेर‘गीतबाट एस राजकुमार र मेलिना राईले र सुगम तथा पप गायन नवप्रतिभाको अवार्ड निष्ठुरीले मान्दै मान्दिन‘गीतबाट गुणराज श्रेष्ठले सो समारोहमा हासिल गरे ।
यस्तै सुगम संगीत म्युजिक भिडियोतर्फ छायाकारको अवार्ड अपूरै भो‘को भिडियोबाट राजेश घिमिरेले, सम्पादनको अवार्ड मनमा कुरा‘को भिडियोबाट दीपक विष्टले, निर्देशनको अवार्ड रातो रातो खुर्सानी‘को भिडियोबाट क्रान्ति केसीले र सुगमसंगीत म्युजिक भिडियो मोडलको अवार्ड बाल मतलब‘गीतको भिडियोबाट दुर्गेस थापा र रोसिना एलसीले जिते । यस्तै चलचित्रतर्फ सर्वोत्कृष्ट संगीतकारको अवार्ड छक्का पञ्जाको पूर्व–पश्चिम रेल‘गीतबाट राजनराज सिवाकोटीले, सर्वोत्कृष्ट चलचित्र गायन पुरुषको अवार्ड चलचित्र दर्पणछाया–२ को दर्पणमा छाया‘गीतबाट राजेशपायल राईले र सर्वोत्कृष्ट चलचित्र गायन महिलाको अवार्ड लुट–२ को ठमेल बजार‘गीतबाट मिना निरौलाले प्राप्त गरिन् । लोकदोहोरी तर्फ सर्वोत्कृष्ट लोकदोहोरी गायकको अवार्ड उही खोलीमा पानी‘बाट राजन गुरुङले, लोक दोहारी गायिकाको अवार्ड हैन अरूको‘गीतबाट शर्मिला गुरुङले, लोकदोहोरी भाकाको अवार्ड जवानीमा धक्का‘गीतबाट कस्तुप पन्तले, लोकदोहोरी रचनाकारको अवार्ड मेरो झल्को‘गीतबाट प्रल्हाद सुवेदीले, लोकदोहोरी संगीतकारको अवार्ड लाली जोवन‘गीटबाट एकनारायण भण्डारीले र लोकदोहोरी नव प्रतिभाको अवार्ड जुल्फी कपाल‘गीतबाट युवराज मगरले हासिल गरे । यस्तै लोकदोहोरी म्युजिक भिडियो निर्देशनको अवार्ड तामे करुवा‘को भिडियोबाट प्रकाश भट्टले, लोकदोहोरी म्युजिक भिडियो मोडलको अवार्ड नबोल्देउ रिसाएर‘गीतको भिडियोबाट देवेन्द्र क्षत्री र रूपा कँडेलले सो अवार्ड जिते ।
सर्वोत्कृष्ट पप संगीततर्फ संगीतकारको अवार्ड भुल्यौकी भुलेकी‘बाट राजु सिंहले, सर्वोत्कृष्ट पप गायन पुरुषको अवार्ड तिम्रो तस्बिर‘बाट सुरजकुमार थापा, सर्वोत्कृष्ट पप गायन महिलातर्फको अवार्ड म पग्लन्छु‘बाट आकांक्षा बस्यालले हासिल गरिन् । यस्तै राष्ट्रिय भावनाको गीतको अवार्ड बुद्ध खेल्ने आँगन‘बाट विष्णु पौडेलले हासिर गरे ।
सोही कार्यक्रममा विन्ध्यवासिनी म्युजिक जुरी अवार्ड गायक अजर जंगम, पब्लिक च्वाई अवार्डबाट मोडलद्वय सारिका केसी र बिमल अधिकारी र विन्ध्यवासिनी अन्तर्राष्ट्रिय संगीत सम्मानबाट गायक डीआर अटु सम्मानित भए । सर्वोत्कृष्ट म्युजिक कम्पनीको अवार्ड भावना म्युजिक सोलुसनले प्राप्त ग¥यो । चलचित्र निर्देशक दिनेश डीसीले सञ्चालन गरेको सो अवार्ड समारोहमा कलकारहरू राजेशपायल राई, मनोजराज, सीडी विजयलगायतका कलाकारले आफ्ना चर्चित गीत सुनाए । यस्तै शंकर बीसी, दुर्गेस थापा, दिपाशा बीसीलगायतले कार्यक्रममा प्रस्तुत गरेको नृत्यले पनि अवार्ड समारोहको रौनकता बढाएको थियो ।

सम्बन्धित समाचार

‘माया बैगुनी’ नामक भिडियो सार्वजनिक
‘माया बैगुनी’ नामक भिडियो सार्वजनिक
  • २०७४ पुष १७, ०९: ०२: २२

काठमाडौं । न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेले ‘मायाँ बैगुनी’ नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।उक्त गीतमा बसन्त सापकोटाको शब्द,...

‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक
‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक
  • २०७४ पुष १७, ०९: ०२: २२

काठमाडौँ । गीतकार सुमन योञ्जनको शब्द, गायिका दिपा लामा र गायक सुमन केसीको युगल स्वरमा रहेको ‘फिदा’ बोलको म्युजिक भिडियो...

डिजिटल बजारमा ‘मैना’
डिजिटल बजारमा ‘मैना’
  • २०७४ पुष १७, ०९: ०२: २२

काठमाडौं–प्रतिभाशाली युवा कलाकार बिज्ञान र मोडेल गरिमा शर्माको दमदार अभिनय रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘ुमैना’ डिजिटल बजारमा सार्वजनिक भएको...

भर्खरै

TOP