May 14, 2021, Friday

राष्ट्रपतिमा फेरी पुटिनकै दाबी

मस्को रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनले विहीबार फेरी उम्मेदवारी दर्ता गराएका छन् । आउदो बर्ष सन् २०१८ मा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि उनले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।
उनको उम्मेदवारीलाई देशका धेरै राजनीतिज्ञहरु, सार्वजनिक ख्यातीप्राप्त व्यक्तिहरू र खेल क्षेत्रका अगुवाहरूको समर्थन रहेको बताइएको छ । पुटिनले केन्द्रीय निर्वाचन आयोगमै पुगेर आफ्नो राहधानी र आवश्यक पर्ने हस्ताक्षर समेत बुझाएका छन् । रसियामा तानाशाही जोसेफ स्टालिनले सबैभन्दा धेरै समय शासन गरेका थिए भने त्यसपछि धेरै पुटिनले शासन गरेका छन् । लामो समय रसियाको सत्ताको नेतृत्व गरेका ६५ बर्षिय पुटिन अहिलेको निर्वाचनमा पनि विजयी भएमा २०२४ सम्म रुसको राष्ट्रपति बन्ने छन् ।
यस पटक पनि एक दिन अगाडी ख्याती प्राप्त व्यक्तिहरु, राजनीतिज्ञहरु र खेल क्षेत्रका अगुवाहरु गरी झण्डै छ सय जनाले पुटिनको उम्मेदवारीका लागि एकै ठाँउमा भेला भएर समर्थन जनाएका थिए । यसै हप्ताको सुरुमा निर्वाचन अधिकारीहरुले प्रमुख प्रतिपक्षी दलका नेता एलेक्सी नाभाल्नीलाई उम्मेदवार बन्न अयोग्य ठहर गरेका थिए । उनीहरुको निर्णयलाई नेता एलेक्सीले भने राजनीतिक पुर्वाग्रहबाट प्रेरित भएर गरिएको आरोप लगाएका छन् ।

सम्बन्धित समाचार

मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
  • २०७४ पुष १७, ०९: ४८: ५३

नयाँ विकल्प, एजेन्सी- भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा उपचाररत् २२ जनाको मृत्यु भएको छ। नासिक...

फर्जी मतदाता बनाएर चुनाव गराउन खाेजेपछि एनआरएन अमेरिका विघटन गर्ने आईसिसिको चेतावनी
फर्जी मतदाता बनाएर चुनाव गराउन खाेजेपछि एनआरएन अमेरिका विघटन गर्ने आईसिसिको चेतावनी
  • २०७४ पुष १७, ०९: ४८: ५३

नयाँ बिकल्प,काठमाडौं –गैरआवासीय नेपाली संघ राष्ट्रिय कार्यसमिति अमेरिका फेरि अप्रमाणित मतदाता तयार गरी जवर्जस्ती चुनाव गराउन खोजेपछि विघटनको संघारमा पुगेको...

महामारीबिरुद्ध लड्न भारतले ८० बढी देशमा खोप दिएको दाबी
महामारीबिरुद्ध लड्न भारतले ८० बढी देशमा खोप दिएको दाबी
  • २०७४ पुष १७, ०९: ४८: ५३

नयाँ बिकल्प, काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणको बिरुद्ध भारत सरकारले विश्वका सिंगो समुदायलाई खोप बितरण गरेको...

भर्खरै

TOP