May 11, 2021, Tuesday

नविल बैंककमा शाह पुनः भित्रियो

काठमाडौं । नविल बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल शाह नियुक्त भएका छन् । बैंकको विहिबार बसेको संचालक समिति बैठकले शाहलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । उनले फेब्रुअरी फागुन ५ गतेदेखि बैंकको सिइओ पद सम्हाल्नेछन् । शशिन जोशीले राजीनामा दिएपछि बैंकमा सिइओ पद खाली थियो । जोशीको राजीनामा फागुन ५ गतेदेखि लागु हुने गरि स्वीकृत भएको थियो । पुस १७ गतेबाट हाजिर हुने गरी सेन्चुरी बैकको नियुक्तिपत्र बुझेका शाहले तोकिएको तलब नपाएको भन्दै नविलमा सिइओ बन्न लबिङ गरेका थिए । मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत छँदै उनले सेञ्चुरी सञ्चालक समितिसँग चार बर्षका लागि करार सम्झौता गरेका थिए । सञ्चालक समितिले करारपत्रमा तोकेको तलव सुविधा राष्ट्र बैंकको निर्देशनले कम हुने भएपछि घटेको तलवमा शाह सेञ्चुरी गएनन् । सेञ्चुरीसँग शाहले मासिक १२ लाख बढि तलव सुविधाको सम्झौता गरेका थिए । राष्ट्र बैंकको तलव सुविधा सम्बन्धि निर्देशनले प्रमुख कार्यकारीलाई १२ लाख बढि तलव दिन सेञ्चुरीको वासलातको क्षमताले मिल्दैन । तलव घटेर ८ र ९ लाख रुपैयाँ हाराहरीमा आउँथ्यो ।
राष्ट्र बैंकको तलव सुविधासम्बन्धि मार्गदर्शन विपरित किन बढि दिएको भन्दै सेञ्चुरी बैंकलाई पत्र लेखेको थियो । बैंकले आगामी बर्षहरुमा हुने नाफा र मर्जरपछि बढ्ने क्षमताका आधारमा तलव १२ लाखमाथि तोकिएको जनाएको छ । शाहले नबिलबाटै करियर सुरु गरेका थिए । उनले त्यहाँ इन्टर्न गरेका थिए । त्यसपछि तत्कालिन ग्रीन्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा गएका थिए । त्यहाँबाट नबिलमा महाप्रबन्धकका रुपमा भित्रिएका थिए । बैंकमा प्रमुख कार्यकारी हुँदै नेपाल बैंकमा आवेदन दिएका थिए तर त्यो प्रकृया खारेज भएपछि नैतिकताका आधारमा भन्दै उनले नबिल छाडेर मेगा बैंकको संस्थापक सिइओ बनेका थिए ।
शशिनले छाडेपछि नबिलमा अरु चार जनाको नाम चर्चा थियो । नबिल सञ्चालक समितिका सदस्य उपेन्द्र पौडेल, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्ण आचार्य, बैंकका पूर्व सञ्चालक कृष्ण शर्मा र पूर्व प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीको नाम चर्चामा भएपनि शाहले बाजी मारे ।

सम्बन्धित समाचार

सेनाको हेलिकोप्टरले कोरोना संक्रमित नबोक्दा निजीले अकुत असुल्दै, सरकार किन मौन ?
सेनाको हेलिकोप्टरले कोरोना संक्रमित नबोक्दा निजीले अकुत असुल्दै, सरकार किन मौन ?
  • २०७४ माघ २, ०८: १३: ०१

नयाँ बिकल्प,काठमाडौं । कोरोना संक्रमितको संख्या ग्रामिण क्षेत्रमा समेत बढ्दै जाँदा लकडाउनले यातायातको साधन नपाएका बिरामीबाट निजी क्षेत्रका हेलिकप्टर कम्पनीले...

जुम्लामा साना जलविद्युत प्लान्ट पुननिर्माणको उद्घाटन, भारतीय सरकारको २ करोड ६३ लाख सहयोग
जुम्लामा साना जलविद्युत प्लान्ट पुननिर्माणको उद्घाटन, भारतीय सरकारको २ करोड ६३ लाख सहयोग
  • २०७४ माघ २, ०८: १३: ०१

नयाँ बिकल्प,काठमाडौं – कर्णाली प्रदेशको जुम्ला जिल्लास्थित चन्दननाथ नगरपालिकामा साना जलविद्युत प्लान्टको पुनस्र्थापना कार्य सम्पन्न भएको छ । भारत सरकारको...

अध्यागमन विभागले दुःख दिन थालेपछि नेपाल छाड्ने तयारीमा बैदेशिक लगानीकर्ता
अध्यागमन विभागले दुःख दिन थालेपछि नेपाल छाड्ने तयारीमा बैदेशिक लगानीकर्ता
  • २०७४ माघ २, ०८: १३: ०१

काठमाडौं । मुलुकले बढ्दो बैदेशीक व्यापार घाटा र बेरोजगारी समस्या भोग्दै आएकाले त्यसको न्यूनीकरण गर्न सरकारले वैदेशिक लगानी भित्र्याउन प्राथमिकता...

भर्खरै

TOP