March 5, 2021, Friday

ज्योति विकास बैंकको नयाँ शाखा

काठमाडौं । ज्योति विकास बैंकले झापाको दमकमा नयाँ शाखा खोलेको छ । बैंकले मंगलबार दमकमा नयाँ शाखा स्थापना गरी सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक विनोदराज आचार्य तथा दमक नगरपालिका वडा नं ६ का अधक्ष्य टेकबहादुर थापाले उक्त शाखाको संयुक्त उद्घाटन गरेका हुन् ।

कैंकले निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य जनाएको छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबीबीएस सेवा समेत उपलब्ध गराएको छ ।

हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले करिब १ लाख २२ हजारभन्दा बढि खाताबाट १३ अर्व ४५ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १२ अर्व ४३ करोड ऋण लगानीगर्न सफलभएको छ भने हालै जारी गरेको बोनस सेयर समेत गरी कुल चुक्तापूँजी रु.२ अर्व ५९ करोड पुग्ने अनुमान बैंकले लिएको छ ।

सम्बन्धित समाचार

एक सय २५ कृषकले पाए एक लाखका दरले पुरस्कार
एक सय २५ कृषकले पाए एक लाखका दरले पुरस्कार
  • २०७४ माघ २२, ०९: ०९: ५४

नयाँ विकल्प पाँचथर- मिक्लाजुङ गाउँपालिकाले १२५ कृषकलाई एक लाखका दरले पुरस्कार प्रदान गरेको छ । गाउँपालिकाले तय गरेको मापदण्ड पूरा...

तनहुँको सेवरमा औषधि उत्पादन गरिँदै
तनहुँको सेवरमा औषधि उत्पादन गरिँदै
  • २०७४ माघ २२, ०९: ०९: ५४

नयाँ विकल्प तनहुँ- जिल्लाको व्यासनगरपालिका–१० स्थित सेवरमा पोखरा फर्मास्युटिकल प्रालिले औषधि उत्पादन गर्ने उद्देश्यले भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिएको...

टर्कीबाट ल्याइएका ओखरको बिरुवा अनुदानमा कृषकलाई वितरण
टर्कीबाट ल्याइएका ओखरको बिरुवा अनुदानमा कृषकलाई वितरण
  • २०७४ माघ २२, ०९: ०९: ५४

नयाँ विकल्प रूकुम-पूर्वीरुकुमका कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय...

भर्खरै

TOP