May 14, 2021, Friday

देबीले ल्याए उपन्यास ‘मन’

काठमाडौं । लामो समय देखि पत्रकारितामा सम्लग्न लेखक देबी न्यौपानेले आफ्नो पहिलो उपन्यास ‘मन’ बिहिबार राजधानीमा सञ्चारकर्मीसँगको भेटघाटमा सार्वजनिक गरेका छन् । यो उपन्यास बिहिबारबाटै बजारमा पठाएको उनले सो भेटघाटका क्रममा जानकारी गराए ।
उपन्यास मनमा बाल विवाहपछि एउटी किशोर आमाले भोग्नु परेको समस्यासँगै उनको सँघर्षलाई मुख्य पात्र भावनाको दृष्टीकोणबाट परिवर्तन गरिएको पनि उपन्यासकार देबीले बताए,‘ उपन्यासकी म पात्र भावना पाँचथरको दुर्गम गाउँबाट उच्च शिक्षाका लागि काठमाडौं आएपछि उनको सँघर्ष र सफलताको कथामा यो उपन्यास केन्द्रित छ । उनले साधारण गाउँले युवतीबाट नायिकासम्म बन्दाको कथासँगै आफ्ना जीवनसँग जोडिएका अरु पात्रको कथा व्याथा पनि मुख्य पात्र भावनाले मनमा बाचन गरेकी छिन् ।’ देबीले भने । अहिलेको शहरीया समाजमा विवाह अघि युवा युवतीसँग बस्ने ‘लिभिङ टुगेदर’ प्रचलन र यसले निम्त्याएका बिसँगतिको कथा पनि उपन्यासले भन्ने उनले बताए । उपन्यासमा दुई दशकको काल खण्ड, यो अबधिमा मुलुकको राजनीतिक, आर्थिक, शैक्षिक परिवर्तन र त्यसले समाजमा पारेको प्रत्यक्ष प्रभावको सेरोफेरोमा उपन्यासको कथा केन्द्रित रहेको पनि देबीले जानकारी गराए । सौगात बुक्स प्रकाशनले बजारमा ल्याएको यो उपन्यासको मूल्य तीन सय रुपैयाँ राखिएको छ ।

सम्बन्धित समाचार

‘माया बैगुनी’ नामक भिडियो सार्वजनिक
‘माया बैगुनी’ नामक भिडियो सार्वजनिक
  • २०७४ पुष २४, ०९: ३६: ३३

काठमाडौं । न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेले ‘मायाँ बैगुनी’ नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।उक्त गीतमा बसन्त सापकोटाको शब्द,...

‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक
‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक
  • २०७४ पुष २४, ०९: ३६: ३३

काठमाडौँ । गीतकार सुमन योञ्जनको शब्द, गायिका दिपा लामा र गायक सुमन केसीको युगल स्वरमा रहेको ‘फिदा’ बोलको म्युजिक भिडियो...

डिजिटल बजारमा ‘मैना’
डिजिटल बजारमा ‘मैना’
  • २०७४ पुष २४, ०९: ३६: ३३

काठमाडौं–प्रतिभाशाली युवा कलाकार बिज्ञान र मोडेल गरिमा शर्माको दमदार अभिनय रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘ुमैना’ डिजिटल बजारमा सार्वजनिक भएको...

भर्खरै

TOP