March 8, 2021, Monday

साम्राज्ञीलाई बेलायतको टुरिष्ट भिषा सुरु भयो इन्टु मिन्टु लन्डनमा

काठमाडौं । बेलायतको मल्टिपल भिषाको लागि दुई पटकसम्म रद्ध भएकी अभिनेत्री साम्राज्ञ राज्यलक्ष्मी शाह तेस्रो पटक टुरिष्ट भिषा लिन बाध्य भएकी छिन् । त्यो पनि फिल्म निर्माण कम्पनीले आफ्नो ग्यारेन्टीमा चलचित्र इन्टु मिन्टु लन्डनमाको लागि उनलाई टुरिष्ट भिषा दिलाएको हो ।
बेलायतमा पाँच वर्षको लागि मल्टिपल भिषाको लागि कागजपत्र प्रस्तुत गरेकी अभिनेत्री साम्रज्ञी राज्यलक्ष्मी शाहले मल्टिपल भिसा नपाएपछि चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को छायाँकन ६ महिना यताबाट रोकिएको थियो ।
उनले दोस्रो पटकको प्रयासमा पनि मल्टिपल भिसा नपाएपछि अन्तत निर्माता प्रभु शमशेर जबराले आफ्नो कम्पनीको व्यानरमा साम्राज्ञीलाई टुरिस्ट भिसा (पर्यटक प्रवेषाज्ञा)मा यसै साता बेलायत छिराएका छन् । निर्माता जबराको कम्पनीले पुरा जिम्मा लिएपछि बेलायतका लागि साम्राज्ञीको भिषा तेस्रो पटकमा लागेको छ । यस पटक उनी पर्यटकका रुपमा बेलायत छिरेकी हुन् ।
साम्राज्ञी बेलायत पुगेपछि चलचित्र इन्टु मिन्टुको छायाँकन सुरु भएको छ । टुरिष्ट भिषामै यस अघि यो चलचित्रका अभिनेता धिरज मगर र निर्देशक रेनेसा बान्तवा राई लन्डन पुगिसकेका थिए ।
यो चलचित्रलाई अब दुई सिजनमा छायाँकन गरिने छ । पहिलो सिजनको हिउँदको छायाँकन सकेर कलाकारहरु तीन सातामा काठमाडौं फर्कने छन् । त्यसपछि अर्को सिजनको छायाँकनलाई फेरी कलाकार बेलायत जाने निर्माण पक्षले जनाएको छ । यो फिल्मलाई आगामी असारसम्म रिलिज गर्ने लक्ष्य निर्माण कम्पनीको छ ।

सम्बन्धित समाचार

डिजिटल बजारमा ‘मैना’
डिजिटल बजारमा ‘मैना’
  • २०७४ पुष २४, ०९: ३०: ३६

काठमाडौं–प्रतिभाशाली युवा कलाकार बिज्ञान र मोडेल गरिमा शर्माको दमदार अभिनय रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘ुमैना’ डिजिटल बजारमा सार्वजनिक भएको...

शनि र समीक्षाको  ‘ज्यानमारा मुस्कान’ सार्वजनिक
शनि र समीक्षाको ‘ज्यानमारा मुस्कान’ सार्वजनिक
  • २०७४ पुष २४, ०९: ३०: ३६

काठमाडौँ । लोक स्टार विजेता गायक शनि विश्वकर्मा र समीक्षा अधिकारीको युगल गायनमा समावेश ुज्यानमारा मुस्कानु बोलको म्युजिक भिडियो सार्वजनिक...

“भ्यालेन्टाइन डे” मा भरिभराउ   सौराहा !
“भ्यालेन्टाइन डे” मा भरिभराउ सौराहा !
  • २०७४ पुष २४, ०९: ३०: ३६

नयाँ विकल्प चितवन- पर्यटकीय नगरी सौराहा प्रणय दिवस ( भ्यालेन्टाइन डे ) मा आन्तरिक पर्यटकले भरिभराउ भएको छ । शुक्रबार...

भर्खरै

TOP