May 10, 2021, Monday

एमाले–माओवादी पार्टी एकीकरणले निम्त्यायो रडाको

बामहरुको एकतामा बढ्दो आशंका
काठमाडौं । नेपालमा भएका ठूला राजनैतिक आन्दोलनहरु जेठो पार्टी कांग्रेस विना परिवर्तन भएको देखिदैन । इतिहासदेखि २०४६ सालको जनआन्दोलन हुँदै ०६२÷०६३ को दोस्रो ठूलो जनआन्दोलनमा नेतृत्व प्रदान गरेर संविधानसभा निर्वाचनको निर्णयबाट राजनैतिक निकास दिन अब्बल भूमिका खेलेको कांग्रेसले उसकै नेतृत्वमा बनेको सरकारले मात्र दोस्रो संविधान सभाको निर्वाचन पश्चात संविधान घोषणा गर्न सफल भएको थियो । नयाँ संविधान घोषणा अगावै गणतन्त्र स्थापना, धर्म निरपेक्षता लगायत अग्रगामी राजनैतिक निर्णयमा कांग्रेसको अहम भूमिका रहेको कारण नेपालको राजनैतिक परिवर्तन सम्भव भएको हो । कांग्रेसले अख्तियार गरेको हरेक राजनैतिक निर्णयले मात्र देशले निकास पाएको घटनाक्रमले बताइरहेको छ ।
संविधान कार्यान्वयन गर्नेदेखि स्थानीय निर्वाचन हुँदै प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्म आईपुग्दा पार्टी हार्दा पनि लोकतन्त्रको संस्थागत विकासका लागि वर्तमान संविधान कार्यान्वयन गराउने कुरामा कांग्रेसले आफ्नो भूमिकामा कतै कहि पनि सम्झौता गरेको छैन । तर पनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भने आफ्नै आन्तरिक कारणबाट दोस्रो हुन पुगेको छ । नयाँ पार्टीहरु जति आए पनि वा पुरानाले जनतामा जति भ्रम पैmलाए पनि कांग्रेसप्रति जनताको विश्वास घटेको छैन । उदाहरणको रुपमा समानुपातिक निर्वाचन प्रणालीलाई हेरे पुग्छ किनभने समानुपातिकमा जनताले मत नदिएको भए ३१ लाख मत आउन सम्भवन थिएन । पार्टी मन परेको तर पार्टीको नेतृत्वदायी भूमिकामा बसेका नेताहरुको कारण जनताको मत कुडिएको देखिन्छ ।

अझै पनि कांग्रसले आफ्नो आन्तरिक व्यवस्थापनमा सुधार गर्न सकेको खण्डमा कांग्रेसको साथमा जनमत पुनः जस्ताको त्यस्तै फर्कन सक्छ । तर कांग्रेस भने अभैm पनि गुट र उपगुट तथा सत्ता मोहबाट बाहिर निस्कन सकेको देखिंदैन । निर्वाचन भए पश्चात कांग्रेस सत्तामा बसिरहेको जनताले मन पराईरहेका छैनन् । किनभने कांग्रेसका आम कार्यकर्ता जनमतको कदर गर्ने पक्षमा अडिग छन् । केही स्वार्थी र पद लोलुपता भएका बाहेक आम कांग्रेस कार्यकर्ता दुई बाम गठबन्धनको सरकारको गतिविधि हेर्न चाहिरहेका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पश्चात एउटा वाम घटक एमाले सबैभन्दा ठूलो पार्टीको रुपमा जनताबाट अनुमोदित भएको छ । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन हुने पक्का भएपछि वाम घटकहरु एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । त्यही अनुसार ६० र ४० को भागवण्डामा चुनाव लडेका कारण एमालेले आफ्नो पक्षमा बढी सिट सुरक्षित गर्न सक्यो भने माओवादी एमालेको भन्दा निकै तल प¥यो । दुई कम्युनिष्ट धारका दुई पार्टी आ–आफ्नै राजनैतिक एजेण्डा बोकेर नेपालको राजनीतिमा आएता पनि पछिल्लो घटनाक्रम हेर्दा भविष्यमा भने निकै क्षति व्यहोर्नुपर्ने अनुमान राजनैतिक विश्लेषकहरुले गर्न थालेका छन् ।

अहिले जुन सत्ताका लागि मात्र गठबन्धन बनाएको र पदको वार्गेनिङ्ग छताछुल्ल भएको छ यसले गठबन्धन लामो समय नटिक्ने अनुमान गरिँदै छ । किनकी एउटा दल जो हिजो सशस्त्र द्वन्द्व गरेर साम्यवादी चिन्तनबाट अभिप्रेरित भएको पार्टी जसले सशस्त्र द्धन्द्धका बेलामा करिब १७००० नेपाली जनताको अनाहकमा ज्यान लियो, हजारौं अगंभंग भए, हजारौंको आफन्त बेपत्ता भएका गुनासो जहाँको त्यही छ । त्यस्तो पार्टीसँग गठबन्धन गर्ने पार्टी नै एकीकरण गर्ने निर्णय गरेको एमालेसँग पनि द्वन्द्वपीडितहरुले हिसाब किताब गर्न सक्छन् । दुई वटा दर्शनबाट नेपालको राजनीतिमा उदय भएका यी दुई पार्टीको पार्टी एकता अगावै विभिन्न खाले राजनैतिक अड्कल बाजी गरिदै छ । जसले हिजो सशस्त्र द्धन्द्धको बेलामा एमाले र कांग्रेसका कार्यकर्ताहरुलाई छानी छानी हत्या ग¥यो ।

तिनका आफन्तले आज पनि माओवादी नेताहरुसँग त्यही प्रश्न गरिरहेका छन् की हाम्रा श्रीमान्, छोरोछोरी खोई ? किन हत्या ग¥यौं ? चितवनको बाँदरमुढे घटनामा तीन बुँदेृ सम्झौता नभएसम्म पुष्पकमल दाहाललाई भोट माग्न गाउँ पस्न समेत नदिएको घटना ताजै छ । त्यही प्रश्न अब एमालेका नेतालाई सोध्दा एमालेले जवाफ दिनसक्नुपर्दछ । उक्त केन्द्रबाट भएको जबरजस्ती एकता कति स्थानहरुमा निर्वाचनको समयमा तोकिएकोले अहिले पनि गाउँघरमा एमाले र माओवादी नेता तथा कार्यकर्ताको बोलचाल नभएको स्थिति छदैछ । कार्यकर्तालाई थामथुम पार्न माओवादी पार्टीले गाउँ÷वडा स्तरसम्म विभिन्न पद बाडेको तर एमालेमा त्यस्तो संरचना नभएको हुँदा गाउँ स्तरसम्म पदीय जिम्मेवारीमा व्यापक असन्तुष्टि हुँदै कार्यकर्ताबीचको मनमुटावले नराम्रो स्थिति पैदा हुने सम्भावना टड्कारो देखिन्छ ।
नेपालको राजनैतिक चतुर खेलाडीका रुपमा चर्चित शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्ड माओवादी पार्टीको अवस्था निकै कमजोर हुँदै गएको अवस्थामा उनले आफू मात्र भए पनि राजनीतिमा टिकी राख्न आफ्नो पार्टी एमालेमा विलय गराउन खोजेको आरोप छ । किनभने पहिलो संविधान सभामा देशैभर अहिले भन्दा बढी दवदवा भएको बेलामा पनि माओवादी पार्टीको २२० सिट आएको र उसले त्यतिबेला बोकेको संविधान सभा निर्वाचन आफ्नो मात्र एजेण्डा भनिरहँदा पनि बहुमत ल्याउन नसकेको, माओवादी पार्टी टुट्दै जाने र जोडिदै जानेक्रम जारी रही रह्यो । त्यसपछिका हरेक निर्वाचनमा माओवादी पार्टी झन झन् खस्कियो । संविधान घोेषणा भएपछिका निर्वाचनहरुमा एउटा न एउटाको बैशाखीको सहारा नलिई निर्वाचनमा होमिन सकेन । स्थानीय निर्वाचनमा कांग्रेसको संयुक्त सरकारमा त्यसमा पनि पहिलो थियो तर सरकारको नेतृत्वमा रहेको कांग्रेससँग गठबन्धन गर्दा पनि स्थानीय निर्वाचनमा नराम्ररी पछारिन पुग्यो ।

चितवनको गाईजात्रा सबैले देखेको कुरा हो । त्यसैले गर्दा पनि प्रचण्डजीलाई नेपाली राजनीतिमा थमौती हुनका लागि पनि कहि न कहिको सहारा लिनुपर्ने बाध्यता रहँदै आएको छ । जे होस् दुई पार्टी एकता गर्नका लागि गत असोजको १६ गते नै एमाले माओवादी केन्द्रबीच एकता गर्ने घोषणा भएपनि कुन मोडेलमा समायोजन गर्ने, कस्तो पार्टी बनाउने नाम के राख्ने विषयमा कसिलो अवधारणा बनाउन सकेको छैन । बल्ल निर्वाचन पछि पौष १२ गते ओली निवास दुई पार्टी अध्यक्षबीच भएको वार्ता पनि सरकार निर्माण र राष्ट्रिय सभा निर्वाचन अध्यादेशको विषयमा मात्र कुराकानी भएको स्रोतको भनाई छ । यसअघि दुई पार्टी एकीकरणको खाका तयार पार्ने जिम्मा पाएका नेताहरु पनि पार्टी अध्यक्षहरुको निर्देशन नपाएका कारण अलमल्ल परेका छन् ।

निर्वाचन अगावै सो कार्य दलले सफल बनाएर पार्टीको विधान संशोधनदेखि लिएर संगठनात्मक स्वरुप तयार पार्न जिम्मा पाएको भएता पनि पौषको आधा आधीसम्म कुनै कामको थालनी नभएपछि एकीकरण हुनेमा संका पैदा हुन थालेको छ । पछिल्लो समय माओवादी केन्द्रले राष्ट्रपति एमालेको हुँदा एकीकृत पार्टीको अध्यक्ष र सभामुख आफ्नो भागमा पर्नुपर्ने अडान राखेपछि दुई पार्टीको एकता भाडभैलोतिर जान थालेको राजनैतिक वृत्तमा चर्चा चल्न थालेको छ । उता एमाले पार्टीका शिर्ष नेताहरुबाट पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री के.पी ओली नै हुनुपर्ने दाबी गर्दै आएका छन् भने माओवादी केन्द्रका नेताहरुले एमालेमा भागवण्डा नमिलाई एकीकरण गर्न नहुने अडान दोहो¥याउँदै आएका छन् ।
यद्यपी दुई दल एक आपसमा ‘मर्ज’ हुन् त्यतिको सहज नहुने राजनैतिक विश्लेषणहरु बताउँछन् । किनकी तल्लोस्तरदेखि माथिल्लो स्तरसम्म पदीय जिम्मेवारी, पार्टीको अन्तर्राष्ट्रिय छबि, पार्टीको सम्पती लगायत व्यवस्थापनको कार्य भन्ने बित्तिकै हुने कुरा नभएको हुँदा तत्काल दुई नेताले भाषण गर्दैमा एकीकरण सहज नहुने पार्टी कार्यकर्ताहरु नै बताउँछन् । फेरी अधिकांश माओवादी नेता तथा कार्यकर्ताहरुको एमालेमा विलिन हुनु भनेको पार्टी सकिनु हो भन्ने तर्क रहेको छ । त्यसैले माओवादी केन्द्रका अधिकांश केन्द्रीय नेताहरु सम्मानजनक एकीकरणको खोजीमा छन् । तर एमाले भित्रको एउटा गुटले कुनै हालतमा पनि तीन वटै पद नदिने र पार्टीमा पनि सम्मान जनक पद बाँडफाँड नगर्ने पक्षमा पुगेका एमालेका एक नेताले बताए ।

सम्बन्धित समाचार

नेपाल-खनाल समुह बैठकः   ओलीलाई  विश्वासकाे मत नदिने निर्णय
नेपाल-खनाल समुह बैठकः ओलीलाई विश्वासकाे मत नदिने निर्णय
  • २०७४ पुष १७, ०९: ३१: ०४

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने बैठकमा नेकपा एमालेकाे माधव कुमार नेपाल- झलनाथ खनाल समुहले बहिस्कार...

एसईई र कक्षा १२ को परीक्षा स्थगित
एसईई र कक्षा १२ को परीक्षा स्थगित
  • २०७४ पुष १७, ०९: ३१: ०४

नयाँ विकल्प, काठमाडाैं-यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल...

नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
  • २०७४ पुष १७, ०९: ३१: ०४

नयाँ विकल्प, काठमाडाैैं- नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको...

भर्खरै

TOP