May 14, 2021, Friday

गरिब मुख्यमन्त्रीको सम्पत्तिको कति ?

चार कार्यकाल पुरा गरिसकेका मुख्यमन्त्रीको सम्पत्ति जम्मा ३ हजार ९३० रुपैयाँ मात्र पाईएपछि आश्चर्यचकित भएको छ । भारत त्रिपुराको चार कार्यकाल मुख्यमन्त्री भएका मानिक शंकर फेरी पाँचौ पटक मुख्यमन्त्रीको दौडमा छन् । तर उनीसँग न जमिन छ न घर छ त ३ हजार ९३० भारु मात्र ।

उनले कहिल्यै आयकर तिरेका छैनन् । सीपीआई एमका नेतासमेत रहेका मुख्यमन्त्री शंकरले आफ्नो तलब पार्टीलाई दिन्छन् र निर्वाह भत्ता ५ हजार बुझ्छन् । ६९ वर्षीय नेतासँग १५२० भारु छ भने उनको बैंक एकाउन्टमा २ हजार ४१० भारु छ । उनको अरु कुनै बैंक बचत छैन ।

उनलाई भारतकै सबैभन्दा गरिब मुख्यमन्त्री मानिन्छ । उनकी पत्नी पांचाली भट्टाचार्य केन्द्र सरकारको अवकास प्राप्त कर्मचारी हुन् । उनीसँग २० हजार १४० भारु नगद छ भने १ लाख २४ हजार १०१ र ८६ हजार ४७३ भारु दुई फरक–फरक बैंकमा छ ।
उनको तीन फिक्स डिपोजिट २ लाख, ५ लाख र २.२५ लाख छ भने २० ग्राम गहना छ । उनको नाममा ८८८.३५ स्क्वायर फिट जमिन छ भने त्यहाँ निर्माण कार्यमा १५ लाख लगानी गरेकी छन् । यो जमिनको अहिलेको मूल्य २१ लाख भएको शंकरले आफ्नो मनोनयन पत्रमा उल्लेख गरेका छन् ।
त्यसैगरी, भारतीय वायुसेनाका एक उच्च अधिकारीलाई गोप्य जानकारी चुहावट गरेको आरोपमा सैन्य हिरासतमा लिइएको छ । ग्रुप क्याप्टेन पदमा रहेका ती अधिकारीले संवेदनशील दस्तावेज हासिल गर्ने प्रयास गरेको भन्दै हिरासतमा लिइएको हो । अधिकारीहरुका अनुसार एक महिलासँग फेसबुकमार्फत निकट सम्बन्ध बनाएका उनले अनधिकृत रुपमा इलेक्ट्रोनिक उपकरणका माध्यमबाट ‘अवाञ्छित गतिविधि’ गरेका थिए । प्रतिबन्धित उपकरण प्रयोग गरेर महिलालाई उनले केही गोप्य दस्तावेज पठाएको बताइएको छ । ती महिला को हुन् र वायुसेना अधिकारीसँग कुन प्रयोजनका लागि उनले त्यस्ता दस्तावेज मागिन् भन्नेबारे अनुसन्धान भइरहेको जनाईएको छ । हिरासतमा लिइएका ती अधिकारीको परिचय भने खुलाइएको छैन ।

सम्बन्धित समाचार

मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
  • २०७४ माघ २२, ०८: ५४: ४८

नयाँ विकल्प, एजेन्सी- भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा उपचाररत् २२ जनाको मृत्यु भएको छ। नासिक...

फर्जी मतदाता बनाएर चुनाव गराउन खाेजेपछि एनआरएन अमेरिका विघटन गर्ने आईसिसिको चेतावनी
फर्जी मतदाता बनाएर चुनाव गराउन खाेजेपछि एनआरएन अमेरिका विघटन गर्ने आईसिसिको चेतावनी
  • २०७४ माघ २२, ०८: ५४: ४८

नयाँ बिकल्प,काठमाडौं –गैरआवासीय नेपाली संघ राष्ट्रिय कार्यसमिति अमेरिका फेरि अप्रमाणित मतदाता तयार गरी जवर्जस्ती चुनाव गराउन खोजेपछि विघटनको संघारमा पुगेको...

महामारीबिरुद्ध लड्न भारतले ८० बढी देशमा खोप दिएको दाबी
महामारीबिरुद्ध लड्न भारतले ८० बढी देशमा खोप दिएको दाबी
  • २०७४ माघ २२, ०८: ५४: ४८

नयाँ बिकल्प, काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणको बिरुद्ध भारत सरकारले विश्वका सिंगो समुदायलाई खोप बितरण गरेको...

भर्खरै

TOP